Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गीतकार प्रमोद भट्टराईको शब्द बबिना भट्टराईको स्वर, संगीतमा “कहीँ कतै हराएँ भने” लोकार्पण ( भिडियो सहित)

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख १२, २०८२
in TOP STORIES, मनोरञ्जन, समाचार
0
गीतकार प्रमोद भट्टराईको शब्द बबिना भट्टराईको स्वर, संगीतमा “कहीँ कतै हराएँ भने” लोकार्पण ( भिडियो सहित)
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा
आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमा …

काठमाडौः समय, परिस्थिति अनि परिवन्धले भौतिक संसारमा कहि कतै हराइयो भने पनि सपनीमा त भेटघाट हुन सक्छ, विपनीमा पुरा नभएका भावहरु सपनीमा बाँड्न सकिन्छ, विपनीमा असम्भव भएका धेरै कुरा सपनीमा सम्भव हुन्छन् । विपनीमा संगालेका धेरै चाह सपनीमा पूरा हुन सक्छन्, प्रेमको मामलामा सपनाको झन् धेरै महत्व हुने गर्दछ । सपनीमा देखिनु, भेटिनु अनि सपनीमा प्रेमका सबै भाव साट्न सकिन्छ जहाँ न कसैको डर हुन्छ न त संकोच । प्रेम गर्न डराउनु पर्ने हाम्रो समाजमा सपना नै यस्तो माध्यम हो जहाँ निर्धक्क प्रेमिल बन्न सकिन्छ । विपनीमा भुगोलको धरातलमा हराए पनि सपनीमा एउटै सिरानीमा भएको आभास अनि अनुभूति मिल्न सक्छ, सिरानी एउटै भए पछि स्वास एउटै, मिलन एउटै, ढुकढुकी एउटै …मायाको संसार एउटै …!

गीतकार प्रमोद भट्टराई “प्रतीक”को शब्द रचना तथा बबिना भट्टराईको स्वर तथा संगीत रहेको यहि भावको प्रेमिल गीत “कहीँ कतै हराएँ भने” को भिडियो गीतकार संघ नेपालको आयोजनामा गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्व तथा गीतकार संघ नेपालका पूर्व अध्यक्ष, वरिष्ठ गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा एक विशेष समारोह विच लोकार्पण भएको छ । कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरुलाई मन्तव्यद्वारा स्वागत गरेका थिए ।

जीवन शाहीको परिकल्पना तथा निर्देशनमा निर्माण भएको गीतको भिडियोमा गायिका तथा संगीतकार बबिना भट्टराई नायिकाको भूमिकामा रहेकी छिन् भने उनलाई नायकको भूमिकामा यशराजले साथ दिएका छन् । समिर राईको व्यवस्थापन तथा संयोजन, अर्जुन खड्काको क्यामरा, सम्पादन र कलर, :सर्मिला सुनुवारको श्रृङ्गार, मेला रेकर्डिङ स्टुडियो प्रा.लि. पुतलीसडकको सम्पूर्ण संयोजनमा निर्माण भएको भिडियो गीतकार प्रमोद भट्टराई “प्रतीक”को आफ्‌नै युट्व च्यानल ‘प्रतिक क्रियशन’ मार्फत सार्वजनिक भएको छ । ‘गीत कहि कतै हराए भने’ को एरेन्ज बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् भने म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गीत गरेका छन् । गीतमा मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।

आफ्‌ना गीत, गजल, भजनहरुमा दर्जनौ स्टुडियो भर्सन र लिप्सिङ भिडियोमा फिचर्ड भएकी गायिका तथा संगीतकार बबिना भट्टराई कथाबस्तुमा आधारित भिडियोमा पहिलो पटक देखिएकी छिन् । भिडियोमा उनलाई मिल्दोजुल्दो कथा बस्नु बुनिएको गीतकार प्रमोद भट्टराई “प्रतीक” बताउँछन् । भिडियोका परिकल्पनाकार तथा निर्देशक जीवन शाहीले गीतको भाव अनि गायिका तथा संगीतकार बबिना भट्टराईलाई नै आधार बनाएर भिडियो तयार भएको बताउँछन् ।

भिडियोको कथामा एकतर्फी प्रेमको भाव रहेको छ । नायक र नायिका नजिकका साथी हुन्छन् । उनीहरुको भावना मिल्छ, धेरै कुरामा उनीहरु छलफल गर्छन्, योजना बनाउँछन् । विभिन्न पार्कहरुमा घुम्न जान्छन्, नायिकाको सौन्दर्य, उनको शालिनता अनि उनको कोमलताले नायकको मनमा नायिका प्रति प्रेमिल भाव उब्जन्छ तर नायिकाले भने नायकलाई एउटा असल साथीको रुपमा मात्र लिएकी हुन्छिन् । लज्जालु स्वभावका नायक पटक पटक भेट हुँदा पनि आफ्‌नो मनमा उनी प्रति पलाएको प्रेमिल भाव व्यक्त गर्न सक्दैनन् । बगैचा अनि पार्कहरुमा दिनमा अनि साँझमा पनि संगै घुम्नु, समय विताउनु, आँफूले दिएको फूल स्वीकार गर्नु अनि एकअर्काका समस्याहरु साटासाट गरेर समाधान खोजिरहदा नायकको मनमा पनि लाग्छ कि उनी पनि आँफू प्रति प्रेमिल छिन् तर उनी निश्चित हुन भने सक्दैनन् खासमा उनको मनमा आँफू प्रतिको धारणा के छ भनेर । उनले असल साथीको भूमिका भने निर्वाह गरिरहेकी हुन्छिन् । संगै हुँदा भन्न नसकेको भाव व्यक्त गर्न नायकले मोवाइलको एस.एम.एस. सेवाको सहयोग लिदै म्यासेज पठाउँछन् ‘म तिमीलाई माया गर्छु, म तिम्रो बन्न चाहन्छु ।’ मनमा उनी संगको प्रेमिल भाव संगाल्दै उनीबाट सकारात्मक प्रतिउत्तरको अपेक्षा राख्दै नायक उनीबाट आफ्‌नो म्यासेजको प्रतिउत्तरको प्रतिक्षमा रहन्छन् । एक हिसावले उनी ढुक्क छन् उनले आफ्‌नो मनको भाव बुझ्‌छिन् र उस्तै भावको प्रतिउत्तर आउँछ भनेर । उता नायिका उनको म्यासेज देखेर छक्क पर्छिन्, अल्मल्लिन्छिन् । आँफूले असल साथी मात्र मानेकोले नायकको प्रेम प्रस्ताव उनी स्वीकार गर्न सक्दिनन् उनी निरास हुनै प्रतिउत्तर दिन्छिन् ‘ह्वाट ? तिमी लिमिट क्रस गर्दैछौ, तिमी केवल मेरो साथी मात्र हौ ।’ उनको प्रतिउत्तरले नायकमा एउटा घोर निरासा उब्जाउँछ, क्षणभरमा नै उनको एउटा एस.एम.एस.ले उसको सपना चकनाचुर हुन्छ । दिउँसै उसको सन्सार अन्धकार हुन्छ, उ नमीठो संग विरक्तिन्छ र ‘म तिमी अनि यो सामाजिक संजाल देखि धेरै टाढा हुदैछु’ भनेर एउटा म्यासेज पठाएर ऊ हराउँछ, उसको फोन पनि लाग्दैन ।

जीवनमा उनीलाई जीवनसाथीको रुपमा पाउन नसके पनि उ उनको सधैं शुभचिन्तक भने बनिरहन्छ । प्रेम प्राप्ति मात्र होइन गुमाउँदा पनि प्रेम हुन्छ भन्ने भाव उसको मनमा रहन्छ, त्यसैले उ आफ्‌नी मन कि प्रेमिकाको प्रगतिको कामना गरिरहन्छ । संगीतका रुचि छ, उनी गीत संगीतको क्षेत्रबाट आँफूलाई चिनाउन चाहिन्छिन् भन्ने उसले बुझेको थियो, उनको संगीत प्रतिको लगावलाई सघाउन उ सधैं उनीलाई श्रृति संगीत विद्यालयमा संगीत सिक्न आफ्‌नै स्कुटरमा पुर्याउन जान्थ्यो अनि जता भए पनि कक्षा सकिने बेला लिन पनि उहि पुग्थ्यो, उनलाई उनको गन्तव्यमा पुर्याएर विदाईको हाल हल्लाउदै फर्कन्थ्यो । उनको यहि दैनिकीमा उसले सधैं साथ दियो, उनले संगीत सिकेर गीत गाउने बेला सम्म भने सम्वन्धले अर्कै मोड लिइसकेको थियो । यता नायिकाले संगीत सिकेर गीतकार प्रमोद भट्टराई “प्रतीक”लाई भेट्छिन् र आँफूले संगीत सिकेर गीत गाउन चाहेको बताउँछिन् । उनको भावनालाई कदर गर्दै गीतकार प्रमोद भट्टराई “प्रतीक”ले उनलाई आफ्‌ना शब्द दिन्छन्, ती शब्दहरुलाई मेला रेकर्डिङ स्टुडियो प्रा.लि. पुतलीसडक पुगेर उनी आफ्‌नो सुमधुर स्वरले सजाउँछिन् । गीतको भिडियो बन्छ, भिडियो ‘प्रतिक क्रियशन’ युट्व च्यानल मार्फत सार्वजनिक हुन्छ उक्त भिडियो सार्वजनिक हुनासाथै नायकले उक्त भिडियो हेर्न पुग्छन् । आँफूले आफ्‌नो जीवनमा सजाउन खोजेकी आफ्‌नो मन कि प्रेयसीको सफलतामा उनी मनमनै खुसी हुन्छन् । अव के हुन्छ ..भन्ने दर्शकको मनमा भाव पलाइरहदा भिडियो सकिन्छ । के अव नायक र नायिकाको फेरि भेट होला त ? के नायिकाको मनमा नायक प्रति पनि प्रेमिल भाव पलाउला त ? के उनीहरुको मिलन होला त ? यी र यस्ता धेरै प्रश्न भिडियोले अनुत्तरित नै छोडेको छ । यी सबै उत्सुकता मेटिन भिडियोको दोश्रो भाग आउनु पर्छ भन्ने दर्शकहरुको माग रहेको छ । गीतकार प्रमोद भट्टराई “प्रतीक” ले केहि समयको अन्तरालमा गीतको दोश्रो भाग आउन सक्ने बताएका छन् ।

विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले श्रष्टा र सृजनाका बारेमा मन्तव्यको क्रममा श्रष्टा गीतकार प्रमोद भट्टराई “प्रतीक” गायिका, संगीतकार तथा भिडियो कि नायिका बबिना भट्टराईले नेपाली गीत संगीतको क्षेत्रमा दिएका योगदान गरे चर्चा गर्दै गीत कहिँ कतै हराए भने को शब्द, स्वर, संगीत र भिडियो भाव र मर्मलाई प्रकाश पारे । उनले गीतभित्र मायाप्रेम, राष्ट्रियभाव हो कि भन्ने आभास दिलाएको बताए । गीतकार भट्टराईले गीतमा नयाँ प्रयोग भएको बताउँदै सङ्गीत र गायन पनि अब्बल भएको बताए । गायिका बबिना भट्टराईको गायन, संगीत र भिडियोमा अभिनयको चर्चा गर्दै सङ्गीतकार श्रेष्ठले “कहीँ कतै हराएँ भने” गीतले सबैको मन छुने विश्वास व्यक्त गरे ।

