Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ

Sambridinews by Sambridinews
बुधबार, अशोज ३, २०८०
in TOP STORIES, अर्थ, मल्टिमिडिया, समाचार
0
Sparrow SMS अब रिब्रान्डिङ र नयाँ विशेषताका साथ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

असोज ३ , ,ललितपुर, नेपाल ,संचारको निरन्तर विकसित प्ररिदृश्यमा, Sparrow SMS एसएमएस सेवा प्रदान गर्दै विगत १३ वर्ष देखि स्थापित कम्पनी हो। सन् २०१० मा जब Sparrow SMS संचालनमा आयो, नेपाल निकै कठिन समयबाट गुज्रिरहेको थियो जसमा दैनिक १४- १८ घण्टा लोडशेडिङ, निरन्तर हडताल तथा नेपाल बन्द जस्ता कार्यक्रमहरुले दैनिक कार्य संचालनमा कठिनाई थियो। उक्त समयमा नेपालमा नगण्य रुपमा स्मार्टफोनको उपलब्धता थियो, साथै ईन्टरनेट पनि सीमित र एकदमै महँगो सेवा थियो। जसले गर्दा सजिलै सूचनाको पहुँचबाट धेरै बन्चित थिए। Sparrow SMS ले यसै कठिनाईलाई मध्यनजर गरी सूचनामा सजिलो पहुँच पुर्याउन SMS मार्फत सस्तो र भरपर्दो प्रविधि विकास गरी साना तथा ठूला व्यवसायी, सरकारी/गैरसरकारी निकायलाई सुलभ रुपमा सेवा उपलब्ध गराउँदै आएको छ।
Sparrow ले वैदेशिक रोजगार विभागसँगको सहकार्यमा सुरु गरेको वैदेशिक रोजगारीमा जानु अघिको श्रम स्वीकृतिको विवरण SMS मार्फत प्रमाणिकरण गर्ने प्रणालीले लाखौँ सोझासाझा वैदेशिक रोजगारीमा जाने कामदारलाई ठगीनबाट रोकेको छ। यो सेवा संचालनको सुरुवाती समयमा नै १० लाखभन्दा बढी विवरणहरु SMS मार्फत प्रमाणिकरण हुन आएको थियो। यस कारण यो प्रविधि Safe Migration का लागि क्रान्तिका रुपमा स्थापना भई Sparrow लाई दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड (mBillionth Award) समेत प्राप्त भएको छ।
त्यस्तै, Sparrow ले ल्याएको एसएमएसबाटै कालीमाटी तरकारी बजारको थोक मूल्य थाहा पाउन सकिने सुविधाले दुर्गम क्षेत्रका किसानलाई आफ्नो जिल्लाका थोक खरिदकर्ताहरूबाट आफ्नो उत्पादनका लागि राम्रो मूल्यमा सम्झौता गर्न पनि सहयोग पुगेको थियो।
Sparrow SMS द्वारा सुरु गरिएका केही अन्य उल्लेखनीय कामहरुमा एसएमएसमा लोडसेडिङ तालिका, एसएलसी/एसईई परिक्षाफल जाँच, मानव बेचबिखन जोखिम एसएमएस रिपोर्टिङ, एसएमएसमा-आधारित पशुपंक्षि व्यवस्थापन र रिपोर्टिङ प्रणाली, र स्कुले बालबालिकाको दिवा खाजा निगरानी प्लेटफर्म लगायत पर्छन्।
Sparrow SMS ले नेपालमा प्रतिवर्ष औसतमा २० करोड एसएमएस आदान प्रदान गर्दै आएको छ। नेपालमा २०७२ को भूकम्प गएको बेला Sparrow ले गुगल पर्सन फाइन्डर (Google Person Finder) सेवासँग सहकार्य गर्नुका साथै ओपन सोर्स प्लेटफर्म उशाहिदि (Usahidi) सँग नेपालमा भूकम्पको समयमा राहत सामग्रीको माग/आपूर्ति डाटा भिजुअलाइजेशनका लागि समेत सहकार्य गरेको थियो। यसले राहत सामग्रीको न्यायोचित वितरणमा एक हदसम्म सहयोग गरेको थियो। यसै सेवाका लागि Sparrow SMS गुगल बिजनेस ग्रुपको ग्लोबल स्टोरीटेलिङ कन्टेस्टका लागि शीर्ष ५ फाईनलिस्टमा परेको थियो र गुगलको टोलीले यस कार्यको डकुमेन्ट्री भिडियो खिच्न नेपाल भ्रमण समेत गरेको थियो। गुगलले तयार पारेको उक्त भिडियो यो लिङ्कमा हेर्न सकिन्छ।
