Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विवादित पत्रकार सुजनको ठगी धन्दा

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ २५, २०८०
in FEATURED
0
विवादित पत्रकार सुजनको ठगी धन्दा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विभिन्न हर्कत गरी चर्चामा आइरहने युट्युवर सुजन अचार्य ठगीको आरोप लागेको छ ।

आफूलाई कान्छो पत्रकार भन्दै चर्चामा रहने कहिले कहिले बर्थडेमा मन्त्री तथा आइजीपी लगायत प्रहरीका वरिष्ठ कर्मचारीलाई बोलाउने त कहिले हिरा लुटपाटमा संलग्न भन्दै चर्चामा आएका एक पात्र अर्थात् सुजन आचार्य यतिबेला अर्को ठगी काण्डमा मुछिएका छन् । सिंगापुरमा आफ्नो कम्पनी रहेको र सो कम्पनीमा काममा लगाइदिने भन्दै सुजनले ३९ जनाबाट ४ करोड रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।

You might also like

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

आचार्यले सिंगापुरमा आफ्नो कम्पनी रहेको र त्यहाँ काममा लगाइदिने भन्दै विभिन्न युवाहरुबाट ४ करोडभन्दा बढी रकम ठगी गरेको भन्दै उजुरी परेको हो ।

यसअघि पनि आचार्य दुई पटक प्रहरी हिरासत र जेल पुगिसकेका छन् । एक पटक हिरा लुटपाट र एक पटक अश्लील भिडियो प्राप्त गरी ब्ल्याकमेल गरेको आरोपमा पक्राउ परेका उनी हिरा लुटपाट प्रकरणमा २३ महिना जेल बसेर छुटेका थिए ।

तर अदालतले आचार्यलाई दोषी करार नगरी सफाइ दिने तथा धरौटीमा छाडिदिँदा फेरि ४ करोड रुपैयाँ ठगीका लागि अवसर प्राप्त गरेका हुन् ।

यस्तो छ आचार्यमाथिका आरोप र अदालती प्रक्रिया–

घटना नम्बर १

वन्यजन्तुका छाला तस्करीमा पोल, तर मुद्दा नै दर्ता भएन

२०७६ साल मंसिरमा ठमेलको नर्सिङ चोकबाट दुई जना ‘पत्रकार’ पक्राउ परे । नवराज पौडेल र केशव नेउपाने नाम गरेका दुई व्यक्ति सालकको खपटा र निलबिरालोको छालासहित पक्राउ परेका थिए । पक्राउ परेका उनीहरुले आफूलाई पत्रकार भन्ने सुजन आचार्यकै गाडी प्रयोग गरेका थिए र गाडीबाट बरामद गरिएको उक्त सामान आफ्नो नभएको उनीहरुले बयान दिएका थिए । उक्त सामान सुजन आचार्यकै भएको पोल उनीहरुले गरेका थिए ।

प्रहरीले बरामद गरेको उक्त सामानको मुचुल्का तयार पार्दा कसको साथबाट बरामद भएको भनेर स्पष्ट मुचुल्का बनाउन नसक्दा पछि नवराज र केशव पुर्पक्षका लागि थुनामा गए पनि सुजनविरुद्ध कुनै मुद्दा दायर भएन र उनले उन्मुक्ति पाए ।

घटना नम्बर २

प्रहरीसँग मिलेर मकवानपुरबाट ‘हिरा लुटपाट’

त्रियुगा नगरपालिका १०, उदयपुर स्थायी ठेगाना भएका आचार्य पहिलोपटक २०७६ चैतमा हिरा लुटपाटको कसुरमा पक्राउ परेका थिए । २०७६ साल चैत ९ गते मकवानपुरको पालुङबाट हिरा लुटपाटको प्रकरणमा पक्राउ परेर उनलाई २३ महिना जेलमा राखिएको थियो ।

