अर्ली चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (इसीइटीए) को आयोजनामा १२ औं किन्डर ओलम्पिक लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबारदेखि सुरु भएको छ ।
किन्डर ओलम्पिकको युवा तथा खेलकुद पूर्व मन्त्री विराजभक्त श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा सहभागी विद्यार्थीले मार्च पास्ट गरेका थिए । मार्च पास्टको अगुवाइ ओलम्पियनद्वय बक्सिङका प्रवीण तुलाधर र मानबहादुर श्रेष्ठले गरेका थिए ।
पहिलो चरणको कार्यक्रममा १९ विद्यालयका ७ सय २० विद्यार्थीको सहभागिता रहेको इसीइटीएका सल्लाहकार केदारमान स्थापितले जनाएका छन् । विद्यार्थीले कराते, उसु, जिम्न्याष्टिक र तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेका थिए । पहिलो चरणका सहभागीलाई इसीइटीएकी अध्यक्ष विना शर्मा, विश्व शारीरिक सुगठनकी रजत विजेता रजनी श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
दोश्रो चरणको कार्यक्रम पुस १० र तेश्रो माघ २७ गते सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमै हुनेछ । ‘जित्नु भन्दा सहभागिता महत्पूर्ण छ’ भन्ने उद्देश्यसाथ आयोजना गरिएको किन्डर ओलम्पिकको तेश्रो चरणसम्म विभिन्न ३८ विद्यालयका ३ देखि ६ वर्षसम्मका १ हजार ८ सय भन्दा बढी बालबालिकाको सहभागी हुने आयोजकले जनाएको छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: