Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, May 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपा (एमाले) द्वारा आयोजित पत्रकार सम्मेलनमाअध्यक्ष केपी शर्मा ओलीद्वारा प्रेषित प्रेस वक्तव्य

Sambridinews by Sambridinews
आइतवार, साउन २८, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
नेकपा (एमाले) द्वारा आयोजित पत्रकार सम्मेलनमाअध्यक्ष केपी शर्मा ओलीद्वारा प्रेषित प्रेस वक्तव्य
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

काठमाडौं। साउन २८ , सुन तस्करीका सम्बन्धमा आज नेकपा एमाले पार्टी कार्यालय च्यासलमा प्रेषित प्रेस वक्तव्यको पूर्ण पाठ
१. २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्डबाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको १०० केजीभन्दा बढी सुन प्रकरणलेसिङ्गो राष्ट्रलाई तरङ्गित बनाएको छ । नेपाल सरकारका दर्जनौं निकायहरु कार्यरत रहेको र सुरक्षा निकायका पनि अनेकौं इकाइहरु क्रियाशील रहने अन्तरराष्ट्रिय विमानस्थलबाट यति ठूलो परिमाणमा भएको सुन तस्करीले अन्तर्राष्ट्रिय जगत मा सिङ्गो राष्ट्रको छविलाई धुमिल तुल्याएको छ र विमानस्थलको सुरक्षा प्रबन्धको विश्वसनीयतामाथि गंभीर प्रश्नचिह्न खडा गरेकोछ । यस्तै प्रकृतिको सुन तस्करी गतः वैशाखदेखि पटक–पटक हुने गरेको र यस सिलसिलामा ९०० केजीभन्दा बढी सुन बाहिरिएको तथ्यले हाम्रो पार्टीलाई चिन्तित र आक्रोशित तुल्याएको छ । यस विषयमा सार्वभौम संसदका दुबै सदन, विभिन्न सञ्चारमाध्यम र सिङ्गो समाजमा गंभीर वहस भइरहेको छ ।
२. नेपाल सरकारको सर्वाधिक कडा सुरक्षा प्रबन्ध रहेको भनिने अन्तर्राष्ट्रिय विमानस्थलबाट यतिठूलो परिमाणमा सुन तस्करी हुनु र त्यो पनि बारम्बार हुनु, राजनीतिक र प्रशासनिक संरक्षण,मिलिमतो र सङ्लग्नताबिना हुन संभवै छैन भन्ने कुरा जो कसैले पनि सहजै अनुमान गर्न सक्छ । विभिन्न सञ्चारमाध्यममा सन्दिग्ध तस्करहरुको सत्तारुढ दलका विभिन्न नेताहरुसँगको अन्तरङ्ग बसाउठी, फोन सम्पर्क र भेटघाटका समाचारहरु सार्वजनिक भइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरुले एकैसाथ विदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरुको कनेक्सन शङ्कास्पद ढङ्गले विच्छेद गरिनु,एक्सरे मेसिन र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटक–पटक रिचेकको सङ्केत गर्दा पनि पुनः परीक्षण नगरिनु तथा घटना बाहिर आउनासाथ विषयान्तर गर्ने गरी सत्ता निकट व्यक्तिहरुले विभिन्न कुप्रचारहरु गर्नुलाई संयोग मात्र मान्न सकिने स्थिति छैन । यो सत्ता संरक्षित सुनियोजित गैरकानुनी र आपराधिक क्रियाकलाप हो भन्नेमा हाम्रो पार्टी स्पष्ट छ ।
३. सत्ताकै संरक्षण रहेको प्रकरण भएको हुनाले र यस्ता घटना बारम्बार दोहोरिरहेको चिन्ताजनक अवस्थाका कारण यसकै गहिराइमै पुगेर छानबिन गर्नु अनिवार्य भइसकेको छ । हाम्रो पार्टीले यस विषयमा सदन र सदन बाहिरबाट पनि सरकारको बारम्बार ध्यानाकर्षण गराइरहेको छ । गृह र अर्थ मन्त्रालय लगायतको उच्च प्रशासनिक र राजनीतिक नेतृत्व जोडिएको यो विषय गृह मातहतका निकायहरुबाट निष्पक्ष, भयरहित वातावरणमा, बिना दबाब र प्रभाव विषयको गहिराइमा पुगेर हुन सक्दैन भन्नेमा हाम्रो पार्टी स्पष्ट छ । यो यथार्थ त ई– सिगरेट (Vapes) भित्र लुकाएर तस्करी गरिएको ९ केजी सुन प्रकरणमा प्रत्यक्ष जोडिएका सत्तारुढ पार्टीका नेता र निजका परिवारका सदस्यलाई सामान्य सोधपुछ सम्म पनि नगरिएको तथ्यबाटै पुष्टि भइसकेको छ । त्यसैगरी ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजान मन्त्रिपरिषद्बाट निर्णय गराउन मुख्य भूमिका खेल्ने व्यक्तिहरुलाई अदालतको निर्देशनात्मक आदेश हुँदा पनि आजका मितिसम्म सामान्य वयानसम्म गराउन नसक्ने क्रियाकलापबाटै यो कुरा थप स्पष्ट हुन्छ । त्यसैले हामी यस प्रकरणको सत्यतथ्यको गहिराइमै पुगेर अन्वेषण गर्न, बिना दबाब र प्रभाव सत्यतथ्य बाहिर ल्याउन, दोषीहरुलाई कडा कारबाही गर्न र यस्ता घटना भविष्यमा नदोहोरियून् भन्ने कुराका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत प्रबन्धका लागि उच्च स्तरीय छानवीन समिति बन्नुपर्छ भनेर हामीले निरन्तर दबाब दिँदै आएका छौं । यो सदनमा स्वयं सत्तारुढ दलकै सदस्यहरु, विभिन्न राजनीतिक दलहरु र आम नागरिकहरुबाटसमेत बारम्बार उठाइएको विषय हो ।