आफूलाई पत्रकारसमेत बताउने सुजन आचार्य र तीन बहालवाला प्रहरी कर्मचारीसहित ५ जनाको समूह २०७६ चैत ९ गते काठमाडौंबाट मकवानपुरका लागि हिँड्छन् । प्रदेश ३–०१–००२२ च ३३६२ नम्बरको कारमा काठमाडौंबाट मकवानपुर पुगेका उनीहरुको उद्देश्य एक वृद्ध महिलासँग रहेको ‘हिरा’ लुट्नु थियो । त्यही हिरा लुट्ने योजनाका साथ दरवारमार्गमा कार्यरत तीन जना प्रहरी कर्मचारीसहित सुजन आचार्य र राजन पकुवाल मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५, चौकीटार गोगने भन्ने स्थानमा पुगेका थिए । स्थानीय धनलक्ष्मी गुरुङसँग रहेको हिरा लुट्ने योजनाका साथ उनीहरु प्रहरीसहित त्यहाँ पुगेका थिए ।

त्यहाँ पुगेपछि वृद्धलाई आफूहरु व्यापारी रहेको र हिरा किन्न आएको बताएपछि आफ्नै ज्वाईसँग आएका मानिसहरुलाई वृद्धाले हिरा देखाएकी थिइन् । महिलाले हिरासँगै भएको कागज पनि दिएकी थिइन् । त्यसपछि आचार्यसँगै गएका प्रहरी सहायक निरीक्षक सुरेन्द्र बहादुर बसेलले पेस्तोल देखाई आफूहरु प्रहरी भएको र हल्ला गरे राम्रो नहुने भन्दै हिरा लुटेर भागेको प्रहरीको निष्कर्ष छ ।

हिरा लुटेर भागेपछि महिलाले प्रहरीको कन्ट्रोल रुममा खबर गरेपछि प्रहरीको सर्कुलरबाट मकवानपुरको पालुङबाट उनीहरुलाई पक्राउ गरिएको थियो । स्थानीयको सहयोगमा पालुङका इञ्जार्च इन्सपेक्टर विकास आचार्यको टोलीले पक्राउ गर्दै गर्दा राजन पकुवाल भने भाग्न सफल भएका थिए ।

त्यसलगत्तै महिलाको जाहेरी पनि आएको थियो । पीडित महिला धनलक्ष्मी गुरुङको जाहेरीमा भनिएको छ,

‘म जाहेरवालीको पति भारतमा काम गर्न जानु भई करिब १ वर्ष अगाडि बिरामी भई घरमा फर्की आई उपचार गराउने क्रममा निज पतिले हिरा जस्तो देखिने सेतो टल्किने पत्थर देखाइ ‘यो तिमी राख, पछि काम लाग्छ’ भनी मलाई सो पत्थर र एउटा कार्ड राख्न दिनु भएको थियो । पतिको मृत्यु भएपश्चात निज पतिले दिएको उक्त टल्किने पत्थर मैले आफ्नो ज्वाईँ अमृत थिङलाई देखाउँदा ‘यो बहुमूल्य वस्तु हो, राख्दै गर्नु, पछि बिक्री गर्नुपर्छ’ भनेकामा मिति २०७६।१२।०९ गते दिउँसो अन्दाजी १५ः४५ बजेको समयमा ज्वाईँ अमृत थिङसँग आएका अन्यायीहरु सुरेन्द्रबहादुर बसेल, हिमाकान्त पुनमगर, सुजन आचार्य, वीरबहादुर बस्नेत र राजन पकुवालसमेत मेरो घरमा आई मलाई भेटी सेतो टल्किने पत्थरको बारेमा सोधपुछ गरी सो पत्थर देखाउनु होस्, हामी खरिद गर्न आएका व्यापारी हौँ, भनेकोले मैले उक्त पत्थर ज्वाईँ अमृत थिङलाई दिई निजहरुलाई देखाई कुराकानी गर्ने क्रममा एक जनाले सानो पेस्तोल हतियार देखाई डरत्रासमा पारी निज ज्वाईँको हातबाट उक्त सामान लुटी डाँका गरी भागी गएकोले म समेतले तत्कालै प्रहरीलाई जानकारी गराएँ । तत्पश्चात प्रहरीले निजहरु सवार रहेको प्रदेश ३–०१–००२२ च ३३६२ नम्बरको गाडी र डाँका गरी लिएको सो पत्थर नियन्त्रणमा लिएको हुँदा निज प्रतिवादीहरुलाई कानुन बमोजिम कारवाही गरी डाँका गरेको सम्पत्तिसमेत फिर्ता दिलाई भराई पाउँ ।’

सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान ग¥यो र अनुसन्धानका क्रममा त्यहाँ प्रहरी कर्मचारी नै मिलेको समेत देखियो । त्यसपछि अधिकारप्राप्त अधिकारीसमक्ष बयान लिने क्रममा सबैले हिरा लुट्ने योजनास्वरुप त्यहाँ पुगेको र हिरा लुटेको स्वीकार गर्छन् ।

अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्ने क्रममा आफूलाई पत्रकार बताउने आचार्यले भनेका थिए,

‘मिति २०७६।१२।०९ गते बिहान अन्दाजी ०६ः१५ बजेको समयमा सुरेन्द्रबहादुर बसेलले गाडी लिई आउनु भनी फोन गरेकोले मैले आफ्नो ३–०१–००२२ च ३३६२ नम्बरको कार लिई गएकोमा सो कार वीरबहादुर बस्नेतले चलाई म, सुरेन्द्रबहादुर बसेल, हिमाकान्त पुनमगर र राजन पकुवालसमेत गाडीमा चढी हामी सबैजना हिरा लुट्ने सल्लाह हुँदै धादिङ नौबिसे हुँदै पालुङ आइपुग्यौँ । त्यहाँ जाहेरवालीको ज्वाईँ जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ बस्ने अमृत थिङ र जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४, रुप्से बस्ने हरि थिङसँग भेट भयो । निजहरुले जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५, चौकीटारस्थित जाहेरवालीको घरमा हामी ५ जनालाई पु¥याए । हामीहरुले जाहेरवालीलाई भेटी हिरा जस्तो टल्किने पत्थर देखाउनुस्, हामी व्यापारी हौँ, खरिद गर्न आएका हौँ भनेकाले निज जाहेरवालीले सो हिरा जस्तो टल्किने पत्थर आफ्नै आँगनमा ज्वाईँ अमृत थिङलाई दिई रुपैयाँको विषयमा कुराकानी भइरहेको अवस्थामा प्रतिवादी सुरेन्द्रबहादुर बसेलले पेस्तोल देखाई हामी सबैजना मिली निजहरुलाई डर धाक देखाई ज्यान मार्ने धम्की दिई उक्त हिरा जस्तो देखिने टल्किने पत्थर निज प्रतिवादी सुरेन्द्रबहादुर बसेलले आफूले बोकी लुटी हामी सबैजना सो ठाउँबाट प्रदेश ३–०१–००२२ च ३३६२ नम्बरको कारमा चढी फरार भयौँ । प्रहरीले उक्त कार रोकी हामीहरुलाई नियन्त्रणमा लिई हामीहरुको शरीर तथा उक्त कार खानतलासी गर्दा प्रतिवादी सुरेन्द्रबहादुर बसेलको साथबाट हिरा जस्तो देखिने सेतो टल्किने पत्थर थान १, पेस्तोल थान १ र यसमा फिट हुने ७ राउण्ड गोलीसमेत बरामद गरिएको हो ।’

त्यसैगरी अन्य प्रतिवादीहरुले पनि सोही ब्यहोराको बयान दिएका थिए । तर मकवानपुर जिल्ला अदालतमा बयान गर्ने क्रममा भने उनीहरु सबैले बयान फेरेर आफूहरु गीत संगीत र मोडलिङमा संलग्न भएको र भिडियो सुटिङका लागि लोकेशन हेर्न आएको भन्दै कसुरमा इन्कारी बयान गरेका थिए ।

प्रतिवादीहरुको मौकाको बयान तथा जाहेरीका आधारमा २०७७ वैशाख ५ गते भएको थुनछेक आदेशमा न्यायाधीश दिल्लीराज श्रेष्ठले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइन भनी भन्न नसकिने भन्दै उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका थिए । त्यसपछि उनीहरु थुनामा गएका थिए ।

