Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९

Sambridinews by Sambridinews
सोमवार, माघ २९, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी
काठमाडौं । माघ २९, एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए । याक एन्ड यति होटलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे । महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।
दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले अवार्ड प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए । टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४.८ प्रतिसत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।
सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । उनलाई ईसेवाको चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए । उनलाई सूर्य नेपाल प्रालीका प्रतिनिधि विदूर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रालीका सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे । गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो ।
उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे । युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए । उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।
देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए । उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।
प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे । स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे । एसियन स्पोटर््स जर्नालिस्ट अवार्डबाट हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड प्रदान गरे ।
कुल ९ विधामध्ये एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्पmबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् । २०औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । स्पोर्ट्स अवार्डको सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा होटल ग्रुप, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

Related

Previous Post

विवादकाबीच ‘अग्रह अनुहार’ कथा अग्रजको, गाथा महासंघको विमोचन

Next Post

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

Sambridinews

Sambridinews

Related Posts

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य
TOP STORIES

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

by Sambridinews
सोमवार, अशोज २६, २०८३
कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

by Sambridinews
आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

by Sambridinews
आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

by Sambridinews
आइतवार, अशोज २५, २०८३
Next Post
रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वामपन्थी नेता प्रदीप नेपालको निधन

वामपन्थी नेता प्रदीप नेपालको निधन

मङ्लबार, बैशाख २३, २०८२
५३९ स्थानीय तहमा शतप्रतिशत विद्युतीकरण, १८ स्थानीय तहमा भने अझै पुग्न सकेन

५३९ स्थानीय तहमा शतप्रतिशत विद्युतीकरण, १८ स्थानीय तहमा भने अझै पुग्न सकेन

बुधबार, भदौ ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य
TOP STORIES

दिव्यज्योति हाइड्रोपावरको १९औँ साधारणसभा सम्पन्न: ३ वर्षभित्र ५० मेगावाटको मर्स्याङ्दी बेसी आयोजना निर्माण गर्ने लक्ष्य

सोमवार, अशोज २६, २०८३
कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ
TOP STORIES

कोशी प्रदेशको राजधानी विराटनगरमा CG Digital को २८ औँ तथा नेपालकै सबैभन्दा ठूलो Multibrand Showroom को भव्य शुभारम्भ

आइतवार, अशोज २५, २०८३
सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी
TOP STORIES

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

आइतवार, अशोज २५, २०८३
सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा
FEATURED

सुपर हेवा पावर कम्पनीद्वारा १६औँ वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरूलाई ३.१५७९ प्रतिशत नगद लाभांश घोषणा

आइतवार, अशोज २५, २०८३
नेपाल टेलिकमकाे चाडपर्व अफर
FEATURED

नेपाल टेलिकमकाे चाडपर्व अफर

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In