Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल र जर्मनी बिच दक्ष श्रमिक लैजाने श्रम सम्झौता

Sambridinews by Sambridinews
बुधबार, अशोज २४, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल र जर्मनी बिच दक्ष श्रमिक लैजाने श्रम सम्झौता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असोज २४ , नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदानमा संयुक्त घोषणा पत्रमा हस्ताक्षर गरेका छन्।
जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा मंगलबार दुई पक्षबीच हस्ताक्षर भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का र जर्मन संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिलाका निर्देशक माइकल भान डेर क्यामेनले घोषणा पत्रमा हस्ताक्षर गरे।

हस्ताक्षर गर्नुअघि मन्त्री भण्डारीको नेतृत्वको उच्चस्तरीय टोली र त्यहाँका राज्य सचिव (उपमन्त्री) को नेतृत्वमा रहेको उच्चस्तरीय जर्मन प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। उक्त अवसरमा दुई पक्षबीच नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, दक्ष श्रम आप्रवासन, श्रमिकको हित तथा सामाजिक सुरक्षा, जर्मन भाषा तथा व्यावसायिक तालिम र सर्कुलर माइग्रेसन लगायत विषयमा विचार आदानप्रदान भयो।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

भेटमा दुवै पक्षले पछिल्ला वर्षहरूमा दुई देशबीच बढ्दै गएको सम्बन्धप्रति खुसी व्यक्त गरे। घोषणापत्र हस्ताक्षर नेपालबाट जर्मनीमा श्रमिकहरूको न्यायपूर्ण र वैधानिक भर्ना प्रक्रियाको पहिलो कदम हुने उल्लेख गरिएको छ। मन्त्री भण्डारीले मित्रराष्ट्र जर्मनीसँग पारस्परिक हितका सबै क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको बताए।

जर्मन अधिकारीहरूले त्यहाँको आवश्यकता अनुसार दक्ष श्रमिक भर्ना प्रक्रिया अघि बढाउने बताएका छन्।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले समझदारीले अवसरको खोजीमा यी मुलुक जाने नेपालीहरूको पारिश्रमिक, सामाजिक सुरक्षा जस्ता कुराहरूको ग्यारेन्टी गर्ने बताए। उनीहरूको मानव अधिकार समेत सुनिश्चित हुने उनको भनाइ छ।

सहसचिव पोखरेलका अनुसार अब छिट्टै नेपालले जर्मनीमा प्रशिक्षार्थी श्रमिक पठाउने छ। प्रशिक्षार्थी श्रमिकहरूलाई जर्मनीले एक वर्ष व्यावसायिक तालिम प्रदान गर्छ। तालिमपछि सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउँछ।

“तालिम अवधिमा पनि निश्चित पारिश्रमिक दिइन्छ। कति दिने भनेर तोकिएको छैन,” उनले भने।

जर्मनीले अहिले कुन-कुन क्षेत्रमा नेपाली श्रमिक लैजाने भनेर तोकिसकेको छैन। त्यहाँको निर्माण क्षेत्र, फ्याक्ट्री लगायत क्षेत्रमा आवश्यकता अनुसार श्रमिक माग हुने उल्लेख गरिएको छ। सहसचिव पोखरेलका अनुसार जर्मनी रोजगारीका लागि श्रमिकले अनलाइनमार्फत् नै आवेदन दिन सक्नेछन्।

अहिले पनि त्यहाँ नेपाली श्रमिकहरू पुगिरहेका छन्। श्रम स्वीकृति लिएर तथा भिजिट भिसा लगायत अन्य अवैध बाटो र प्रक्रियामार्फत त्यहाँ पुगेर पनि काम गरिरहेको अवस्था छ। यसरी जाँदा उनीहरूले मोटो रकम खर्चिनुपरेको छ। अब त्यहाँ जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था हुने सहसचिव पोखरेलको भनाइ छ।

जर्मनी रोजगारीपछि नेपाली श्रमिकले ल्याउने पुँजी र प्रविधिले हाम्रो मुलुकको विकासमा पनि टेवा पुग्ने विश्वास सरकारको छ। युरोपियन मुलुकमा खाडीको भन्दा राम्रो कमाइ भएका कारण सरकारले यी मुलुकमा श्रमिक पठाउन जोड दिएको जनाएको छ। मध्यपूर्व तथा खाडीको तुलनामा युरोपमा आकर्षक पारिश्रमिक तथा सेवासुविधा हुने हुँदा श्रमिकहरूको आर्थिक अवस्थामा पनि सुधार पुग्ने विश्वास लिइएको छ।

सरकारले यसअघि युरोपियन मुलुक रोमानियासँग श्रम समझदारी गरिसकेको छ। असोज १९ गते पूर्वी युरोपेली मुलुक रोमानियासँग समझदारी गरेको हो।

Related

Previous Post

मानसिक स्वास्थ्यसम्बन्धी उपचार सर्वसुलभ र गुणस्तरीय बनाऊ

Next Post

श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

श्रीलंकालाई ६ विकेटले हराउँदै क्रिकेट विश्वकपमा पाकिस्तानको कीर्तिमानी जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

शनिबार, असार २१, २०८२
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

१४ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In