- बिनाेद दाहाल
मलाई थवाङ मनपर्छ ।
प्रतिक्रियावादी आदेश नमान्ने
म पनि थवाङ भएछु,
मलाई थवाङ मनपर्छ ।
झुपडिले आफ्नो ठानेको !
त्यस्तै हुने कोशिस गर्छु ।
जेहोस्, मेरो आस्थादेखि
आफैलाई गर्व लागेको छ ।
थवाङबाट सिकें, गर्व लाग्छ ।
थवाङ तिमी हाम्रो सान हौ !
थवाङले गरेको अवज्ञा हो,
यो भयङ्करको बिद्रोह हो ।
अंशमा हेर्दा त सानो संङ्ख्या हो,
मेरो निर्णय पनि राज्यलाई चुनौति हो
जुन तिमीले सिकायौ, मैले त्यही गरें ।
सगरमाथा जस्तै परिचय छ तिम्रो,
मलाई पनि त्यस्तै बन्न मनपर्छ ।
त्यसैले मलाई थवाङ मनपर्छ ।