काठमाडौँ, कात्तिक १५ , फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा TM1 विद्युतीय व्यावसायिक सवारी साधन हस्तान्तरण गरेको छ। एम ए डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि. (MAW Vridhi Commercial Vehicles Pvt. Ltd.) अन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारी साधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारी साधन हस्तान्तरण गरेको हो।
“Together Towards Greener Future” नारासहित आयोजित हस्तान्तरण कार्यक्रमले दुवै संस्थाको वातावरणमैत्री यातायात प्रणालीको विकास र दिगो व्यावसायिक अभ्यासप्रतिको साझा प्रतिबद्धतालाई दर्शाएको छ।
भाटभटेनी सुपरमार्केटले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा विद्युतीय सवारी साधन समावेश गर्नुले व्यवसाय सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकता दिएको देखाउँछ। कम्पनीका अनुसार फोटोन TM1 विद्युतीय सवारी साधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्न सक्छ।
एम ए डब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारी साधनको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले भन्नुभयो, “भाटभटेनीजस्तो लाखौँ नेपालीको विश्वास जित्न सफल संस्थासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। १४ वटा फोटोन TM1 विद्युतीय सवारी साधनको हस्तान्तरण व्यावसायिक उपलब्धि मात्र नभई दिगो यातायातप्रतिको बढ्दो विश्वासको उदाहरण पनि हो। नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारी साधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो।”
त्यसैगरी, कार्यक्रममा बोल्दै भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारी साधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताउनुभयो।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ। सञ्चालन खर्च न्यूनीकरण र वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारी साधन प्रभावकारी विकल्प बन्दै गएका छन्।
यस हस्तान्तरणसँगै फोटोन मोटर्स नेपालले नेपालको विद्युतीय व्यावसायिक सवारी साधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ। साथै, नेपाली व्यवसायलाई आवश्यक आधुनिक, भरपर्दो र वातावरणमैत्री यातायात समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।