यस १३ वर्षको अन्तरालमा समय बदलिएको छ। यसअघि धेरै सरकारी, गैर सरकारी तथा निजी संस्थाहरूसँग वेबसाइट पनि थिएन। आईसिटीमा राम्रो पहुँच थिएन र प्रविधिको सहि प्रयोग हुन सकेको थिएन। समयक्रमसँगै प्रविधिको विकास हुँदै जाँदा नयाँ व्यवसायहरु बजारमा स्थापित हुँदै गएका साथै निजी, सरकारी, गैर सरकारी सबै संघसंस्थाले SMS र यसको प्रयोगको बारेमा जानकारी राखेको हामीले पाएका छौँ। बैंकिङ कारोबारका लागि OTP प्रमाणित गर्न वा कुनै पनि कारोबार को अलर्ट पठाउन का लागि होस्, या सानो किराना व्यवसायको कुनै नयाँ सामानको प्रचार गर्न होस्, SMS ले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। साथै, यस अन्तरालमा नेपालमा शत प्रतिशत मोबाईल प्रयोगकर्ता, र ७० प्रतिशत भन्दा माथि स्मार्टफोन र ईन्टरनेट प्रयोगकर्ता रहेको तथ्याङ्कले बताउँछ। यस कारण आउँदो दिनहरुमा व्यवसायहरुलाई आफ्ना प्रयोगकर्ताहरुसँग संचार गर्न, सुचना आदान प्रदान गर्न वा आफ्नो सेवा र उत्पादन प्रचार गर्न एसएमएस लगायत अन्य माध्यमहरु निकै प्रभावकारी हुने Sparrow ले बुझेको छ।
यहि बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै Sparrow SMS ले आफ्ना एसएमएस सेवाका अतिरिक्त भ्वाइस र भाइबर बिजनेस मेसेजिङ सेवाहरू आफ्नो प्लाटफर्ममा जोडेको छ। यी सेवाहरूको बढ्दो मागलाई सम्बोधन गर्दै Sparrow SMS ले विश्वव्यापी स्तरमा एसएमएस र इन्टरप्राइज मेसेजिङ प्लेटफर्महरू सुरु गर्ने तयारी गरिरहेको छ। यस विस्तारको उद्देश्य Sparrow को प्लाटफर्मको दक्षता र विश्वसनीयता अब नेपालबाहिर र विश्वव्यापी प्रयोगकर्ताहरुमाझ पुर्याउनु हो।
किन रिब्रान्डिङ?
Sparrow SMS ले १३ वर्षभन्दा लामो समयदेखि नेपालमा अग्रणी एसएमएस सेवा प्रदायकको रूपमा आफ्नो स्थान कायम राखेको छ। पर्याप्त प्राविधिक विकास र सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट स्टार्टअप र व्यवसायहरुको विस्तारको सन्दर्भमा Sparrow SMS ले विभिन्न कम्युनीकेशन च्यानलहरू एकीकृत गर्न सक्षम ईन्टरप्राईज मेसेजिङ प्लाटफर्मको आवश्यकता महशुस गर्यो। यस अनुभूतिले हामीलाई एक परम्परागत एसएमएस सेवा प्रदायकबाट बृहत् ईन्टरप्राईज मेसेजिङ प्लाटफर्ममा रूपान्तरण गरी रिब्रान्डिङका साथ अगाडि बढ्न प्रेरित गर्यो। यस रिब्रान्डिङ पश्चात आफ्ना प्रयोगकर्ताहरू माझ आजको दिनमा आवश्यक कम्नुनिकेशनका टुलहरु मार्फत अझै स्तरीय सेवा प्रदान गर्ने विश्वास कम्पनीको रहेको छ।
प्रविधि र सञ्चारको द्रुत-गतिगतिमा भईरहेको विकासले मानिसका आनीबानीहरुमात्रै होईन व्यवसायहरु नै परिवर्तन गरिरहेको यस समयमा व्यवसायहरुले आफूलाई समय अनुसार ढाल्न सक्नु र आफ्नो अस्तित्व बचाईराख्नु आजको अपरिहार्य आवश्यकता हो। नयाँ लुक्स र सेवाहरुले Sparrow SMS को समय अनुसार उपयुक्त र आवश्यक सेवाहरु विस्तार गर्दै, प्रयोगकर्ताको चाहना बुझ्दै नवीनतम प्रविधि भित्र्याउने र थप परिष्कृत सेवा दिने प्रतिबद्धता देखाउँछ।
