Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौंः प्रधानमन्त्री

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ५, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
विद्युत उत्पादन क्षमता वृद्धि गरी मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउछौंः प्रधानमन्त्री
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत उत्पादन क्षमता वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ । 


मंगलवार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको जलविद्युत उत्पादन क्षमता अनुसार विद्युत उत्पादन गरी बढी भएको विद्युत व्यापारको माध्यमबाट मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमा लैजान सकिने बताउनु भयो । उहाँले उत्पादन भएको विद्युतलाई मुलुकभित्रै खपत गरी बढी भएको विद्युत विदेश निर्यात गर्नसके नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार हुने दाबी गर्नुभयो । उहाँले अन्तरदेशीय विद्युत व्यापार वृद्धि गर्न सके मात्रै विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्नसक्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले बनाउँदै गएका अन्तरदेशिय प्रशारणलाइनहरु पूर्व, मध्ये,पश्चिम सबैतिर बन्दा आवश्यक परेको बेला खरिद गर्न र धेरै भएको बेलामा विद्युत निर्यात गर्ने काम भइरहेको बताउनु भयो। उहाँले सरकारले ठूला गेमचेन्जर जलविद्युत आयोजनाहरु बिस्तार गर्ने लागि रहेको बताउनु भयो । उहाँले नेपालको उत्पादन गर्न सक्ने क्षमताको जलविद्युत उत्पादन गर्न अझै ३० देखि ४० वर्ष लाग्नसक्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले उत्पादन भएको विद्युत क्षमतालाई देशभित्रै खपत गर्ने धेरै कठिन रहेको भन्दै बढी भएको विद्युत नेपालले अन्तरदेशिय व्यापार गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको भन्दै त्यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्ने तयारी भएको उल्लेख गर्नुभयो । उहाँले धेरै वर्षदेखि नेपालले प्रतिक्षा गरेको नेपालको विद्युत बंगलादेशसम्म पु¥याउने विषयमा तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको बताउनु भयो। उहाँले नेपाल, भारत र बंलादेशकोबीचमा भएको त्रिपक्षिय सैदान्तिक समझदारीले नेपालको विद्युत बंलादेश निर्यात गर्ने बाटो खुलेको बताउनु भयो। प्रधानमन्त्री दाहालले देशभित्रै बढी भन्दा बढी विद्युत खपत गरी नेपाली जनताको जीवनलाई सहज र विकासलाई गति दिनेगरी सरकारले काम गर्ने बताउनु भयो । उहाँले अहिले चुलोदेखि सवारी साधनसम्म विद्युतबाट चलाउने प्रक्रिया शुरु भएको भन्दै यसले देशको अर्थतन्त्र सकारात्मक बनाउने विश्वास रहेको बताउनु भयो । उहाँले विद्युत उत्पादन क्षमता वृद्धिबाट मुलुकको अर्थतन्त्रलाई धेरै सुधार गर्न सकिने बताउनु भयो । उहाँले चाँडै हुने चीन भ्रमणमा  प्रशारण लाइन र विद्युत् व्यापारका विषयमा सम्झौता गरिने बताउनु भयो । उहाँले उक्त सम्झौताबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको उत्पादन गर्नसक्ने जलविद्युत क्षमता छ । त्यो उत्पादन गर्न ३० देखि ४० वर्ष लाग्नसक्छ । त्यो क्षमतालाई देशभित्रै खपत गर्ने धेरै कठिन छ । बढी भएको विद्युत नेपालले अन्तरदेशिय व्यापार गर्नु छ । जसबाट नेपालको अर्थतन्त्रमा पनि गुणात्मक सुधार हुन सकोस् । विद्युत उत्पादन गर्ने क्षमता पनि बलियो बन्न सकोस् । त्यसकारण खास गरी भारतसँग अन्तरदेशिय प्रशारणलाइनहरु पूर्व, मध्ये,पश्चिम सबैतिर क्रमश बन्दै गएका छन् । त्यसबाट चाहिएको बेलामा विद्युत लिने धेरै भएको बेलामा विद्युत निर्यात गर्ने काम शुरु गरिसकेका छौं । भर्खरै हाम्रो भारत भ्रमणको बेलामा एउटा छिमेकी देश भारतसँग १० वर्षमा दश हजार मेगावाटको विद्युत व्यापार गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । त्यसलाई एउटा समारोहका साथ घोषणा गर्ने तयारी भएको छ । यसलाई चाँडै अन्तिम हस्ताक्षर गर्दैछौं । धेरै वर्ष देखि नेपालले प्रतिक्षा गरेको नेपालको विद्युत बंगलादेशसम्म पु¥याउन तीन देशबीच सैद्धान्तिक सहमति भइसकेको छ । नेपाल, भारत र बंलादेशकोबीचमा त्रिपक्षिय सैद्धान्तिक समझदारी बनेको छ । नेपालको विद्युत बंलादेश पठाउने बाटो पनि खुलेको छ । देशभित्रै बढी भन्दा बढी विद्युत खपत गर्ने नेपाली जनताको जीवनलाई सहज बनाउने ,विकासलाई गति दिनेछौं । अहिले चुलो देखि सवारी साधनसम्म विद्युतबाट चलाउने प्रक्रिया शुरु भएको छ । यसले देशको अर्थतन्त्र सकारात्मक बनाउन शुरु गरिसकेको छ । डिजेल पेट्रोलको खपत घटाउन सकिन्छ । विद्युत उत्पादन क्षमता वृद्धिबाट मुलुकको अर्थतन्त्रलाई धेरै सुधार गर्न सकिन्छ । सरकारले तीनवटै क्षेत्रमा सुधार गर्नुछ । विद्युत उत्पादनलाई बढाउँदै लैजानुछ । व्यापक रुपमा सबस्टेशन र प्रशारणलाइनहरु बढाउँदै लैजानुछ । अन्तरदेशिय पनि बनाउनुछ । अर्को छिमेकी देश चीनको भ्रमणमा छिट्टै जाँदैछु, चीनसँग प्रसारण लाइन र विद्युत व्यापारका विषयमा सम्झौताहरु हुँदैछन्, यसबाट देशको अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने छ ।’

