Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड

Sambridinews by Sambridinews
बुधबार, माघ ३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न


पिपल्स च्वाइस अवार्ड
काठमाडौं, माघ ३– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ ।
मञ्चले बुधबार एक कार्यक्रम आयोजना गर्दै पिपल्स च्वाइसका पाँच जना मनोनयन सार्वजनिक भएको हो । आगामी माघ २८ गते हुने २०औं संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । यसअघि माघ १२ गते तय भए पनि प्राविधिक कारणले कार्यक्रम केही दिन सारिएको मञ्चले उल्लेख गरेको छ । खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गरिने गरिन्छ ।
फुटबलका अनन्तले घरेलु फुटबलमा आफ्नो नेतृत्वमा लगातार सफलता दिलाएका छन् । यस क्रममा उनले आफ्नो कप्तानीमा चर्च ब्वाइज युनाइटेडलाई ‘ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाउनुकै साथै यसै सिजनको नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीलाई उपाधि पनि दिलाएका थिए । करातेका विप्लवलालले इन्डोनेसियाको जाकार्तामा सम्पन्न विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत पदकका साथै चीनको हाङचउमा सम्पन्न १९औं एसियाली खेलकुदमा दुई बाउट जित्न सफल भएका थिए ।
काभा महिला भलिबल च्यालेन्ज कपमा कांस्य विजेता निरुता केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी हुन् । शारीरिक सुगठनकी रजनी श्रेष्ठ भने नेपालमै सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजीमाथि तौलसमूहकी स्वर्ण पदक विजेता हुन् । शारीरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै रजनीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल भएकी छन् ।
टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन् । यस विधाको विजेता इसेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने) बाट मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा हुनेछ । ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२।५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२।५ प्रतिशत हुनेछ ।
भोटिङ कार्यक्रमको अघिल्लो दिन बन्द हुनेछ । भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानीका लागि चर्चित सेवाप्रदायक कम्पनी ई–सेवासँग बुधबार नै एक कार्यक्रमबीच सम्झौता भएको छ । ईसेवाका तर्पmबाट चिफ बिजनेस अफिसर आशिष गौतम र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो अवसरमा गौतमले मनोनयनमा परेका पाँचै जनालाई इसेवा केयर प्याकेज प्रदान गरिने बताए । त्यसमा १ लाख रुपैया बराबरको स्वास्थ्य प्याकेज रहेको छ । मञ्चले ईसेवासँग लगातार चौथो वर्षको सहकार्य हो ।
मञ्चका अध्यक्ष सुबेदीले इसेवालगायत अन्य प्रायोजकलाई धन्यवाद दिँदै अवार्डका अन्य चार विधामा पनि केही दिनमा नै सार्वजनिक गरिने बताए । पल्सर स्पोर्ट्स अवार्ड २०७९ को अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । सदाझै यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ ।
यस पटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउनेछन् । तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल छन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, सुबिसु, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, रुट्स फेसन, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र नेपाल ओलम्पिक कमिटी छन् ।
पिपल्स च्वाइसको मनोनयनमा पर्न सफल खेलाडीहरु :
१ . निरुता ठगुन्ना (भलिबल)
–नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक
–केएनपी नेरोल्याक छैटौं राष्ट्रिय महिला भलिबलको उत्कृष्ट स्पाइकर
–१९औं एसियाली खेलकुदमा सहभागि
–काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो हुँदै कांस्य पदक विजेता
–घरेलु भलिबलमा एपीएफबाट खेल्ने
–केशवलाल स्मृति महिला भलिबल उपाधि
–केशललाल स्मृति महिला भलिबलमा सर्वोत्कृष्ट खेलाडी घोषित ।
२. अनन्त तामाङ (फुटबल)
–चर्च ब्वाइज युनाइटेडलाई शहीद स्मारक ए डिभिजन लिगको डेब्यु सिजनमै च्याम्पियन बनाउने कप्तान
–शहिद स्मारक ए डिभिजन लिगको मोस्ट भ्यालुएबल प्लेअर
–नेपाल सुपर लिग २०२३ मा ललितपुर सिटी एफसीलाई च्याम्पियन बनाउने कप्तान
–नेपाल सुपर लिग २०२३ को मोस्ट भ्यालुएबल प्लेअर
–प्राइम मिनिस्टर कप थ्री नेसन्स फुटबलको उपाधि विजेता टोलीको सदस्य
–प्राइम मिनिस्टर कप थ्री नेसन्स फुटबलबमा एक गोल । लाओसविरुद्ध २–० को जितमा एक गोल गर्न सफल
–इन्डियन सुपर लिग २०२२ ९आईएसएल० खेल्ने नेपालको पहिलो नेपाली खेलाडी०
–साफ च्याम्पियनसिप २०२३ (भारत) खेलेको टिमको सदस्य ।
३.सिक्का सुवाल (टेबलटेनिस)
–डबल्समा राष्ट्रिय च्याम्पियन
–राष्ट्रिय खेलकुद महिला एकलमा तेस्रो
–राष्ट्रिय खेलकुद टिम इभेन्टमा रजत
–विश्व महिला टेबलटेनिस वरीयतामा ५१० सम्म पुग्न सफल
–स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०८० विजेता
–होङचाउ एसियन गेम्समा सहभागी
–दक्षिण कोरियामा भएको एसियन च्याम्पियन्सीपमा सहभागी ।
४. विप्लवलाल श्रेष्ठ (कराते)
–इन्डोनेसियाको जाकर्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा रजत
पदक जितेका
–त्यस लगत्तै चीनको हाङचउमा भएको १९ औं एसियाली खेलकुदमा दुई वाउट जित्न सफल
–गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा कुमितेको खुल्ला तौलतर्फ स्वर्ण विजेता
–पहिलो एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पियनसिपमा पनि स्वर्ण विजेता ।
५. रजनी श्रेष्ठ (शारिरिक सुगठन)
–शारिरिक सुगठन खेल पुरुष खेलाडीका लागि मात्र हो, भन्ने मान्यतालाई चिर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल ।
–सन् २०२३ मा इन्डोनेसियामा भएको एसियन बडी बिल्डिङ च्याम्पियनसिपकी स्वर्ण पदक विजेता ।
–सन् २०२३ मा नेपालमा भएको ५३औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा रजत र कांस्य पदक विजेता
–एसियन बडी बिल्डिङ २०२३ मा ५५ केजी तौलमाथि समूहमा स्वर्ण पदक विजेता
–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कांस्य पदक विजेता ।