त्यसपछि अदालतले बुझ्दै जाँदा र पछि जाहेरवालीकै बकपत्र गराउने क्रममा पीडित भनिएकी महिलाले जाहेरीमा भन्दा फरक पारी होस्टाइल बयान गरेकी थिइन् । तत्कालीन समयमा आफ्नै ज्वाईँसमेत प्रतिवादी भएपछि र जेल जानसक्ने भन्दै दबाब तथा अन्य प्रतिवादीको आर्थिक प्रस्तावमा परी जाहेरवाली महिलाले प्रतिकुल बयान गरेको प्रहरीको दाबी छ ।

जब हिरा भनिएको वस्तु ५ सयमा पाइने नक्कली गहना पुष्टि भयो

अदालतले बरामद भएको हिरालाई खानी तथा भूगर्भ विभागमा रहेको मिनोरोलोजी तथा जेमोलोजी शाखामा परीक्षणका लागि पठायो । परीक्षणका क्रममा उक्त वस्तु हिरा नभएर अमेरिकन डाइमन्ड अर्थात, सिन्थेटिक ग्लास भएको पुष्टि भयो ।

सोही वस्तुलाई पछि नेपाल रत्न तथा आभूषण संघमा पनि परीक्षणका लागि पठाइयो । त्यहाँबाट परीक्षण प्रतिवेदन आउने क्रममा १२.२६ ग्रामको उक्त वस्तु हिरा नभएर हिराको आकार दिइएको अमेरिकन डाइमण्ड भन्ने सिन्थेटिक ग्लास भएको प्रतिवेदन दिइयो । साथै उक्त वस्तु नेपाली बजारमा ५ सय रुपैयाँमा पाइने प्रतिवेदन आयो ।

घटना नम्बर ३

जेलबाट छुटेलगत्तै अश्लील भिडियो प्रकरणमा ब्ल्याकमेल

हिरा लुटपाट प्रकरणमा २३ महिना जेल बसेर छुटेलगत्तै सुजन आचार्यले अर्को काण्ड गरे, ब्ल्याकमेलिङको । एक मोडलले आफूलाई एउटा गिरोहले ब्ल्याकमेलिङ गरेर तनाब दिएको उजुरी प्रहरीमा गरेपछि प्रहरीले आफूलाई पत्रकार भन्ने सुजन आचार्यसहित ७ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले ती मोडलसँग ७ करोड रुपैयाँ माग गरी रकम नदिए भिडियो भाइरल गरिदिने चेतावनी दिएका थिए । उनकै उजुरीका आधारमा जेलबाट छुटेको ५ महिनापछि सुजन पुनः पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)को प्रहरीले सुजनसहित ७ जनाको गिरोहलाई २०७९ जेठ १३ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

नेपालमा औसतमा नाम चलेकी एक मोडलले आफ्नो ल्यापटप बिग्रिएपछि मर्मतका लागि एक मर्मत सेन्टरमा दिएकी थिइन् । ल्यापटप मर्मत भएपछि उक्त ल्यापटप खोल्ने क्रममा ती टेक्निसियनले मोडलले सेक्स भिडियो फेला पारे । उक्त भिडियोमा देखिएका पुरुष को थिए भनेर थाहा नपाए पनि मोडल पहिचान भएपछि ती टेक्निसियनले उक्त भिडियोलाई लिएर ब्ल्याकमेल गर्ने र पैसा उठाउने योजना बनाए । योजना अनुसार टेक्निसियनले आफ्ना साथीलाई भिडियोबारे बताए । त्यसपछि ती साथीमार्फत् सुजन आचार्य पनि जोडिए । अनि सुजनले नै आफू पत्रकार रहेको र भिडियो पाएको भन्दै ७ करोड रुपैयाँको बार्गेनिङ गरे ।

ती मोडलले ७ करोड नभएर तीन करोडसम्म दिन सक्ने कुरा गरिन् ।

ती मोडलसँगको भिडियोमा रहेका पुरुष नेपालको ठूलो व्यापारिक घरानाका छोरा रहेको र उक्त भिडियो भाइरल हुने डरले ती व्यापारीका छोराले तीन करोड रुपैयाँसम्म दिन तयार भए पनि ब्ल्याकमेलरले ७ करोडमा अड्डी कसेपछि ती मोडल प्रहरीसँग गुहार माग्दै पुगेकी थिइन् ।

