Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

सरकारकै कारण देशमा असाधारण परिस्थिति बनेकाे अग्नि सापकाेटाकाे आरोप

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २६, २०८१
in राजनीति
0
सभामुख सापकोटाद्वारा प्रतिनिधि सभा सदस्य उम्मेदवार नबन्ने घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा माओवादी केन्द्रले देशमा राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पार्ने र हटाउने समेतको प्रयास गरिरहेको भनिएका बेला माओवादीले यस्तो बताएको हो ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारकै कारण देशमा असाधारण परिस्थिति बन्दै गएको बताए । 

You might also like

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

वामपन्थी नेता प्रदीप नेपालको निधन

तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली

‘राम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ’, सापकोटाले भने, ‘यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’

उनले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको बताए । उनले संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताए । 

साथै माओवादीले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ । त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ । 

‘निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक र मन्त्रीहरू विज्ञलाई बनाउनुपर्छ भन्न जनमत बनाउनुपर्छ’, सापकोटाको भनाइ छ । 

माओवादीले एकपछि अर्को जनहितविरुद्धका निर्णय गरिरहेको भन्दै पहिलो र दोस्रो पार्टी मिलेर बनेको सरकार अधिनायकवादी तानाशाहीतर्फ जाँदैछ भनेर पार्टीले भनेको अहिले आएर पुष्टि भइरहेको उनले दाबी गरे । 

साथै सापकोटाले कीर्तिपुरको जग्गा दान लिने एमालेको निर्णय र अदालतले फैसलाबाट पनि एमाले र कांग्रेसको नियत प्रस्ट भएको बताए । ‘राष्ट्रियताको सवाल पेचिलो र जटिल बनेको छ । लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको छ त्यसैले हामीले देशव्यापी खबरदारी सभा गर्ने तयारी गरेका छौँ’, सापकोटाको भनाइ छ ।

Related

Previous Post

बागलुङमा भएको जिप दुर्घटनामा चालक सहित पाचजनाको मृत्यु

Next Post

एमालेलाई दिने भनिएको जग्गा मिनबहादुरले ल्याए भाटभटेनीको नाममा

Sambridinews

Sambridinews

Related Posts

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन
राजनीति

वामपन्थी नेता प्रदीप नेपालको निधन

by Sambridinews
मङ्लबार, बैशाख २३, २०८२
तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली
FEATURED

तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली

by Sambridinews
बुधबार, बैशाख १७, २०८२
नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन
राजनीति

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

by Sambridinews
सोमवार, बैशाख ८, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

सरकार सुस्त गतिमा हुँदा समस्या निम्तियाे : गगन थापा

by Sambridinews
मङ्लबार, बैशाख २, २०८२
Next Post
भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

एमालेलाई दिने भनिएको जग्गा मिनबहादुरले ल्याए भाटभटेनीको नाममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बुधबार, कार्तिक २, २०७९
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ

नेपाल प्रहरीले इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ

बिहिबार, पुस ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.