४. तर …चोरको खुट्टा काट्’ भन्दा खुट्टा उचालेजस्तै सरकार स्वतन्त्र, निष्पक्ष उच्चस्तरीय न्यायिक छानविन समितिको माग सुन्नासाथ तर्सिने र त्यस्तो समिति गठन गर्न नहुने अनुचित अडान लिएर सदनको कारबाहीलाई अगाडि बढ्न बाधा सिर्जना गरिरहेको छ । सरकारको अनुचित अडानले यस विषयमा सरकार र सत्ताधारी नेतृत्वको सङ्लग्नताको आशङ्कालाई थप पुष्टि गर्ने काम गरिरहेको छ । यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रमहरु सञ्चालन गर्ने पार्टीको स्पष्ट अडान रहेको कुरा दोहो¥याउन चाहन्छौं ।
५. वर्तमान गठबन्धनको सरकार बनेसँगै मुलुकमा राजनीतिक विकृति, संवैधानिक प्रावधानहरुमाथिको हस्तक्षेप, आर्थिक सङ्कट, मुलुकको आन्तरिक मामलामा वाह्य हस्तक्षेप र समाजमा अराजकता झनै सघन बन्दै गएको छ । २०७४ माघमा यस्तै प्रकृतिको गठबन्धन रहेको बेला भएको ३३ किलो सुन तस्करी प्रकरणलाई हामीले सरकारमा रहँदा उच्च स्तरीय छानबिन गरेर मुख्य अपराधीहरुलाई कानुनको कठघरामा ल्याएका थियौं । अहिले यस सरकारको संरक्षणमा यस्ता धन्धाहरु फेरि मौलाउन थालेका छन् । निश्चित व्यवसायीहरुका स्वार्थमा र उनीहरुकै व्यक्तिको अवैध उपस्थितिमा करका दरहरु हेरफेर गर्ने, ठूला ठेक्कापट्टा लगायत राज्यका साधनस्रोतहरु निश्चित व्यवसायीहरुको स्वार्थमा दोहन गर्न छुट दिने, विदेशबाट अवैध रुपमा भित्रिएको धनलाई सेतो तुल्याउन राष्ट्र ब्याङ्कलाई दबाब दिने लगायतका कामहरुले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगतमा धमिलिएको छ । दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आएको छ । यी र यस्तै कारणले मुलुकमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । व्यवसायीहरु हताश छन् । सिङ्गो समाजमा नैराश्य बढिरहेको छ । तर यी विषयहरुलाई गंभीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुको साटो सरकार विपक्षीहरुप्रति प्रतिशोध साध्ने, कुप्रचार गर्ने र अपराधहरुलाई ढाकछोप गर्ने बाटोमा उद्यत् छ ।
६. नेकपा (एमाले) सुशासन, विकास, समृद्धि र समानताका लागि निरन्तर क्रियाशील जिम्मेवार राजनीतिक पार्टी हो । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको रक्षाका लागि हामी सरकारमा हुँदा होस् या बाहिर, अथक ढङ्गले क्रियाशील छौं । चौतर्फी घेराबन्दी, सत्ता– संरक्षित भौतिक र राजनीतिक आक्रमण र कुप्रचारलाई चिर्दै पार्टी देश र जनताको हितमा अनवरत लागिरहेको छ । हामी पछिल्लो सुन प्रकरण लगायत चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरुको निष्पक्ष र गहिरो छानबिन हुनु पर्छ, भ्रष्टाचार, तस्करी र राज्यको साधनस्रोतको दोहन गर्र्ने लगायतका अपराधीहरुलाई कानुनको कठघरामा उभ्याइनु पर्छ भन्नेमा स्पष्ट छौं र यसका लागि निरन्तर प्रयत्नशील छौं । घटनाक्रमले स्पष्ट पारेको छ– वर्तमान सरकार राष्ट्रिय हितको रक्षा गर्न पूर्णतः असफल भएको छ । सत्ता टिकाउनका लागि जस्तासुकै शक्तिसँग जस्तासुकै सम्झौता गर्न तयार हुने यो सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने संभावना टड्कारो छ । सरकार आफ्ना क्षुद्र स्वार्थका लागि संविधानको मर्ममाथि कुल्चिन तयार छ भन्ने कुरा कोशी प्रदेशमा सभामुख पदको गरिमालाई कुल्चिदै गरिएको हरकत, पटक–पटक सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको पद रिक्त राख्ने, कामुको भरमा चलाउने र सर्वोच्च लगायत विभिन्न अदालतमा न्यायाधीशहरु रिक्त राख्ने काम तथा स्वतन्त्र संस्थाहरुमाथि गरिएको नाङ्गो हस्तक्षेपले स्पष्ट पारेको छ । त्यसै गरी यो सरकारका नीति र कृत्यहरुका कारण मुलुकमा आगामी दिनमा झनै आर्थिक सङ्कट गहिरिने, व्यवसायिक वातावरण बिथोलिँदै जाने र जनता झनै समस्याग्रस्त बन्दै जाने स्थिति छ । समाजमा जातीय र साम्प्रदायिक सद्भाव विकसित गर्दै लैजानु पर्नेमा प्रधानमन्त्री स्वयं जातीय अतिवादलाई प्रश्रय दिन, अतिवादीहरुले विपक्षी दलका नेता कार्यकर्तामाथि गरेको साङ्घातिक हमलालाई संरक्षण गर्न र प्रोत्साहन गर्न सङ्लग्न भएको स्पष्ट देखिएको छ । वर्तमान सरकारका यी जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापको आ–आफ्नो ठाउँबाट सशक्त विरोध गर्न पार्टी सम्बद्ध सबै समक्ष हार्दिक आह्वान गर्दछ ।

