Wednesday, July 2, 2025
Date
बुध, असार १८, २०८२
Wed, July 2, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गाडी सिक्ने क्रममा पालिका अध्यक्षले दुर्घटना गराएको गाडीको मर्मत खर्च पालिकाको बजेटबाट

Sambridinews by Sambridinews
बिहिबार, पुस २६, २०८०
in FEATURED, TOP STORIES
0
गाडी सिक्ने क्रममा पालिका अध्यक्षले दुर्घटना गराएको गाडीको मर्मत खर्च पालिकाको बजेटबाट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २६, काठमाडाैं । गाडी सिक्ने क्रममा दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च गाउँपालिकाको बजेटबाट तिर्ने निर्णय भएको छ।

पालिका अध्यक्ष मोक्तानले आफूले प्रयोग गर्दै आएको प्रदेश ३–०१, ००२ झ ५१०६ नम्बरको गाडी सिक्ने क्रममा गत १ कात्तिक दुर्घटना गराएका थिए। उक्त गाडी दुर्घटनापछि मर्मतका लागि राजधानी पठाइएको थियो।

You might also like

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

गाडी मर्मतमा पाँच लाख ५६ हजार ६ सय ३ रुपैयाँको बिल गाउँपालिकामा पेस गरिएको छ। बिलअनुसारको रकम गाउँपालिकाले नै भुक्तानी गर्ने गाउँपालिकाको बैठकले निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष मोक्तानले शक्तिको दुरुपयोग गर्दै पालिकामा सरकारी तलब दिएर चालक भर्ना गरिए पनि अध्यक्ष मोक्तानलाई गाडीको मोह लागेसँगै आफैँले पार्किङ स्थलबाट गाडी झिकेर टोकरपुरको स्वास्थ्य चौकी क्षेत्र घुमाएर पुनः पालिकाको पार्किङ स्थानमा राखेका थिए। 

पुनः अध्यक्षले पार्किङ स्थलबाट गाडी झिकेर निकाल्न खोज्दा अकस्मात् एक्सिलेटर दाभ्दा गाडी उछिल्टिएर कान्लामा जोतिन पुगेको थियो। दुर्घटनामा अध्यक्ष सकुसल भए पनि गाडीको अघिल्लो भागमा क्षति पुगेको थियो। 

सवारीचालक अनुमतिपत्र नै नभएका अध्यक्ष मोक्तानले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना गराएपछि उनको सामाजिक सञ्जालमार्फत चौतर्फी रूपमा विरोध भएको थियो। अध्यक्ष मोक्तानले आफ्नो शक्तिको दुरुपयोग गर्दै सरकारी गाडी दुर्घटना गराएको र उक्त गाडी मर्मत गर्दा हुने खर्च पालिका अध्यक्ष आफैँले व्यहोर्नुपर्ने माग नागरिकहरूले राखेका थिए। 

नागरिकहरूले गरेको विरोधको बेवास्ता गर्दै गाउँपालिकाले भने अध्यक्ष मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च पनि गाउँपालिकाकै कोषबाट खर्च गर्ने निर्णय गरेको छ। गाडी सिक्ने क्रममा भएको दुर्घटनापछि गाडी मर्मतको पैसा गाउँपालिका अध्यक्ष आफैँले व्यक्तिगत रूपमा तिर्नुपर्ने माग नागरिकको छ। 

Related

Previous Post

सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन

Next Post

दुर्घटना न्यूनिकरणका लागि काठमाडौंका सडकमा अत्याधुनिक क्यामरा जडान

Sambridinews

Sambridinews

Related Posts

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी
TOP STORIES

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

by Sambridinews
बुधबार, असार १८, २०८२
राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको
TOP STORIES

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

by Sambridinews
बुधबार, असार १८, २०८२
यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव
FEATURED

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

by Sambridinews
बुधबार, असार १८, २०८२
नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

by Sambridinews
मङ्लबार, असार १७, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

by Sambridinews
मङ्लबार, असार १७, २०८२
Next Post
दुर्घटना न्यूनिकरणका लागि काठमाडौंका सडकमा अत्याधुनिक क्यामरा जडान

दुर्घटना न्यूनिकरणका लागि काठमाडौंका सडकमा अत्याधुनिक क्यामरा जडान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

काभा यू–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो जित

शनिबार, साउन ५, २०८१
मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

मङ्लबार, जेष्ठ १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी
TOP STORIES

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

बुधबार, असार १८, २०८२
राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको
TOP STORIES

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

बुधबार, असार १८, २०८२
यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव
FEATURED

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

बुधबार, असार १८, २०८२
नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

मङ्लबार, असार १७, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

मङ्लबार, असार १७, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

मङ्लबार, असार १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.