आफ्‌नो संक्षिप्त मन्तव्यको क्रममा सङ्गीतकार तथा गायिका बबिना भट्टराईले आफूले गरेको मेहनतलाई सबैले माया गरिदिनेमा विश्वस्त भएको बताइन् । गीतकार प्रमोद भट्टराई “प्रतीक”का को शब्दमा सहकार्य गर्न पाउनुलाई खुसीको क्षणको रुपमा लिएको बताउँदै उनले कथाबस्तुमा आधारित आफ्‌नो पहिलो अभिनय रहेको ‘गीत कहि कतै हराए भने’ दर्शक, श्रोताको माया पाउन सफल हुने विश्वास व्यक्त गरिन् ।

त्यसैगरी सङ्का पूर्व अध्यक्ष शुभ मुकारुङले शुभकामना मन्तव्य दिँदै “कहीँ कतै हराएँ भने” श्रव्य दृश्य राम्रो बनेकोमा सबै बधाईको पात्र भएको बताए ।

कार्यक्रममा गीतकार प्रमोद भट्टराई “प्रतीक” आफ्‌ना गीतका बारेमा बोल्दै अवकाश प्राप्त समयलाई साहित्यको क्षेत्रमा लगाउन पाएकोमा खुशी मिलेको बताए । कविता, मुक्तक, गजल विधामा रुचि भए पनि गीतिलेखनमा अझै सक्रियता भएको र गीत रेकर्ड भए पछि “कहीँ कतै हराएँ भने” गीतको भाव हराउला कि भनेर भिडियो निर्माण गरेको अनुभव सुनाउदै सबैको साथ र सहयोगले गीतले सफलता पाउनेमा विश्वास लिएको बताए ।

कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गीतकार एवं गीतकार संघ नेपालका पूर्व अध्यक्ष चुडामणि देवकोटाले शुभकामना दिँदै गीत राम्रो बनेको बताए । “कहीँ कतै हराएँ भने” गीतले सबैको मन जित्ने बताउँदै गीतकार प्रमोद भट्टराई अब्बल साहित्यकार भएको उनले बताए । शब्द सङ्गीत मैत्री हुनुपर्ने बताउँदै “कहीँ कतै हराएँ भने” भित्रका सिर्जनाले सफलता पाउन् भन्ने उनले शुभकामना व्यक्त गरे ।

कार्यक्रमलाई समापन गर्दै गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले उपस्थित सबैलाई धन्यवाद दिँदै गीतकार प्रमोद भट्टराईको सिर्जना अब्बल रहेको बताए । गीतकार भट्टराईका सिर्जना सार्वजनिक गर्दा हरेक समय साक्षी बन्न पाएकोमा खुशी व्यक्त गरे । अध्यक्ष थापाले आफ्ना सदस्यहरुलाई उर्जा दिन सङ्घ सदैव क्रियाशील रहेको बताउँदै राज्यलाई बौद्धिक र प्रतिलिपी अधिकारका विषयमा आवाज उठाउँदै आएको बताए । कार्यक्रमको सहजीकरण गीतकार संघ नेपालका आजीवन सदस्य तथा सञ्चारकर्मी हरिराम पौडेलले गरेका थिए ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्‌नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्‌नै भजन च्यानल ‘श्री भजन्स्‌’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्‌नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

भिडियो हेर्नुहोस् !
https://www.youtube.com/watch?v=qVzCLmXbfyY 

You might also like

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

Related

Previous Post

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

Next Post

कन्चनजंगा आरोहणको ७० वर्ष पुरा

Sambridinews

Sambridinews

Related Posts

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
कन्चनजंगा आरोहणको  ७० वर्ष पुरा

कन्चनजंगा आरोहणको ७० वर्ष पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

अहिले द्वन्द्व होइन राष्ट्रिय एकता आवश्यकता बढदै गएको छ: अधिवत्ता बिष्णु गिरी

मङ्लबार, अशोज १४, २०८२
१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

१३ औँ कोरियन एम्बसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

सोमवार, मंसिर १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In