Saturday, August 16, 2025
Date
शनि, साउन ३२, २०८२
Sat, August 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

Sambridinews by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
in TOP STORIES, मल्टिमिडिया, शिक्षा, समाचार
0
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यमा केन्द्रित विचारमूलक प्यानल छलफल सम्पन्न भएको छ । कलेजको अडिटोरियममा आज आयोजित उक्त छलफलमा विज्ञहरूले सञ्चार क्षेत्रका बदलिंदो स्वरूपबारे गहिरो सोच र संवादको आवश्यकता औँल्याएका छन् ।

कलेजको पत्रकारीता विभागअन्तर्गतको सञ्चार अध्ययन केन्द्र (सिएस्सी) को आयोजनामा कार्यक्रम दुई महत्वपूर्ण सत्रमा सम्पन्न भयो ।

You might also like

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

पहिलो सत्र “फ्रिडम अफ एक्सप्रेसन भर्सेस राइट टु प्राइभेसी” शीर्षकमा केन्द्रित थियो, जसको सहजीकरण विद्यार्थी सुप्रिया राईले गर्नुभयो । डिजिटल युगमा अभिव्यक्तिको अधिकार र व्यक्तिगत गोपनीयताको सन्तुलनबारे वक्ताहरूले विविध धारणा राखेका थिए ।

क्यानडाको ओट्टावा विश्वविद्यालयमा पत्रकारिता प्राध्यापन गरिरहनु भएका प्रा. भानुभक्त आचार्यले अभिव्यक्ति स्वतन्त्रताको नीतिगत र व्यावहारिक पाटोबारे बताउनुभयो । डिजिटल मिडिया फाउन्डेसनका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले समावेशी डिजिटल वातावरण, साइबर स्पेसमा व्यक्तिको अधिकार, डाटा ब्रिच र सुरक्षाको विषयमा प्रकाश पार्नुभयो ।

पूर्व पत्रकार तथा अधिवक्ता पवित्रा राउतले डिजिटल अधिकारसम्बन्धी कानुनी पक्षबारे महत्वपूर्ण विचार प्रस्तुत गर्नुभयो भने मिडिया अनुसन्धानकर्ता तथा परामर्शदाता उमेश पोखरेलले अन्तर्राष्ट्रिय सन्दर्भमा सञ्चार स्वतन्त्रता र सूचनाको पहुँचबारे चर्चा गर्नुभयो । साथै, सामाजिक सञ्जालमा देखिएको नकारात्मक ट्रेन्ड र कन्टेन्टको नाममा भइरहेको गैर–जिम्मेवार अभ्यासबारे पनि छलफल भएको थियो ।

त्यसैगरी दोस्रो सत्रमा “इज जर्नलिजम डायिङ ? फ्युट्चर अफ जर्नलिजम इन नेपाल” शीर्षकमा गहन बहस भयो । विद्यार्थी दया दूदराजले सहजीकरण गर्नुभएको उक्त सत्रमा वरिष्ठ सञ्चारकर्मी तथा प्राध्यापकहरूले नेपालमा पत्रकारिताको वर्तमान अवस्था, विश्वसनीयताको संकट, र प्रविधिले ल्याएका अवसर/चुनौतीहरूबारे विचार प्रस्तुत गर्नुभयो ।

देशसञ्चारका प्रधान सम्पादक युवराज घिमिरे, नेपाल अनुसन्धान तथा पत्रकारिता केन्द्र (निमजिन) का प्रमुख सम्पादक रजनेश भण्डारी, पत्रकार बिनु सुवेदी, र त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक लेखनाथ पाण्डेले बजार व्यवस्थापन, सोसल मिडियामा प्रकाशित हुने मिस/डिसइनफर्मेसन, तथा दक्ष पत्रकार उत्पादनमा कक्षाकोठा र समाचार कक्षबीचको दूरी घटाउने उपायबारे बहस गर्नुभयो ।

कलेज प्रमुख डा. बाबुराम अधिकारीका अनुसार यस्ता कार्यक्रमले विद्यार्थी, प्राध्यापक र सञ्चारकर्मीहरूलाई विचार आदानप्रदान गर्न र जिम्मेवार पत्रकारिताको दिशा तय गर्न सहयोग पुर्‍याएको छ ।

कार्यक्रमका सहजकर्ता एवम् पत्रकारिता विभागका सदस्य सुनिल पौडेलले सञ्चार र अभिव्यक्तिका संवेदनशील पक्षहरूमा गम्भीर बहसको थालनी गर्दै युवा पुस्तालाई सूचित र सचेत बनाउने उद्देश्य सफल भएको बताउनुभयो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख तारा प्रसाद गौतम (प्रशासन), प्रज्वलमान श्रेष्ठ (शैक्षिक), मदन भण्डारी मेमोरियल माविका प्रिन्सिपल कमल न्यौपाने, पत्रकारिता विभाग प्रमुख यामबहादुर दूरा, विभिन्न विभागीय प्रमुखहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो ।

दुवै सत्रमा सहभागीहरूले सक्रियताका साथ प्रश्नोत्तर सत्रमा भाग लिएका थिए ।

Related

Previous Post

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

Next Post

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

Sambridinews

Sambridinews

Related Posts

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

by Sambridinews
शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

by Sambridinews
शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

by Sambridinews
शुक्रबार, साउन ३१, २०८२
Next Post
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मध्यस्थता सम्बन्धित पाँच दिने तालिम शुरु

मध्यस्थता सम्बन्धित पाँच दिने तालिम शुरु

बुधबार, चैत्र २१, २०८०
विश्वभरि नै अंग्रेजी नयाँ वर्ष २०२४ को भव्य स्वागत

विश्वभरि नै अंग्रेजी नयाँ वर्ष २०२४ को भव्य स्वागत

सोमवार, पुस १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

देशका धेरै स्थानबाट मनसुन बाहिरीयो : पश्चिमी वायुकाे प्रभावले बुधबारसम्म वर्षाकाे सम्भावना
TOP STORIES

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, साउन ३२, २०८२
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै
TOP STORIES

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

शनिबार, साउन ३२, २०८२
माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
TOP STORIES

माफ फुटसल गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन

शुक्रबार, साउन ३१, २०८२
रूस र युक्रेन बिचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई अग्रह
TOP STORIES

वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर

शुक्रबार, साउन ३१, २०८२
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट
TOP STORIES

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रबार, साउन ३१, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम
TOP STORIES

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

शुक्रबार, साउन ३१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.