प्रहरीमा उजुरी परेपछि सक्रिय बनेको प्रहरीले त्रियुगा नगरपालिका १०, उदयपुरका २१ वर्षीय सुजन आचार्य, कालिकोटका २९ वर्षीय टेक विक, बझाङका २९ वर्षीय धर्मराज थापा, काभ्रेका ३३ वर्षीय उमेश भण्डारी, गुल्मीकी २९ वर्षीय बसन्ता खनाल, चितवनका ३२ वर्षीय सुरज शर्मा र सिनामंगल काठमाडौंका ३३ वर्षीय श्रवण कार्कीलाई पक्राउ गरेको थियो ।

सुजन आचार्य सहितको ब्ल्याकमेलरको समूहले व्यापारिक घरानाका ती युवकलाई नचिनेको कारण मोडलसँग मात्रै रकमको बार्गेनिङ गरेका थिए । यही प्रकरणमा विद्युतीय कारोबार ऐनमा चलेको मुद्दामा उनीहरुसँग धरौटी लिई छाडिएको थियो ।

सो प्रकरणमा हिरासतमै रहँदा गिरोहमै संलग्न अन्य सदस्यहरुसँग पनि रकम माग गरेको आारेप लागेको छ । न्यायाधीश आफ्नो आफन्त रहेको र रकम दिए छुट्न सक्ने भन्दै सुजनले केही प्रतिवादीसँग तीन लाख रुपैयाँका दरले रकम उठाएको आरोप लागेको छ ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा अझै पनि यो मुद्दा चलिरहेको छ । यद्यपि सुजन आचार्य भने तारेख नै गुजारेर यतिबेला सिंगापुरमा मोजमस्ती गरिरहेका छन् ।

घटना नम्बर ४

अश्लील भिडियो ब्ल्याकमेलिङबाट छुटेलगत्तै फेरि नक्कली कम्पनी पाँचतारे होटलमा उद्घाटन

अश्लील भिडियो प्रकरणमा पक्राउ परी धरौटीमा रिहा भएलगत्तै सुजन आचार्यले अर्को काण्ड गरे, नक्कली कम्पनीको उद्घाटन । विदेशमा नेपालको पानी बेच्ने भन्दै नक्कली कम्पनीको उद्घाटनका नाममा पाँचतारे होटलमै कार्यक्रम राखे । कार्यक्रम पनि कस्तो भने आफ्नो बर्थडेको दिन पारेर श्रममन्त्री र प्रहरीका हाकिमहरुलाई बोलाएर ।

सुजनले २०७९ भदौ महिनामा काठमाडौंको याक एण्ड यति होटलमा आफ्नो जन्मदिन मनाएका थिए, नक्कली कम्पनी उद्घाटनको योजना बनाएर । कार्यक्रममा प्रभावशाली व्यक्तिलाई बोलाएर आफ्नो पहुँच भएको देखाउन उनले उक्त कार्यक्रम आयोजना गरेका थिए ।

विदेशमा पानी बेच्नका लागि आफ्नो कम्पनी भएको र सोही कम्पनीमा काम लगाइदिने भन्दै केही व्यक्तिसँग सुजनले रकम ठगी गरेका थिए । ठगीमा परेकाहरुले प्रहरीमा उजुरी गर्न लागेपछि सुजनले आफ्नो कम्पनी रहेको र काम भइरहेको भ्रम छर्न आफ्नो बर्थडेकै दिन तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रमुख अतिथिको रुपमा बोलाएका थिए । मन्त्री कुँवरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै युवा युद्यमी सुजन आचार्यलाई शुभकामनासमेत दिएका थिए । सोही कार्यक्रममा प्रहरीका वरिष्ठ अधिकृतहरु पनि सहभागी भएका थिए ।

