Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्युत लाइन काटिएका २३ उद्योगमा पुनः लाइन जोड्ने प्राधिकरणको निर्णय

Sambridinews by Sambridinews
शनिबार, पुस २८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विद्युत लाइन काटिएका २३ उद्योगमा पुनः लाइन जोड्ने प्राधिकरणको निर्णय
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।पुष २७, नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत उपलब्ध गराउने भएको छ ।

शुक्रबार विहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले ‘महशुल बक्यौता भएका ग्राहकहरुको विद्युत लाइन जोडिदिने’ निर्णय गरेको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो अनिच्छाका बाबजुत मन्त्रिपरिषदको निर्णयका आधारमा लाइन जोड्नुपर्ने बाध्यता आएको बताएका थिए ।

You might also like

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

यसअघि मन्त्री परिषदको गत मंगलबारको बैठकले बक्यौता बिबादबारे अध्ययन गर्न जाँचबुझ आयोग गठन गरेर उद्योगमा लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । मन्त्री परिषदको निर्णयसहितको पत्र विहीबारमात्रै प्राधिकरणमा प्राप्त भएको भन्दै प्राधिकरणले शुक्रबार सार्वजनिक बिदाकै दिन बैठक बोलाएको थियो ।

मन्त्रीपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगले प्रतिवेदन पेश गरेर नेपाल सरकारबाट निर्णय नहुञ्जेलका लागि उद्योगहरुमा विद्युत लाइन जोडिदिने निर्णय प्राधिकरण सञ्चालक समितिले गरेको छ ।

मन्त्री परिषदले चार दिनअघि विद्युत लाइन जोड्न निर्देशन दिएयता प्राधिकरण सञ्चालक समितिको दुई वटा बैठक बसे पनि त्यसमा यो विषयले औपचारिक छलफलमा प्रवेश नै पाएको थिएन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले विहीबार दिउँसो प्राधिकरणलाई लाइन जोड्न निर्देशन दिएपछि अर्को एक दिनपछि मात्रै प्राधिकरणले यसबारे निर्णय गरेको हो ।

प्राधिकरणबाट २९८ उद्योग तथा संस्थाहरुले डेडिकेटेड एवम् ट्रंक लाइनबाट विद्युत लिए पनि ६१ उद्योगको महशुल बिबाद भइरहेको छ । बाँकीले भने पहिले नै पैसा तिरेर हिसाब मिलाइसकेका छन् । शिवम् सिमेण्टले भने अदालतबाट आदेश ल्याएर छोटो समायको मात्रै पैसा तिरेर यो बिबादबाट बाहिर आएको छ ।

पछिल्लो समल हिमाल स्टिलले पनि किस्ताबन्दीमा पैसा तिर्न सहमत भएर किस्ता बुझाउन थालिसकेको छ । प्राधिकरणले पुस ६ गते साँझदेखि उद्योगहरुको लाइन काट्न थालेको थियो । त्यसयता २४ उद्योगको लाइन काटिएको भए पनि हिमाल स्टिलले पहिलो किस्ता रकम बुझाएर लाइन जोडिएपछि २३ उद्योगमात्रै विद्युत् सेवा बाहिर थिए ।

Related

Previous Post

वरदान र विविकालाई स्वर्ण

Next Post

सांसद डा. शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

Sambridinews

Sambridinews

Related Posts

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

by Sambridinews
मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

by Sambridinews
सोमवार, अशोज २६, २०८३
Next Post
सांसद डा. शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

सांसद डा. शर्माद्वारा भोजपुरको दुई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

प्रधानमन्त्री प्रचण्ड र नेता डा. बाबुराम भट्टराई विरूद्ध सर्वोच्चमा रिट दर्ता

आइतवार, जेष्ठ २८, २०८०
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

आइतवार, फाल्गुन २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन
FEATURED

अरूण भ्याली हाइड्रोपावरको २९ औँ वार्षिक साधारण सभा सम्पन्न: जलविद्युत् क्षेत्रमा साढे १२ मेगावाटभन्दा बढी उत्पादन

मङ्लबार, अशोज २७, २०८३
थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

थ्रीस्टार हाइड्रोपावरको तीनवटै साधारण सभा सम्पन्न: १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

मङ्लबार, अशोज २७, २०८३
श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो
FEATURED

श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न, मुनाफा १७ करोड ६३ लाख नाघ्यो

मङ्लबार, अशोज २७, २०८३
सवारी दुर्घटना रोक्न ‘टाइम कार्ड’
FEATURED

चाडपर्वमा सुरक्षित यात्रा र यातायात क्षेत्रको बेथिति

मङ्लबार, अशोज २७, २०८३
गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित
TOP STORIES

गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १०% बोनस सेयर र १०% नगद लाभांश पारित

सोमवार, अशोज २६, २०८३
नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन
TOP STORIES

नेपाल–इटाली चेम्बर अफ कमर्स (एनआईसीसीआई) अध्यक्ष सञ्जय अग्रवालद्वारा ललितपुरमा ‘नट्स एन्ड स्कूप’ जेलाटो ब्राण्डको उद्घाटन

सोमवार, अशोज २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In