Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पलेशालाई नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धी

Sambridinews by Sambridinews
आइतवार, भदौ १६, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पलेशालाई नेपाली खेलकुद इतिहासकै ठूलो उपलब्धी
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं, नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्घनले पेरिस पारालिम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी छन् ।
पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर राती सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाइन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।
रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । क्वाटरफाइनलमा भने पलेशा आफूले अधिकांश समय अग्रता लिएको खेलमा अन्तिम समयमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसंग ८–१० ले पछि परिन् । सिल्भानले पनि कांस्य नै जितिन् । पराजित भएपनि पलेशाले रिपेचज खेल्ने अवसर पाइन् । क्वाटरफाइनलदेखि पराजित हुनेलाई मात्र रिपेचेज खेल्ने अवसर दिइएको थियो । पहिलो चरणमै हार व्यहोर्नेलाई यो सुविधा थिएन ।


लगातार दोश्रो पारालिम्पिक खेलेकी पलेशाले टोकियो पारालिम्पिकको सोही तौलसमूहको रिपेचेजमामा पनि मरिजालाई नै हराउदै कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदकका लागि भएको भिडन्तमा भने पलेशा चीनकी लि युजीसंग १२–९ ले चुकेकी थिइन् । यिनै लिले स्वर्ण जित्दै पेरिस यात्रालाई सुखद बनाइन् । लिले फाइनलमा टर्कीकी गाम्जे गुर्डेललाई ११–० ले पाखा लगाइन् ।
पलेशाले पाएको उपलब्धी नेपाली खेलकुदकै अहिलेसम्मको ठूलो हो । कुनैपनि ओलम्पिकमा नेपाली खेलाडीले हालसम्म पदक जित्न सकेका छैनन् । नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको थियो । गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा भएको २४ औं संस्करणको सिओल ओलम्पिकमा विधान लामाले त्यो उपलब्धी हासिल गरेका थिए । प्रदर्शनी खेल भएकाले पदक तालिकामा भने उक्त पदकको गणना गरिएको थिएन ।
जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेशा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध भएकी थिइन् । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेशाको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उनी पाँचौं स्थानमा रहिन् ।
पिता प्रदीप र आमा मनीताका ३ छोरी मध्ये माइली सन्तान २१ वर्षीयाँ पलेशाले पेरिस पारालिम्पिकसहित करियरमा ६ अन्तर्राष्ट्रिय पदक जितेकी छन् । त्यसमा ३ स्वर्ण र उत्तिनै कांस्य रहेको छ । पलेशाले नेपालमा भएको दोश्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोयिगता– २०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स– २०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट– २०२४ मा पलेशाले स्वर्ण जितेकी थिइन् । ताइयानकै प्रतियोगितामा हासिल गरेको सफलतामा पलेशाले पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । पारालिम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेशा एक्लो नेपाली खेलाडी हुन् । टोकियो पारालिम्पिकमा भने पलेशा वाइल्ड कार्ड मार्फत सहभागी भएकी थिइन् ।
त्यस्तै पलेशाले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद– २०२२ मा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेशाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एक मात्र पदक हो ।
पलेशासंग लन्डन र टर्कीमा भएको २ विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।
पलेशाले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने वर्षको उत्कृष्ट पारा एथलिट अवार्ड जितिसकेकी छन् । काठमाडौं महानगरपालिका वडा २८, बागबजारकी पलेशा नेपाल सरकारबाट जनसेवाश्री पञ्चम श्रेणीबाट पनि विभूषित भइसकेकी छन् ।
पेरिस पारालिम्पिकका लागि नेपाली तेक्वान्दो टोलीले १ महिना युकेको म्यान्चेसटरमा तयारी प्रशिक्षण गरेको थियो । पारालिम्पिकमा सहभागी टोली म्यान्चेसटरबाटै अगष्ट २५ तारिखमा पेरिस पुगेको थियो ।
पलेशाका प्रशिक्षक कविराज नेगी लामाको भने प्रशिक्षकका रुपमा यो ११ औं अन्तर्राष्ट्रिय पदक हो । अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाको प्रशिक्षणमा नेपाली खेलाडीले हालसम्म ३ स्वर्ण, २ रजत र ६ कांस्य जितेका छन् । लामा नेपाली पारा तेक्वान्दोका सफल प्रशिक्षक हुन् ।
पलेशाले मेहनतको फल प्राप्त भएको र आफूले जितेको पदक आफ्नो मात्र नभइ सिंगो राष्ट्रका लागि भएको प्रतिक्रिया दिइन् ।
‘मेहनतको फल पाएको अनुभूति भइरहेको छ । यो पदक मेरो मात्र होइन । सिंगो नेपाल र सम्पूर्ण नेपालीहरुको हो ।’ पलेशाले भनिन्– ‘अब हामी गर्वका साथ भन्न सक्छौं । ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर ।’
पलेशाले अगाडि भनिन्– ‘सबैको म प्रति भरोसा थियो, पदक जित्छ भनेर । उहाँहरुको भरोसालाई कायम राखेर देशका लागि पदक जित्न पाएकोमा खुशी छु ।’
पलेशाले आफ्नो यात्रामा सहयोग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल पारालिम्पिक कमिटी, नेपाल तेक्वान्दो संघ, परिवार, शुभचिन्तकलगायत सबैलाई धन्यवाद दिदै अझ राम्रो तयारी गर्न सके यो भन्दा बढी उपलब्धी हासिल गर्न सकिने बताइन् ।
प्रशिक्षक लामाले टोकियो ओलम्पिकमा जित्न नसकेको पदक पेरिसमा आएर जित्न सकेकोमा खुशी व्यक्त गर्दै पलेशाले जितेको पदक सम्पूर्ण देशवासीका लागि उपहार भएको बताए । उनले पलेशा र सम्पूर्ण टिमको मेहनतले सफलता सम्भव भएको बताउदै पलेशाको सफलताले नेपाल पनि ओलम्पिकमा पदक जित्न सक्षम छ भन्ने सन्देश दिन सफल भएको धारणा व्यक्त गरे ।
राखेपका, नेपाल पारालिम्पिक कमिटी एवं नेपाल तेक्वान्दो संघका सदस्य समेत रहेका टोलीका व्यवस्थापक रामचन्द्र श्रेष्ठले लामो समयदेखि राष्ट्रले चाहेको पदक जित्न सफल भएकोमा पलेशालाई बधाइ र धन्यवाद दिदै अझ लगानी बृद्धि गर्ने हो भने स्वर्ण पदक पनि टाढाको विषय नभएको बताए । उनले अनुकुल वातावरण पाए नेपाली खेलाडी पनि कुनैपनि देशको खेलाडी भन्दा कम छैनन् भन्ने गतिलो उदाहरण पलेशा भएको प्रतिक्रिया दिए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले इतिहास रच्न सफल पलेशालाई बधाइ दिदै पलेशाले जितेको पदक खेलकुद क्षेत्रका लागि मात्र नभइ राष्ट्रकै लागि अमूल्य उपहार भएको बताए ।
तेक्वान्दोसहित नेपाली पारालिम्पिक टोली सेप्टेम्बर ४ तारिख नेपाल आइपुग्ने छन् । पेरिस पारालिम्पिकमा नेपालबाट पौडीका भीमबहादुर कुमालले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । उनले सेप्टेम्बर २ तारिखमा एस ९ क्याटगोरीअन्तर्गत पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । पेरिस पारालिम्पिकमा नेपालबाट ३ खेलाडी सहभागी छन् । तेक्वान्दोका भरतसिंह महता अगष्ट २९ तारिखमै जापानका मित्सुया तानाकासंग पहिलो चरणमै १९–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् । उनले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
पलेशाले ६५ लाख पुरस्कार पाउने ः
पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेशा गोबर्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउने छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा भएको पुरस्कार सम्बन्धी व्यवस्था अनुसार पलेशाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन् । सोही नियमावलीमा भएको पुरस्कार अनुसार चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेशाले १३ लाख नगद पुरस्कार पाएकी थिइन् ।
त्यस्तै प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापकले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