घटना नम्बर ५

सिंगापुरमा काम लगाइदिने भन्दै ४ करोड ठगी

नेपालमा पटकपटक अपराध र ठगीमा संलग्न रहेको आरोप लागेका सुजन आचार्यले सिंगापुरमा आफ्नो कम्पनी रहेको र त्यहाँ काममा लगाइदिने भन्दै फेरि ३९ जना युवालाई ठगी गरेका छन् । ३९ जना युवाबाट ४ करोड रुपैयाँ ठगी गरेका आचार्य यतिबेला सिंगापुरमै छन् । सिंगापुरमै बसेर आफू त्यहाँको कम्पनीको निर्देशक रहेको र काममा लगाइदिने भन्दै सुजनले ठगी गरेका थिए । नेपालमा रहेका आफ्ना भाइ र एक युवती प्रयोग गरी सुजनले रकम ठगी गरेको पीडितहरुको उजुरी छ ।

अछामका अनिल अधिकारी, कैलालीका पारस अधिकारी, काठमाडौँका सुमन दंगाल लगायतका ३९ जना पीडितहरूले गत आइतबार पत्रकार सम्मेलन गर्दै आचार्यले आफूहरूसँग ४ करोड ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको बताएका छन् । सिंगापुरस्थित एस ग्रुप ग्लोबल कम्पनीको निर्देशक रहेको र त्यहाँ काममा लगाइदिने भन्दै आचार्यले उनीहरूसँग ७ लाखदेखि ४४ लाख रुपैयाँसम्म ठगी गरेको पीडितहरुको आरोप छ । आफूहरु ठगिएपछि प्रहरीमा उजुरी गरेको तर सुजनलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको पीडितहरुको गुनासो थियो ।


उदयपुरको त्रियुगा नगरपालिका–१० स्थायी घर भई हाल सिंगापुर बस्दै आएका आचार्यले प्रेमिका भनिएकी एक युवती र सानीआमाको छोरा भाइ सृजन निरौला लगायतलाई परिचालन गरी रकम ठगी गरेको पाइएको छ ।

पटकपटक आपराधिक कार्यमा संलग्न भए पनि अदालतले पटकपटक छाडिदिँदा सुजनको अपराधको ग्राफ बढ्दै गएको देखिन्छ । मकवानपुर जिल्ला अदालतले ‘नक्कली हिरा’ भएकै कारण अभियुक्तहरुलाई सफाइ दिएपछि सुजन एकपछि अर्को अपराधमा लिप्त भएको देखिन्छ । अहिले सिंगापुरमै बसेर ठगी गरेका सुजनविरुद्ध पीडितहरुले वैदेशिक रोजगार विभागमा उजुरी गरेका थिए ।

विभागले उक्त उजुरीको ब्यहोरासहित पक्राउ गरी अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्र पठाएको थियो । प्रहरीले सुजनविरुद्ध पक्राउ पूर्जी लिए पनि नेपालमै नभएको कारण उनी पक्राउ परेका छैनन् ।

(राताेपाटी डटकमबाट साभार) https://www.ratopati.com/story/367354/sujan-acharya-

Related

Previous Post

तार्केश्वर नगर प्याब्सन बास्केटबल भोलिदेखि

Next Post

मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

Sambridinews

Sambridinews

Related Posts

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
FEATURED

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल
FEATURED

अटोमोवाइल वस्तुमा एमआरपी स्टिकर अनिवार्य गर्ने विषयमा नाडा र उद्योग मन्त्रीबीच छलफल

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश
FEATURED

शेखर गोल्छालाई रिहा गर्ने अदालतकाे आदेश

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र
FEATURED

गौशाला धर्मशाला पशुपति क्षेत्र विकास कोषको निर्णय सदर

by Sambridinews
मङ्लबार, बैशाख २२, २०८३
Next Post
मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

मेयर बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
नेपाल टेलिकमको सजिलो प्रिपेड कम्बो अफर

नेपाल टेलिकमकाे विन्टर अफर शुरू

बिहिबार, पुस २८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना
TOP STORIES

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

बिहिबार, बैशाख २४, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

बुधबार, बैशाख २३, २०८३
नेपाल ५ के रन च्यालेन्ज शनिबार
TOP STORIES

नेपाल ५ के रन च्यालेन्ज शनिबार

बुधबार, बैशाख २३, २०८३
FEATURED

कीर्तिपुरमा हतियार प्रहार गरेर एक युवकको हत्या

बुधबार, बैशाख २३, २०८३
घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत
TOP STORIES

घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

बुधबार, बैशाख २३, २०८३
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
TOP STORIES

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In