साउन १२, भक्तपुर । सूर्यविनायक नगरपालिका २ नम्बर वडा कार्यालयले निःशुल्क आँखा शिविर गर्ने भएको छ ।
लायन्स क्लब अफ काठमाडौं, वन्डर वमनको आयोजनामा तिलगंगा आखा अस्पतालको प्राविधिक सहयोग र सूर्यविनायक नगरपालिका २ नम्बर वडा कार्यालयको समन्वयमा
एकदिने आँखा शिविर राख्न लागिएकाे हाे ।
साउन १४ गते बुधबार हुने आँखा शिविर बालकोटस्थित महेन्द्र शान्ति मावि स्कुलमा विहान ९ देखि २ बजेसम्म हुने जनाइएको छ ।
शिविरमा निःशुल्क आँखा परिक्षण तथा मधुमेह भएका व्यक्तिको आँखा परिक्षण , मोतिबिन्दुका विरामीको पहिचान गरी निःशुल्क शल्यक्रियाका लागि रेफर गरिने
जनाइएको छ । यस्तै विरामीका लागि निःशुल्क चस्ममा उपलब्ध गराइनुका साथै जेष्ठ नगरिकलाई विशेष प्राथमिकता दिएर आँखा परिक्षण गरिने सुर्यविनायक
नगरपालिका २ नम्बर वडाले जनाएको छ ।
