धनगढी, २२ असार । खल्ती डिजिटल वालेटका सह–संस्थापक तथा निर्देशक अमित अग्रवाललाईएसपीए सम्मान प्रदान गरिएको छ ।
नेपाली आइटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अग्रवाललाई धनगढीकोे एसपीए कलेजले एसपीए सम्मान प्रदान गरिएको हो ।
एसपीएको सेमिनार हलमा शुक्रबार भएको एक समारोहकाबीच एसपीएका प्रबन्ध निर्देशक सुवासशाहीले अग्रवाललाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरेका हुन् ।
नेपाली डिजिटल वालेटमा अग्रिणी मध्येको एक खल्तीका संस्थापक अग्रवाल जानकी टेक्नोलोजीको पनि संस्थापक हुन् । यस्तै अग्रवालले गुगल विजनेश ग्रुपको नेतृत्व पनि गरिरहेका छन् । अग्रवालले २०१९ मा इन्टरपेनियर आइसीटी अवार्ड समेत जितेका थिए । अग्रवाल कम्प्युटर एशोसियसन अफ नेपालको पूर्व कार्यसमिति सदस्य समेत हुन् ।
अग्रवालले शुक्रबार एसपीएका विद्यार्थीहरुसँग आफ्नो अनुभव, इन्टरपेनियरसिप, लिडरसिप र स्टार्टअप कसरी सुरु गर्ने? आदि विषयमा गहकिलो मन्तव्य राखेका थिए । विद्यार्थीहरुले राखेका विभिन्न प्रश्नहरुको उत्तर समेत अग्रवालले दिएका थिए ।
एसपीएले आइटी क्षेत्रमा रुचि भएका विद्यार्थीहरु उत्प्रेरित पार्नका लागि अग्रवाललाई अथिति वक्ताका रुपमा निम्त्याएको हो ।