You might also like

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

उहाँले नयाँ भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रशारण लाइन पूर्व पश्चिम विद्युत आपूर्तिका लागि रणनीतिक महत्वको रहेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले देशभित्र उत्पादित विद्युत् यहीँ खपत गरी नागरिकको जीवनस्तरमा सुधार गर्न तथा विकासमा तिब्रता दिन र अतिरिक्त भएको विद्युत निर्यात गरी अर्थतन्त्रलाई समृद्ध बनाउने गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले १ हजार २०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिन लागिएको उल्लेख गर्नुभयो । उहाँले ठूला जलविद्युत परियोजनाहरुमार्फत देशको अर्थतन्त्र सुधार गरी आत्मनिर्भर बनाउन सम्भव रहेको बताउनु भयो । उहाँले विद्युत प्राधिकरण र मन्त्रालयले गरेको पहलकदमी सकारात्मक रहेको बताउनु भयो। उहाँले सरकारले जलविद्युतमा निजी लगानीलाई उच्च प्राथमिकतामा राखेर प्रोत्साहन गरिरहेको बताउनु भयो।

उहाँले सरकारले विद्युत खरिद तथा आयोजनाहरुमा थप सहयोग गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले जलविद्युत तथा प्रशारण लाइन आयोजना निर्माणमा रहेको रुख कटान र जग्गाअधिग्रहणको समस्या मौज्जुदा कानूनको संशोधन र नयाँ कानुनको निर्माण गरी सम्बोधन गरिने बताउनु भयो । उहाँले देशभित्रै विद्युत खपत बढाउनको लागि सवस्टेशन,प्रशारणलाइन,विद्युतीय चुलो र चार्जिङ स्टेशन बनाउन प्रोत्साहन गरिने बताउनु भयो। उहाँले विद्युत उत्पादन गरी खपत र निर्यात गर्न सके मुलुकको अर्थतन्त्रको क्रान्ति गर्नसक्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।

Download Video

प्रधानमन्त्री.zip :To download file click here
 

Related

Previous Post

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमितः मिन विश्वकर्मा

Next Post

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

Sambridinews

Sambridinews

Related Posts

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

by Sambridinews
आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

by Sambridinews
आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

by Sambridinews
आइतवार, साउन २४, २०८३
नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

by Sambridinews
शनिबार, साउन २३, २०८३
प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल
FEATURED

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

by Sambridinews
शनिबार, साउन २३, २०८३
Next Post
जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनटी फाइबर प्रयोगकर्तालाई ५० एमबीपीएस स्पिडको डाटा एक महिनासम्म निःशुल्क

एनटी फाइबर प्रयोगकर्तालाई ५० एमबीपीएस स्पिडको डाटा एक महिनासम्म निःशुल्क

सोमवार, मंसिर २५, २०८०
बाटो नभएको ठाउमा पुल बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

बाटो नभएको ठाउमा पुल बनाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

आइतवार, फाल्गुन १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 
FEATURED

महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्‍यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम 

आइतवार, साउन २४, २०८३
तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

आइतवार, साउन २४, २०८३
राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी
FEATURED

राष्ट्रपति पौडेलको जोड: विविधतामा एकता नै नेपालको शक्ति, आदिवासी जनजातिको अधिकार संरक्षणमा नेपाल अग्रणी

आइतवार, साउन २४, २०८३
नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 
FEATURED

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

शनिबार, साउन २३, २०८३
प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल
FEATURED

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

शनिबार, साउन २३, २०८३
वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा
FEATURED

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

शनिबार, साउन २३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In