Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई

Sambridinews by Sambridinews
शनिबार, चैत्र ८, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ र स्वस्तिकालाई
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ


९ चैत, काठमाडौं । तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।
पुरुषतर्फ च्याम्पियन तेन्जिङ राईले समग्रमा १८०५ अंक जोडे । बोल्डरमा १ हजार अंक स्कोर गरेका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडेपनि समग्रमा धेरै अंक जोडेर च्याम्पियन बने ।
यस्तै पेम्बा छेवाङ शेर्पा राई १६९० अंक स्कोर गर्दै दोस्रो भए । पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए । तर लिडमा १ हजार अंक जोडेपछि उनले समग्रमा दोस्रो धेरै अंक जोडेर दोस्रो बनेका हुन् ।
रोनक उप्रेती तेस्रो भए । बोल्डरमा ८०५ अंक स्कोर गरेका रोनकले लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १४९५ अंक स्कोर गरेर तेस्रो भए
पुरुषतर्फ कूल १३ खेलाडी सहभागि भएका थिए । जसमा क्वालिफिकेसन राउण्डबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए ।
यसैगरी महिलातर्फ भने स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीमाथि हावी बनेकी थिइन् ।  
स्वस्तिकाले लिड र बोल्डर दुवैमा एक हजार अंक स्कोर गर्दै समग्रमा २ हजार स्कोर गर्दै च्याम्पियन बनेकी हुन् ।
यस्तै रुशा प्रधान दोस्रो र मनिषा बुढा मगर तेस्रो भए । रुशाले लिड र बोल्डरिङ दुवैमा समा ८०५ अंक स्कोर गर्दै समग्रमा १६१० अंक स्कोर गरिन् । यस्तै मनिषाले दुवै विधा समान ६९० स्कोर गर्दै १३८० अंक जोडिनन् ।
महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगर गरी ६ खेलाडीले मात्र सहभागि जनाएका थिए ।
महिला र पुरुषको च्याम्पियन दुवैले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै दोस्रो भएका खेलाडीले नगद ३० हजार र तेस्रो भएका खेलाडीले २० हजार प्राप्त गरे ।
६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप आयोजना भएको हो । यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो । त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा लामो समय च्याम्पियनसिप हुन सकेको थियो ।
अहिले संघमा नयाँ टिम आएपछि पहिलो पटक च्याम्पियनसिप आयोजना भएको हो । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका कार्यवाहक अध्यक्ष रमेश पौडेलले लामो समयपछि च्याम्पियनसिप आयोजना गर्न सफल भएको र यो सुरुवात भएको बताए ।
‘हाम्रो टिम र स्पोनसरको साथ र सहयोगले पहिलो पटक च्याम्पियनसिप सम्पन्न गरेका छौँ । यो सुरुवात मात्र हो । हाम्रो लक्ष्य भनेको नेपाली क्लाइम्बिङ स्पोर्टका खेलाडीहरुलाई ओलम्पिकसम्म पुर्‍याउने हो ।’ पौडेलले भने ।
नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिप आयोजना भएपछि अब अन्य खेलाडीहरुका लागि समेत अवसर हुने उनले बताए ।
यस्तै अब हरेक वर्ष नेसनल च्याम्पियनसिप गर्ने र नयाँ खेलाडीहरु समेत यसमा आकर्षित हुने र पर्यटन पर्बर्धन र साहसिक खेलकुदमा समेत यसले टेवा पुर्‍याउने पौडेलले दावी गरे ।
यस्तै प्रदेश खेलकुद विकास परिषद बागमतीका सदस्य सचिव दिपक लामाले क्लाइम्बिङ स्पोर्टमा सहयवग गर्न बागमती प्रदेश तयार रहेको र यसको सम्भावना धेरै रहेको बताए ।

Related

Previous Post

नागरिक संस्थाको अधिकार कुण्ठित हुनेगरी कानुन बन्नलागेकाे भन्दै सरोकारवाला चिन्तित

Next Post

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

Sambridinews

Sambridinews

Related Posts

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
आज हरिशयनी एकादशी
TOP STORIES

आज हरिशयनी एकादशी

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पत्रकर त्रिभुवन पौडेलको हवाई दुर्घटनामा मृत्य ; महासंघले १३ दिनसम्म शोकसभा बाहेकका कुनैपनि औपचारिक कार्यक्रम नगर्ने

पत्रकार त्रिभुवन पौडेलको स्मिृतिमा अक्षयकोष स्थापना

सोमवार, माघ ९, २०७९
हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह

हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह

शनिबार, मंसिर २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.