- भोजराज घिमिरे
नेपाली कम्युनिस्ट आन्दोलनको दौरानमा अनेक किसिमको विशेषताहरु देखिए । नेपाल कम्युनिस्ट पार्टी ( चौम) ले देङ स्याओपिङको चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको खुलेरै बिरोध गर्दथे ।
त्यसैगरी रसियन लाईनको नेकपा (माले) एमालेले कुनै बेला निकिता खुश्चेभको राष्ट्रिय प्रजातन्त्रको लाईनलाई खुश्चेभ प्रवृत्ति भन्दै कटु आलोचना गर्थे । मिखायल गोर्वाचोभ र बोरिस निकोलायभिच येल्टसिन (सन् १९३१–२००७) को त कुरै नगरौं सबैको टाउको दुखाइको विषय थियोे । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको कटु आलोचना गरेर नथाक्ने हाम्रो देशका उग्र क्रान्तिकारी कम्युनिस्टहरुको त्यो क्रान्तिकारीपना अहिले कहाँ गयो ?
देङ स्याओपिङले सन् ८० को दशकको अन्त्य र ९० को दशकको आरम्भमा आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमहरुलाई दृष्टिगत गरि देङ स्याओपिङले पार्टीका वरिष्ठ नेताहरूका अगाडि भन्नुभयो । ‘मुसा मार्ने काम बिरालोको हो, सेतो बिरालोले मारोस कि कालो बिरालोले मारोस’ ।
देश बिकास गर्न आर्थिक बिकासलाई मुख्य आधार मान्ने हो । सुधार तथा खुल्लापनको नीति लिने वा बन्द समाजमा राखेर उत्पादनमा जोड दिने, जसरी देश विकास सम्भव हुन्छ त्यसैगरी अघिबढ्ने देङ स्याओपिङको भनाइ हो । यो भनाइलाई तत्कालीन (चौम ) ले बिरोध गर्दथे ।
त्यसैगरी सन् १९५३ मा जोसेफ स्टालिको निधन भएपछि सोभियत सत्तामा उदाएका निकिता खुश्चेभ, सोभियत संघका कम्युनिस्टहरुले उनलाई स्टालिनको सच्चा अनुयायीका रुपमा बुझे ।
आफ्ना वक्तब्यहरुमा खुश्चेभले स्टालिनको बिरोध गर्नुको अर्थ सोभियत समाजवादको सम्पुर्ण प्रगति र सिङ्गो मुलुकको बिरोध हो भन्नसम्म पछि नपर्ने नेता थिए । तर भित्रभित्रै कम्युनिस्ट आन्दोलनको सम्पुर्ण भुमिकाबाट स्टालिनलाई निषेध गर्ने अभियानको षड्यन्त्रमा सक्रिय थिए ।
सन् १९५६ मा सम्पन्न पार्टीको बिसौ महाधिवेशनमा खुश्चेभले दलमा प्रस्तुत गरेको एउटा गोप्य दस्तावेजमा स्टालिनलाई तथानाम गालीगरेको दस्तावेज लिक भएको थियोे । त्यसमा स्टालिनलाई जुवाडे, तानाशाह, डाँका सम्म भन्न भ्याएका थिए ।
सन् १९५६ मा हङगेरी सोभियत संघको प्रभावबाट अलग हुने प्रयन्त गर्दा त्यहाँका प्रधानमन्त्रीलाई झुणडाएर मार्ने देखि सन् १९६८ मा चेकोस्लाभियाले सोभियत संघबाट स्वतन्त्र हुन खोज्दा सैनिक हस्तक्षेप गरेर दमन गर्ने जस्ता निति अख्तियार गरे । खुश्चेभको यो भुमिकाका कारण बिश्व कम्युनिस्ट आन्दोलन आन्तरिक बिवाद अन्तरसङघर्षमा फस्न पुगेको पनि हो ।
चीन र अल्बानियाको कम्युनिस्ट पार्टीले खुश्चेभ लाईनका बिरुद्ध बिरोध जनाएका थिए । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवादको जग बसाल्ने काम निकिता खुश्चेभबाट भएको हुँदा उनको, यहाँ बिरोध र आलोचना हुने गर्दथ्यो ।
खुश्चेभ नीतिको प्रभावले नेपाली कम्युनिस्ट आन्दोलन दुई चिरामा विभाजन भएको थियोे । विस २०१९ साल बैसाख ४ गतेदेखि १५ गतेसम्म चलेको तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्य र पुष्पलाल श्रेष्ठबीचको अन्तरसङघर्ष पनि सोभियत संघको खुश्चेभ लाइन र चीनको माओ नेतृत्वको नयाँ जनवादी क्रान्तिको लाईनले अलगअलग बाटो तय गरेको थियोे । खुश्चेभ र देङ स्याओपिङ प्रवृत्तिको विरोध गर्ने सत्ताप्रेमी नेपाली नेताहरूले वर्तमान नेपालको यो विषम प्रस्थितिलाई मध्यनजर गर्दे किन नजरअन्दाज गरिरहेका छन् ?
दुई जर्मनी छुट्याउने बर्लिन पर्खाल र सोभियत संघको समाजवादी व्यवस्था ढलेसँगै विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेपनि जनता अझै कम्युनिस्ट माक्र्सवादी आन्दोलनप्रति आसावादी भएको देखिन्छ । तर, देङ स्याओपिङ र निकिता खुश्चेभको नीतिलाई लिएर गाली गर्ने नेताहरू नै बोरिस निकोलायभिच येल्टसिनको पथ र पदमा जाँदा समेत अझै किन सचेत हुनसकेका छैनन् ?