Related

Previous Post

गौशाला-२६ को परिचय भन्दै तस्बिर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ

Next Post

जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन सितापाइलामा सञ्चालन

Sambridinews

Sambridinews

Related Posts

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
Next Post
जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन सितापाइलामा सञ्चालन

जेके टायरको माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन सितापाइलामा सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाइ

खेलकुद मन्त्रीलाई राखेप कर्मचारी संघको बधाइ

बुधबार, साउन २, २०८१
भारत घुम्न जाने नेपालीले अर्को महिनादेखि क्युआरमार्फत् भुक्तानी गर्न पाउने

भारत घुम्न जाने नेपालीले अर्को महिनादेखि क्युआरमार्फत् भुक्तानी गर्न पाउने

मङ्लबार, मंसिर २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

मङ्लबार, साउन १२, २०८३
एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न
TOP STORIES

एआईको प्रभावकारी प्रयोगका विषयमा एकदिवसीय अभिमुखीकरण सम्पन्न

मङ्लबार, साउन १२, २०८३
नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’
FEATURED

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’

मङ्लबार, साउन १२, २०८३
सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध
FEATURED

सिरहामा प्रहरीको गोलीबाट युवकको मृत्यु भएको घटनाको विरोध: बालेन शाहको राजीनामा माग्दै राजमार्ग अवरुद्ध

मङ्लबार, साउन १२, २०८३
Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!
TOP STORIES

Nepal Volleyball League 2026 Men’s Auction Squads Finalized!

सोमवार, साउन ११, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In