You might also like

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

Related

Previous Post

चट्याङ लागेर सिन्धुलीमा एकजनाकाे मृत्यु

Next Post

ट्राइम्फको मोटरसाइकलमा युवाको भिड, १५० भन्दा बढी बुकिङ

Sambridinews

Sambridinews

Related Posts

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

by Sambridinews
आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

by Sambridinews
आइतवार, असार २१, २०८३
कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने
FEATURED

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

by Sambridinews
आइतवार, असार २१, २०८३
सुमनलाई कांस्य
TOP STORIES

सुमनलाई कांस्य

by Sambridinews
शनिबार, असार २०, २०८३
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 
FEATURED

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

by Sambridinews
शनिबार, असार २०, २०८३
Next Post
ट्राइम्फको मोटरसाइकलमा युवाको भिड, १५० भन्दा बढी बुकिङ

ट्राइम्फको मोटरसाइकलमा युवाको भिड, १५० भन्दा बढी बुकिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

सात बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भयाे सिन्धुलीगढी सम्पदा संरक्षण संवाद

शुक्रबार, असार १४, २०८१
कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

शुक्रबार, माघ ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न, गोलाप्रथाद्वारा छानिए सहभागी

आइतवार, असार २१, २०८३
“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक
TOP STORIES

“हरेक घरको खुशी”: नेपालमा एलजीको “इसेन्सियल सिरिज” सार्वजनिक

आइतवार, असार २१, २०८३
कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने
FEATURED

कालभैरवलाई ११ प्रतिशत शेयरसहित ‘गुरुबस’को डिजिटल सेवा सुरु, नाफा सामाजिक कार्यमा खर्च गरिने

आइतवार, असार २१, २०८३
सुमनलाई कांस्य
TOP STORIES

सुमनलाई कांस्य

शनिबार, असार २०, २०८३
त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 
FEATURED

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त 

शनिबार, असार २०, २०८३
ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!
TOP STORIES

ओप्पो A6S प्रो नेपाली बजारमा: ५०MP सेल्फी क्यामेरा र ७०००mAh ब्याट्री सहितको प्रिमियम फोन, मूल्य रु. ५६,९९९!

शुक्रबार, असार १९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In