नयाँ के छ?
यस रिब्रान्डिङले Sparrow SMS र यसका प्रयोगकर्ताहरूलाई थप आकर्षक सेवाहरु प्रदान गर्नेछ। एउटा नयाँ र आकर्षक ब्रान्ड लुक्सले Sparrow SMS को एक ईन्टरप्राईज मेसेजिङ कम्पनीको रूपमा भएको रुपान्तरण प्रतिबिम्बित गर्नेछ। Sparrow को नयाँ लोगोले एसएमएस, भ्वाइस र इन्स्ट्यान्ट मेसेजिङमा स्पिड, दक्षता र विश्वसनीयतालाई प्रतिनिधित्व गर्दछ। साथै, नयाँ स्वरुपमा डिजाइन गरिएको वेबसाइटले आवश्यक जानकारी खोज्न र सेवाहरू प्रयोग गर्न सजिलो बनाउँछ। अपडेट गरिएका रंगहरूले व्यावसायिकता, विश्वास र नवीनता ल्याउँछ। Sparrow SMS को इन्टरप्राइजेज मेसेजिङ प्लेटफर्ममा भएको यस रिब्रान्डिङ पश्चात कम्पनी र संस्थाहरुले आफ्ना नवीनतम सञ्चार आवश्यकताहरू पूरा गर्नका लागि तयार पारिएका नयाँ र परिष्कृत सेवाहरुको अपेक्षा गर्न सक्छन्।
यस रूपान्तरण पश्चात कम्पनीले निम्न सेवा र विशेषताहरु ल्याउनेछ:
● मल्टि – च्यानल कम्युनीकेशन प्लेटफर्म
● नयाँ सेवाहरु: OTP, 2FA (दुई – चरणको प्रमाणीकरण), अन्तर्राष्ट्रिय एसएमएस, मिस्ड कल मार्केटिङ, च्याटबट सेवा आदी
● सरल ईन्टिग्रेसन र API सेवा
● सुदृढ र मजबुत डाटा सुरक्षा
● चौबिसै घण्टा उपलब्ध ग्राहक सेवा
यो रिब्रान्डिङले केवल बाहिर देखिने आवरण भन्दा अन्य धेरैथोक प्रतिनिधित्व गर्दछ; यसले Sparrow SMS को सेवामा रूपान्तरण र विकास, प्रयोगकर्ताको अनुभव सुधार्न र इन्टरप्राइज कम्युनीकेशनमा उत्कृष्टता हासिल गर्ने उद्देश्य रहेको साथै व्यवसायहरूको बदलिँदो संचार आवश्यकताहरूलाई पुर्ति गर्न सक्ने बृहत, प्रयोगकर्ताले रोजेअनुसारको र प्राविधिक रूपमा थप सशक्त ईन्टरप्राईजेज मेसेजिङ प्लाटफर्म प्रदान गरेर ईन्टरप्राईज मेसेजिङलाई माथि उठाउनु नै यस रिब्रान्डिङको मुख्य लक्ष्य रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाज्युले बताउनु भएको छ।
[रिब्रान्डिङ भिडियोको लिङ्क]

Related

Previous Post

National Basketball League असोज १२ देखि २७ गतेसम्म सन्चालन हुँदै

Next Post

सदस्य–सचिव घिसिङ चीन प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
सदस्य–सचिव घिसिङ चीन प्रस्थान

सदस्य–सचिव घिसिङ चीन प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपतिको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज

राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग

शनिबार, माघ २८, २०७९
चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

बुधबार, असार ११, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३
“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 
TOP STORIES

“Experience Life with CG” : सिजी ब्रान्ड द्वारा दशैंतिहार लक्षित महायोजना “भरोसा नेपालीको, 

मङ्लबार, अशोज ६, २०८३
पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै
TOP STORIES

पोखरामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल हुँदै

मङ्लबार, अशोज ६, २०८३
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In