Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए

Sambridinews by Sambridinews
मङ्लबार, असार २५, २०८१
in FEATURED, स्वास्थ्य
0
जब स्वास्थ्यकर्मीले विरामी घर पुर्याइदिए
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार २५, काठमाडौं । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा सुरु हुँदा बाहिर झमझम् पानी परिरहेको थियो ।

तीनदिन अघिबाटै जिवाको तल्लो पेट दुखिरहेको थियो । तर, एक्कासी त्यसरी च्याप्ला भन्ने सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेका हुन्छन् । त्यो साँझ पनि पेट अलि बढ्तै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई सम्पर्क गरिन् । उनीहरुले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे ।

You might also like

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बाहिर झरी रोकिएको थिएन । रात परिसकेकाले गाडीमा स्वास्थ्यचौकीमा जाने सम्भावना पनि थिएन । माइती घरबाट उनी ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा पुगिन् । उनी स्वास्थ्यचौकी पुग्दा रातको ८ बजिसकेको थियो ।

त्यसैदिन राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उनलाई घर जान सल्लाह दिए । तर पानी परिरहेकाले गाडी चलेका थिएनन् । उनलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही तयार भएनन् । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्मै पु¥याइदिए ।

‘स्वास्थ्य चौकीमा गाउँका अरु मान्छेहरु पनि थिए । उनीहरुलाई घरसम्म पु¥याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार भएनन्,’ जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) टुकाराम पोख्रेल भन्छन्, ‘त्यसपछि खाजा खाने समयमा हामीले नै बोकेर उहाँको घरसम्म पु¥याइदियौं ।’

जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोकेका थिए । भिडियोमा उनीहरुले कहिले खालीखुट्टा त कहिले चप्पल लगाएर सुत्केरी बोकेर हिँडेको देखिन्छ ।

जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएकी थिइन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । त्यसैले उनी माइतमा बस्दै आएकी थिइन् ।

स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेल एक मात्र पुरुष कर्मचारी हुन् । अहेब, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी सबै महिला रहेका छन् ।

Related

Previous Post

सतर्कता केन्द्रविरुद्ध उजुरी : प्रधानमन्त्री कार्यालयले छानविन गर्दै

Next Post

१ लाख २ हजार लाइसेन्स नक्कली

Sambridinews

Sambridinews

Related Posts

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

by Sambridinews
शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

by Sambridinews
शनिबार, अशोज २४, २०८३
पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

by Sambridinews
शनिबार, अशोज २४, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
१ लाख २ हजार लाइसेन्स नक्कली

१ लाख २ हजार लाइसेन्स नक्कली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

आइतवार, मंसिर १४, २०८२
राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते

राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते

आइतवार, चैत्र ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३
गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई
TOP STORIES

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

शनिबार, अशोज २४, २०८३
पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In