Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

Sambridinews by Sambridinews
सोमवार, भदौ २५, २०८०
in TOP STORIES, राजनीति
0
धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई प्रश्न गरेकै कारण अशोक लिम्बु एकदिन थुनामा परे । धरान–१५ का उनलाई शुक्रबार नगर प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको थियो । एक दिन हिरासतमा राखेर प्रहरीले उनलाई शनिबार साँझ रिहा गरेको छ ।

तर आफूलाई किन पक्राउ गरियो भन्ने जवाफ उनले पाएका छैनन् । बरु समाजिक सञ्जालमा आफ्नो विषयमा अनर्गल प्रचार भएको थाहा पाए ।

You might also like

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

‘म अब न्याय माग्न कहाँ जानुपर्ने हो थाहा छैन’, उनले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘यस्तो गम्भीर आरोप लगाउनेहरुलाई यत्तिकै छोड्दा भविष्यमा अप्ठ्यारो हुनसक्छ । त्यसैले कसरी न्याय पाउनसक्छु भनेर खोजीमा छु ।’ उनले भनेका छन् ।

उनि १३ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका छन् । यो १३ वर्षमा उनि जम्मा २ पटक मात्र घर आएका छन । यो पटक त नियमित विदामा पनि होइन, आमा बिरामी भएपछि असार अन्तिममा अचानक आएका थिए ।
उनले भनेको छन्, आमाको हेरचाह गर्नुपर्ने भएकाले कतै जान पाएको थिइनँ । अस्तिको दिन (शुक्रबार) हाम्रो टोल (धरान–१५ को परिवर्तन मार्ग) मा माइकिङ गरिरहेको सुनेँ । सुरुमा त खासै वास्ता गरेको थिइनँ । हाम्रो छिमेकीको घर पछाडि ससाना भाँडामा पानी जमेको रहेछ । सफा नगरेर डेंगीले लार्भा पारेको भन्दै फोटो खिचिरहेको देखें ।

सबभन्दा दुःख चाहिँ हत्कडी लगाउँदा लाग्यो । मेयरलाई मेयरज्यू भन्नुपर्ने होला, मैले हर्क दाइ भनें । अलि चर्को स्वर पनि गरेकै हुँ । तर मैले नभएको कुरा गरेको पनि होइन नि !

उहाँहरु पत्रकार हो कि को हो थाहा भएन ।

त्यो घरमा आमा–छोरा बस्छन् । बुढी आमा राम्रो बोल्न नसक्ने, कान पनि नसुन्ने अशक्त हुनुहुन्छ । टिबी रोग लागेकाले छोरा पनि चिन्ताजनक अवस्थामा हुनुहुन्छ । केही अगाडि टोल छिमेक मिलेर बीपी (कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान)मा उपचार गर्न लग्यौं । कुरुवा बस्ने मान्छे नभएर घरमै ल्याउनुप¥यो ।

उहाँहरु उपचार गर्न सक्ने अवस्थामा हुनुहुन्न । बिजुलीको लाइन पनि हामी छिमेकी मिलेर दिएका छौं । त्यही भएर मैले उहाँहरुको यस्तो अवस्था छ, फोटो खिचेर सबैलाई देखाएर बेइज्जत नगर्दिनुहोस् भन्दा अलिकति चर्काचर्की भयो । उता गएर कुरा गरौं भन्दा हर्क दाइ (मेयर हर्क सम्पाङ) पनि हुनुहुँदो रहेछ । मैले हर्क दाई ! यहाँ पानी बगिरहेको छ, कसले बनाइदिने हो भनेर प्रश्न गरें ।

उहाँले भाइ, तिमी विरोध गर्न आएको हो ? तिमी चुप लाग भन्नुभयो । मैले म विरोध गर्न आएको होइन, तर प्रश्न गर्न पाइँदैन र भनेर प्रतिप्रश्न गरें । मेयरले त्यसलाई पक्र, त्यसले भन्न खोजेको के हो भन्नुभयो । मैले बाटोमा पानी बगायो, फोहोर जमायो भनेर फोटो खिचेको घरमा भएका आमा छोराको अवस्था बुझाउन खोज्दा मेयरज्यूले थर्काउन खोज्नुभयो ।

