काठमाडौँ । अमेरिकी सरकारले नेपालमा कार्यान्वयनमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई निरन्तरता दिने निर्णय गरेको छ ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको जानकारी अर्थमन्त्रालयले दिएको हो ।
सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनवरी २०, २०२५ को कार्यकारी आदेशानुसार पुनरावलोकनका लागि स्थगन भएकोमा एमसीसीको जुलाई २४, २०२५ को पत्रबाट उक्त पुनरावलोकन कार्य समाप्त भएको र नेपालको कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको जानकारी प्राप्त भएको जनाएको हो ।
