काठमाडाैं । चट्याङ लागेर सिन्धुलीमा शनिबार दिउँसो एकजनाको मृत्यु भएको छ ।
मरिण गाउँपालिका-७ महेश्वता नजिक मरिणखोला बगरमा गाईवस्तु चराउँदै गरेका स्थानीय ६५ वर्षीय चन्द्रबहादुर माझीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी सिन्धुलीले जनाएको छ ।
चट्याङ लागेर चिन्ताजनक अवस्थामा रहेका माझीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा मृत्यु भएको जनाइएकाे छ ।