Related

Previous Post

अबिरल वर्षाले बर्दियाको बारबर्दियामा ४३ घर डुबानमा

Next Post

राखेप अन्तर्गत प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले बढुवाका प्रकृयालाई निष्कर्षमा पुर्याउन आन्दोलित

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 
TOP STORIES

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
TOP STORIES

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा
FEATURED

प्रधानमन्त्री बालेन्द्र शाहले इयूका राजदूतहरूसँग संयुक्त भेटवार्तामा

by Sambridinews
मङ्लबार, जेष्ठ १२, २०८३
Next Post
राखेप अन्तर्गत प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले बढुवाका प्रकृयालाई निष्कर्षमा पुर्याउन आन्दोलित

राखेप अन्तर्गत प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले बढुवाका प्रकृयालाई निष्कर्षमा पुर्याउन आन्दोलित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जोमसोमबाट पोखराका लागि छुटेको बस कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते

बुधबार, फाल्गुन ३, २०७९
मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया

बुधबार, मंसिर २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

बुधबार, जेष्ठ १३, २०८३
नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो गणतन्त्र दिवसमा विशेष अफर

बुधबार, जेष्ठ १३, २०८३
वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग
FEATURED

वैदेशिक रोजगार नीति नहुँदा व्यवसाय संकटमा, छिमेकी देशको अभ्यास अनुसार सेवा शुल्क तोक्न माग

बुधबार, जेष्ठ १३, २०८३
सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 
TOP STORIES

सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ POCO सर्भिस सेन्टर सञ्चालनमा 

मङ्लबार, जेष्ठ १२, २०८३
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
TOP STORIES

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

मङ्लबार, जेष्ठ १२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In