Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

Sambridinews by Sambridinews
बिहिबार, असार ३२, २०८३
in TOP STORIES, समाचार, स्वास्थ्य
0
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे

ललितपुर । ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। बाँकेको कोहलपुर निवासी ५९ वर्षीय एक पुरुषलाई उनकी ३७ वर्षीया छोरीले कलेजो दान गरेपछि सफल शल्यक्रियामार्फत नयाँ जीवन प्राप्त भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार वि.सं. २०८३ असार १५ गते सम्पन्न भएको प्रत्यारोपणपछि दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको छ। उपचार सफल भएपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अस्पतालले यस घटनालाई आधुनिक चिकित्सा विज्ञानसँगै पारिवारिक प्रेम, त्याग र समर्पणको प्रेरणादायी उदाहरणका रूपमा व्याख्या गरेको छ।
यस सफलतासँगै किस्ट ट्रान्सप्लान्ट सेन्टरले निजी स्वास्थ्य क्षेत्रमा आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण सम्पन्न गर्दै नेपालको प्रत्यारोपण सेवामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। अत्याधुनिक पूर्वाधार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणाली, अनुभवी प्रत्यारोपण विशेषज्ञहरूको टोली तथा बहुविशेषज्ञीय उपचार प्रणालीका कारण अस्पताल प्रत्यारोपण सेवामा विश्वासिलो गन्तव्यका रूपमा स्थापित हुँदै गएको अस्पतालको भनाइ छ।
किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले यस सफल प्रत्यारोपणले नेपालमै विश्वस्तरीय प्रत्यारोपण सेवा उपलब्ध गराउन सकिने तथ्यलाई पुनः प्रमाणित गरेको बताए। उनले भने, “छोरीले आफ्नो बाबुलाई कलेजो दान गरेर नयाँ जीवन दिएको यो घटना केवल चिकित्सकीय सफलता मात्र होइन, मानवता, प्रेम र त्यागको अनुपम उदाहरण पनि हो। किस्ट शिक्षण अस्पताल अत्याधुनिक प्रविधि, दक्ष विशेषज्ञ र समर्पित स्वास्थ्यकर्मीको माध्यमबाट नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रत्यारोपण सेवा प्रदान गर्न प्रतिबद्ध छ। आगामी दिनमा अझ धेरै बिरामीलाई स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउने हाम्रो लक्ष्य छ।”
अस्पताल व्यवस्थापनले यस सफल प्रत्यारोपणमा संलग्न प्रत्यारोपण विशेषज्ञ, बेहोस पार्ने चिकित्सक, नर्सिङ टोली, सघन उपचार कक्ष, प्रयोगशाला, रक्त बैंक तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेको छ। साथै, आफ्नो जीवनको अमूल्य अंश दान गरेर बाबुलाई नयाँ जीवन दिने छोरीको साहस, प्रेम र मानवताप्रतिको समर्पण सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेको छ।
किस्ट शिक्षण अस्पतालले भविष्यमा पनि अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ तथा विश्वस्तरीय उपचार सेवामार्फत नेपालमै सुरक्षित, गुणस्तरीय र सहज पहुँचयोग्य कलेजो तथा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्दै स्वास्थ्य सेवामा उत्कृष्टताको यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Related

Previous Post

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

Sambridinews

Sambridinews

Related Posts

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

by Sambridinews
बिहिबार, असार ३२, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, असार ३२, २०८३
हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे
FEATURED

हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे

by Sambridinews
बिहिबार, असार ३२, २०८३
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा
TOP STORIES

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

by Sambridinews
बुधबार, असार ३१, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

by Sambridinews
बुधबार, असार ३१, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

ग्लोबल आईएमई बैंकको वित्तीय सूचकमा गिरावट

सोमवार, साउन २१, २०८१
अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपतिको विमान कब्जा

अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपतिको विमान कब्जा

मङ्लबार, भदौ १८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण
TOP STORIES

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

बिहिबार, असार ३२, २०८३
अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त
TOP STORIES

अन्नपूर्ण स्पाइकर किंग्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

बिहिबार, असार ३२, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

बिहिबार, असार ३२, २०८३
हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे
FEATURED

हिंस्रक ध्रुवेकाे दाह्रा काटियाे

बिहिबार, असार ३२, २०८३
एमालेले संसद् अवरुद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो : रास्वपा
TOP STORIES

केटाकेटी पाराले सरकार नचल्ने मनिस झाकाे अभिव्यक्ति

बुधबार, असार ३१, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
FEATURED

महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत बासबीच भेटवार्ता नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

बुधबार, असार ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In