मैले पनि त्यस्तो बिजोग छ कहिले हेर्नुभयो ? अनि भाँडामा फोहोर जमायो भनेर किन फोटो खिच्नुहुन्छ भनेर सोधेको हुँ । तपाईं जसरी बोल्नुहुन्छ म पनि त्यस्तै बोल्छु भनें । त्यसपछि म घर गएँ ।

घर गएको एक छिनमा उहाँले नगर प्रहरी पठाउनुभएछ । वडामा कुरा गर्नुपर्ने भयो भनेपछि म वडा प्रहरीको बाइकमा बसेर वडा प्रहरीको कार्यालय (सदन स्कुल छेउ) गएँ । त्यहाँ २० मिनेट जति बसेपछि इलाका प्रहरी कार्यालय धरानको भ्यान आयो । तपाईं उतै जानुपर्ने भयो, जाऊँ भन्नुभयो । मैले पनि हुन्छ भनेँ । तर मलाई ठूलै अपराध गरे जस्तो गरेर हत्कडी लगाएर लगियो ।

इलाका प्रहरी कार्यालय पु¥याएपछि पनि भित्र बाहिर गर्दा हत्कडी लगाइयो । स्वास्थ्य जाँच गर्न जाँदा पनि खोलिएन । शुक्रबार साँझ करिब सवा सात बजेतिर इलाका प्रहरी कार्यालय पु¥यायो, शनिबार अपरान्ह पाँच बजेतिर रिहा गरेको हिसाबले एक रात एक दिन त्यहाँ राखियो । मलाई विभिन्न आरोप लागेर पक्राउ परेका कैदीहरुसँगै राखियो ।

सबभन्दा दुःख चाहिँ हत्कडी लगाउँदा लाग्यो । मेयरलाई मेयरज्यू भन्नुपर्ने होला, मैले हर्क दाइ भनें । अलि चर्को स्वर पनि गरेकै हुँ । तर मैले नभएको कुरा गरेको पनि होइन नि !

मलाई कुनै राजनीतिक दलमा रुची छैन । फुर्सद पनि छैन । उहाँ मेयर हुँदा खुशी हुने युवामध्ये म पनि एक हुँ । तर के मेयरलाई प्रश्न गर्नै नपाइने हो ? प्रश्न गर्दैमा हत्कडी लगाउनुपर्ने हो र ?

मलाई प्रश्न गरेकै आधारमा पक्राउ गरियो, तर किन छोडियो भन्ने थाहा छैन । मलाई मेरो वडाका वडाध्यक्ष नरेश लिम्बुले छुटाउनुभयो । मलाई छोड्ने बेला कागजमा सही गर्न लगाइयो, त्यसमा के छ भन्ने पनि थाहा छैन ।

तर आज लेखक राई र समीर तामाङ नाम गरेको फेसबुक एकाउन्टबाट मेरो बारेमा जे पायो त्यही आरोप लगाएर लेखिएको छ । मलाई लागू पदार्थ दुव्र्यसनी, लागू पदार्थ ओसार पसार गरेको र तीन वर्षमा ७ चोटी पक्राउ परेको लेखिएको छ । बिहान अरुले देखाए, तर त्यसपछि खेतमा जानुपर्ने भएकाले भर्खरै आएको छु । आफ्नै मेयरलाई प्रश्न सोध्दा हत्कडी लगाएर एक रात एक दिन थुनिनुपर्ने, समर्थकहरुबाट भए नभएको आरोप खेप्नुपर्ने हुन्छ र ? म अब न्याय माग्न कहाँ जानुपर्ने हो ?

अब प्रहरीमा रिपोर्ट गर्नुपर्ने हो वा कहाँ गर्नुपर्ने हो सल्लाह लिएर अगाडि बढ्छु । यस्तो गम्भीर आरोप लगाएर लेखेको कुरा अहिले यत्तिकै छोड्दा भविष्यमा अप्ठ्यारो हुनसक्छ, त्यसैले कसरी न्याय पाउनसक्छु भनेर खोजीमा छु ।
(यो सामाग्री सञ्चारमाध्यमहरुको सहयोगमा निर्माण गरिएको ।)

Related

Previous Post

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आजदेखि आन्दोलनमा

Next Post

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक
FEATURED

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

by Sambridinews
शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

by Sambridinews
शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने

कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

मङ्लबार, पुस ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक
FEATURED

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In