काठमाडौं । आप्रवासन नीति र भिसा नीतिमा कडाइ गरिरहेको संयुक्त राज्य अमेरिकाले फेरि कडा नियमको घोषणा गरेको छ ।
ह्वाइट हाउसमा आयोजित मिडिया ब्रिफिङका अनुसार ३० दिनभन्दा बढी अमेरिकामा उपस्थित भएका सबै विदेशी नागरिकले आफूलाई संघीय सरकारमा दर्ता गर्नुपर्नेछ ।
अमेरिकामा ३० दिनभन्दा लामो समय भ्रमण गर्ने व्यक्तिले त्यसरी फेडेरल सरकारमा दर्ता नगरेमा त्यसलाई दण्डनीय अपराध मानिने र जरिवाना समेत भराइने राष्ट्रपति ट्रम्पकी प्रेस सेक्रेटरी क्यारोलिन लिभिटले जानकारी दिइन् ।
दर्ता नगरी अमेरिकामा घुम्नेलाई जेल सजाय, जरिवानामात्र होइन पक्राउ गरेर कहिल्यै अमेरिकामा फर्किन नपाउनेगरी डिपोर्ट गरिने समेत चेतावनी दिइएको छ ।
यसअघी अमेरिकी भिसा लागेका व्यक्ति भिसा अवभिर बस्ने पाउने व्यवस्था रहेको थियो ।