Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत’

Sambridinews by Sambridinews
बुधबार, साउन ३१, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
‘दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत’
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साउन ३१, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको आफ्नै पार्टीको कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पहल गर्नु निम्नस्तरको हर्कत भएको वताउनुभएको छ ।
अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने योजनाका साथ भएको उक्त षडयन्त्रलाई आफूले असफल पारिदिएको वताउनुभयो । नेकपा ९एमाले०को बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मङ्गलबार काठमाडौंमा सम्बोधन गर्नुहुँदै उहाँले तत्कालीन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन पहल गरेको बताउनुभयो ।
आफूलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्दत गरेको अध्यक्ष ओलीको भनाइ छ । दुईतिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमै बसेर सरकार गिराउन भोट दिनु निम्नस्तरको हर्कत भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले बामपन्थी चिन्तनलाई अहिले यथास्थितिवादी प्रतिक्रियावादीहरूले सुन्न पनि नचाहेको बताउनुहुँदै साइनबोर्ड बामपन्थी राखेर स्वार्थ बोकेकाहरूले दक्षिणपन्थी झोला बोकेको र उहाँहरू ‘झोले’ भएको विचार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने षडयन्त्रलाई रोक्न र असफल पार्न आफूले प्रतिनिधि सभा विघटन गरेको प्रष्ट पार्नुभएको छ । प्रतिनिधि सभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने चर्चा गर्नुहुँदै उहाँले तत्कालीन समयमा आफूहरूलाई झुन्ड्याएर मार्ने डोरी बनाइएको र संसद् विघटन गरेर त्यो डोरी छिनाल्दिएको बताउनुभयो ।
पुस ५ गतेको तत्कालीन कदम राजनीतिक, संवैधानिक र संसदीय भएको तथा मुख्य रूपमा त्यो प्रतिक्रियावादी षडयन्त्रको विरोधमा जाने एउटा सचेत कदम भएको अध्यक्ष ओलीको भनाइ छ । त्यो घटनालाई लिएर पार्टीका नेता तथा कार्यकर्ताहरू कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेकोे भन्नुहुँदै उहाँले त्यसरी अलमलमा नपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न दलबाट आउनुभएका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र बुझाइमा एकरूपता ल्याउन चुनौती रहेको भन्नुहुँदै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

You might also like

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

Related

Previous Post

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु

Next Post

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

by Sambridinews
सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

by Sambridinews
आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

by Sambridinews
शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक ७, २०८३
Next Post
चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह

डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वरिष्ठ संगीतकार भिमबिराग अधिकारी अब सम्झनामा मात्र

वरिष्ठ संगीतकार भिमबिराग अधिकारी अब सम्झनामा मात्र

बिहिबार, चैत्र २९, २०८०
वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

वर्ल्ड रिसाइक्लिङ डे मनाउँदै खालिसिसि र कोका-कोला बेभरेजेज नेपालद्वारा WOW परियोजनाको सफलताको घोषणा

सोमवार, चैत्र ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

आगामी बिहीबारदेखि गण्डकीदेखि कोशीसम्म भारी वर्षाको सम्भावना

सोमवार, कार्तिक १०, २०८३
वर्षाका कारण एसिसी प्रिमियर कपको फाइनलमा खेल स्थगित ; भाेली ९ बजे खेलीने
FEATURED

तेस्राे एनपीएल आजबाट सुरू हुँदै

सोमवार, कार्तिक १०, २०८३
यसपाली पनि साउन आउनै लाग्दा घट्यो कुखुराको भाउ
FEATURED

दसैं लगत्तै सस्तियाे कुखुराकाे भाउ

आइतवार, कार्तिक ९, २०८३
वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित
TOP STORIES

वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

शनिबार, कार्तिक ८, २०८३
पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध
TOP STORIES

पोखरा एभेन्जर्समा बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिन अनुबन्ध

शुक्रबार, कार्तिक ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In