भोजराज घिमिरे
कार्ल माक्सको क्रान्ति बिज्ञान सबै किसिमका बर्गीय र सामाजिक शोषणको अन्त्य गरी समतामूलक पुर्ण प्रजातान्त्रिक श्रम प्रधान न्यायिक बैज्ञानिक समाजवादी समाज निर्माणको लक्ष्यबाट निर्देशित क्रान्तिकारी बैज्ञानिक दृष्टिकोण हो ।
माओत्सेतुङको नेतृत्वमा शरदवाली बिद्रोहमा भाग लिने समुह अक्टोबर सन १९२७ मा हुनानको च्याङसी सीमान्त भुभागको चिङकाङ सान पहाडतिर अगाडि बढ्यो र त्यहाँ प्रथम क्रान्तिकारी आधार शिबिर स्थापना गर्याे । अप्रैल सन १९२८ मा चुतेहको नेतृत्वमा रहेको सेना माओत्सेतुङले नेतृत्व गरेको सैन्य बलसित एकताबद्धताको घोषणा गरे पश्चात चिनियाँ मजदुर तथा किसानहरूको चौथो लालसेनाको गठन भएको थियो ।
माओकै शैलीमा ग्रामीण क्षेत्रमा आफ्नो आधार इलाका निर्माण गर्दे सहर केन्द्रीत सशस्त्र क्रान्ति गर्ने भन्दै २०५२ साल कार्तिक महिनामा गोरखाको धुवाकोटमा पार्टी केन्द्र बैठकले निर्णय गर्याे । यसअघि बैधानिक मोर्चा सयुक्त जनमोर्चा नेपालको आयोजनामा देशका विभिन्न स्थानमा आमसभाहरु सम्पन्न भइसकेका थिए ।
गोरखा बैठकबाट नेकपा माओवादीले बैचारिक आर्थिक सैन्य तयारी गर्याे । २०५२ साल मघ २१ गते सयुक्त जनमोर्चा नेपाल मार्फत नेकपा माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सुत्रिय मागपत्र पेस गर्याे । सो मागपत्रमा अधिकांश मागहरु राष्ट्रियतासंग सम्बन्धित थिए ।
मागपत्रका बारेमा २०५२ साल फाल्गुन ५ गतेसम्म सरकारका तर्फबाट कुनै सकरात्मक पहल नभए पछि राज्यसत्ताका बिरुद्धमा सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत थियो । तर ती ४० बुदे मागहरुका सन्दर्भमा देउवा सरकारले सकरात्मक पहल गर्न सक्ने हैसियत नै थिएन यसमा राजतन्त्र सम्बन्धि बिषय पनि समावेश थियो । यसको जवाफमा २०५२ साल फाल्गुन १ गतेबाट नेकपा माओवादीले ‘बिद्रोह जनताको अधिकार हो, जनयुद्ध जिन्दावाद, प्रतिक्रियावादी राज्यसत्ता मुर्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद, माक्सवाद लेनिनवाद माओवाद जिन्दावाद, भन्ने उदघोषका साथ जनयुद्ध शुरु भएको घोषणा गर्याे ।
पार्टी केन्द्रीय समितिका तर्फबाट एक प्रेस बिज्ञप्ति जारि गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न नहुदाँसम्म जनयुद्ध जारी रहने उदघोषका साथ सशस्त्र संघर्ष थालनी गरेको नेकपा माओवादीले १० बर्षे सशस्त्र जनयुद्ध १२ बुदे तत्कालीन संसदवादी सातदल सँग भारतको नयाँ दिल्लीमा सम्झौता भएसँगै सान्तिपुर्ण निर्वाचनबाट समाजवादको स्थापना गर्ने भन्दै निर्वाचनमा भाग लिएका पुष्पकमल दाहाल ।
मोहन वैद्यले नेतृत्व गरेको (मशाल ) पार्टीको पहिलो कम्युनिस्ट सशस्त्र क्रान्तिको शुरुमै गल्ती भएर उहाँको दल समस्यामा पर्याे । २०४२ साल चैत्र महिनामा सशस्त्र आन्दोलनको थालनीका रुपमा विभिन्न प्रहरी पोष्टमा आक्रमण गरेर त्रिपुरेश्वर स्थित राजा त्रिभुवनको शालिकमा कालो मोसो दलेर शुरु गरेको सो आन्दोलन नराम्ररी असफल भयो ।
मशालका धेरै कार्यकर्ता पक्राउ पनि परे असफल सेक्टरकाण्डबाट पार्टीले कारबाही स्वरुप तत्कालीन महासचिव किरण वैद्यलाई परिवर्तन गरेर पुष्पकमल दाहाल (प्रचण्ड ) लाई पार्टीको नेतृत्व (महासचिव ) सुम्पियो । तिनै कमरेड प्रचण्डको नेतृत्वले नेपालमा १० बर्षे सशस्त्र जनयुद्धको थालनी भएको थियो ।जनयुद्धले एउटा राजसंस्था अन्त्य र धर्म निरपेक्षसहितको संघिय लोकतान्त्रीक गणतान्त्रिक ब्यवस्था स्थापना गर्नु बहेक सर्वहारा बर्गको अधिनायकत्व, बर्गबिहिन सामाजिक ब्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच बन्धुत्वको भावना र कम्युज्मलाई समाजमा स्थापित गर्न सकेन ।
पुष्पकमल दाहाल पनि नेपालका अन्य संसदवादी नेताहरु जस्तै ब्याक्तीमुखी हुन पुगे । यसले गर्दा सिमित व्यक्ती त सम्पन्न भए तर समंग्र देश समृद्धि हुनसकेन । जबसम्म देशका दल र दलका अगुवाहरू राष्ट्रमुखी जनमुखी हुदैनन् ति बिदेशीका भरिया मात्रै हुन्छन् । देशको राजनैतिक परिस्थितिको निकास कहिले निस्कन सक्दैन । पुष्पकमल दाहालज्यू माक्सवादी ब्यवहारिक भएन र त्यसमा हेरफेर वा संशोधन गर्नु पर्याे भन्ने पहिलो ब्याक्ती जर्मनीकै कम्युनिस्ट एवं कार्ल माक्सका शिष्य बर्नस्टिन थिए ।
तपाईं नेतृत्वदलकै नेताहरुले भोली कम्युनिस्ट माक्सवादी लेनिनवादी र माओ विचार सान्दर्भिक भएन अब पुँजीवादी दलमा यसलाई रुपान्तरण गरौ भन्ने कहिकसैले मुद्दा पार्टी भित्र उठाए भने के गर्ने अध्यक्ष प्रचण्ड ज्यु ? लेनिनले त बर्नस्टिनको संशोधनवादलाई मजदुर र कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादी बिचार अर्थात माक्सवादमाथि विश्वासघात भनेका थिए । तपाई चै के भन्ने ?