Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा हुने व्यवस्था बदल्नुपर्ने गगन थापाकाे भनाइ

Sambridinews by Sambridinews
शनिबार, माघ २८, २०७९
in राजनीति
0
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिकहरुको सुरक्षासम्बन्धी कार्यविधि बदल्नुपर्ने बताएका छन् । उनले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा पुर्‍याउन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।

शनिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्,  ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’

You might also like

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको बताए । ‘संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनले भनेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । थापाले उक्त घटनाको दोषीलाई कारबाही गर्नुपर्ने भनी सार्वजनिक रुपमा उठेको मागलई सरकाले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

गगन थापाले के लेखेका छन् पढ्नुहोस् : 

हिजो राष्ट्रपतिको सवारीमा क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद छ। दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनपर्छ ।

विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ।यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ।

१) विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्‍याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ।

२) निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।र म आफ्नो ठाउँबाट यसको लागि सक्दो पहलकदमी लिनेछु र पालन गर्ने/गराउने कुरामा प्रतिबद्ध रहने छु।

राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ ।यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ।

Related

Previous Post

नेकपा माओबादीको जनबाद कहा रोकियो ?

Next Post

खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई आशय पत्र बुझायो

Sambridinews

Sambridinews

Related Posts

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न
TOP STORIES

समयमा बजेट ल्याउन नसक्ने काठमाडौं महानगरको कार्यक्षमतामा प्रश्न

by Sambridinews
मङ्लबार, असार १०, २०८२
बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी
FEATURED

बालुवाटारमा सत्तापक्षीय दलहरुको बैठक जारी

by Sambridinews
मङ्लबार, असार १०, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

by Sambridinews
बिहिबार, असार ५, २०८२
Next Post
खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई आशय पत्र बुझायो

खेलकुद विश्वविद्यालय कार्यदलले राखेपलाई आशय पत्र बुझायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

आज र भोली गर्मी बढ्ने

आज र भोली गर्मी बढ्ने

सोमवार, जेष्ठ २७, २०८२
कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

बिहिबार, असार १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.