नेकपा (एमाले)ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति मार्फत पार्टीका उम्मेदवारहरूको नाम सार्वजनिक गर्नुभएको छ । सो अनुसार एमालेले निर्वाचन हुन गइरहेका राष्ट्रिय सभाका सबै (१९वटै) सदस्यका लागि उम्मेदबार तय गरेको छ । राष्ट्रिय सभा सदस्यका उम्मेदवारहरूमा कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी), बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट धु्रवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) हुनुहुन्छ । त्यसैगरी, लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) हुनुहुन्छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: