काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औं साधारणसभा पछि भएको निर्वाचनबाट चन्द्र ढकाल महासंघको २० औैं अध्यक्षमा निर्बाचित भएका छन् ।
२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल बिहीबारबाट अध्यक्ष बनेका हुन् ।
महासंघको अध्यक्ष बनेपछि निजी क्षेत्रलाई सर्वसाधारणले हेर्ने नजर बदल्ने उदघोष ढकालले गरेका छन् । यस्तै अहिले आर्थिक मन्दी सुधार गर्न समेत आफूले अभियान थाल्ने ढकालले बताए । यसका साथै नेपालमा लगानीको वातावरण निर्माण गर्न महासंघले पहल थाल्ने तथा साना व्यवसायलाई प्रवर्द्धन गर्न समेत भूमिका खेल्ने ढकालले बताए ।