Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एक महिने गुँला पर्व शुरु

Sambridinews by Sambridinews
बिहिबार, साउन ३२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
एक महिने गुँला पर्व शुरु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

श्रावण ३२,नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीवारदेखि शुरु भएको छ । 
नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । आजबाट शुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ । गुँला पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएपनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गर्दछन् । गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् । गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । सो अवसरमा स्वयम्भूमा पर्वमा सहभागी हुन पुग्नुभएका जेठुनारायण महर्जनले खेतीपाती सकेर मानिसहरु फुर्सद हुने र अन्य चाडवाडलाई पनि मध्यनजर गरी खुशीयाली साट्ने पर्व रहेको बताउनु भयो । उहाँले हरेक दिन अब एक महिनासम्म टोलटोलबाट बाजा लिएर चैत्य परिक्रमा गर्ने बताउनु भयो । यो पर्व एक महिनासम्म बुद्धको विशेष पूजा आराधना गरेर मनाउने गरिएको बताउनु भयो । 

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जाने गर्दछन् ।
 
You might also like

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

विद्यावाणी र एकलब्य फाइनलमा

Related

Previous Post

आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व र लगानीको वातावरण आवश्यक : केपी शर्मा ओली

Next Post

नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक

Sambridinews

Sambridinews

Related Posts

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

by Sambridinews
आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक

नेपालका स्थानीय सरकारहरुले सुलभ शौचालयको अभियानलाई अवलम्वन गर्न आवश्यकः स्व पाठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भ्रमपूर्ण अभिव्यक्तिहरू

भ्रमपूर्ण अभिव्यक्तिहरू

मङ्लबार, साउन ७, २०८२
समाजवादी मोर्चा घोषणा आज ३ बजे हुदै

समाजवादी मोर्चा घोषणा आज ३ बजे हुदै

सोमवार, असार ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

बिहिबार, फाल्गुन ७, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In