काठमाडौं, कात्तिक २४, चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ ।
ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे । स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल सामाग्री प्रदान गरिएको राखेप सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वाले जनाएकी छन् ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: