Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

२०२२ सालअघिदेखि हकभोग गरिरहेका जग्गाधनीलाइ जग्गा दर्ता गर्ने माैक्का

Sambridinews by Sambridinews
बिहिबार, माघ ४, २०८०
in FEATURED, स्थानीय तह
0
२०२२ सालअघिदेखि हकभोग गरिरहेका जग्गाधनीलाइ जग्गा दर्ता गर्ने माैक्का
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

४ माघ, काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘नाप नक्सा भएको जग्गा दर्ता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने म्याद यो सूचना प्रकाशित भएको मितिले दुई वर्ष र कार्यालयमा यसअघि नै निवेदन गरी फर्स्योट हुन बाँकी पुराना प्रतिवेदनहरु फस्यौंट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष हुने गरी तोकिएको छ ।’

You might also like

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

मालपोत नियमावली, २०३६ को नियम ४(क)मा ‘दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्नुपर्ने’ व्यवस्था छ । उक्त नियममा नापनक्सा भएको तर दर्ता गर्नमात्रै छुट भएको जग्गा दर्ता गर्न पाउने व्यवस्था छ । त्यसका लागि सरकारले राजपत्रमा सूचना निकाली म्याद तोकिदिनुपर्छ । त्यही प्रक्रियाका लागि मन्त्रिपरिषदले राजपत्रमा सूचना निकाल्ने निर्णय गरेको हो । यो निर्णयपछि अब मन्त्रालयले छुट जग्गा दर्ताका लागि राजपत्रमा सूचना निकाल्नेछ ।

के छ प्रक्रिया ?

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार  छुट जग्गा दर्ता भनिएपनि जो कोहीले जस्तोसुकै जग्गा दर्ता गर्न पाउने होइन ।

‘२०२२ सालअघि आफ्नो हकभोग रहेको र जोताहाको निस्सा भएका जग्गाधनीहरुले मात्रै जग्गा दर्ता छुट भएको औचित्य पुष्टि गरी दिएको निवेदनमाथि कारवाही हुने हो’ उनले भने, ‘निवेदन परेपछि लामो प्रक्रिया पार गरेर त्यो जग्गाका वारेमा जाँचबुझ हुन्छ, साँच्चै नै त्यो जग्गा उक्त व्यक्तिको भोगचलन रहेको तर केही कारणले दर्ता गर्न छुट भएको रहेछ भने मात्रै छुट दर्ताको निर्णय हुने हो ।’

भूमि व्यवस्थापन तथा अभिलेख विभागका पूर्व महानिर्देशक पद्मनिधी सोतीका अनुसार, २०६६ सालदेखि २०७१ सालसम्म करिव ४ वर्ष छुट जग्गा दर्ता खुला गरिएको थियो । त्यसपछि बन्द भएको प्रक्रिया करिव एक दशकपछि खुलेको उनी बताउछन् ।

‘सामान्यतया नागरिकको सम्पत्ति जोडिएको विषय भएकाले छुट जग्गा दर्ताको विषयलाई यति लामो समय रोकेर राख्नु उचित थिएन, जायज निवेदन नियमित रुपमा नै सम्बोधन हुनुपर्ने थियो’ उनी भन्छन्, ‘तर कानूनमा नै सूचना निकालेपछि मात्रै प्रक्रिया अघि बढाउन मिल्ने भनेकाले अहिले फेरि सरकारले सूचना निकाल्न स्विकृती दिएको देखिन्छ ।’

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार, २०२२ सालअघि जग्गाको लगत त्यतिबेला गाँउबस्तीका मुखिया÷जिम्मुबालको साथमा हुन्थ्यो । जनताले उनीहरुलाई नै तिरो बुझाउँथे र त्यो बापत भर्पाइ पाउथे ।

‘मुखिया/जिम्मुवालको साथमा रहेको त्यतिबेलाको लगत अहिले मालपोत कार्यालयमा छ, आवेदन दर्ता हुनासाथ त्यहाँको लगत भिडाउने काम हुन्छ’ उनी भन्छन्, ‘भोगचलन भइआएको, तिरो तिरेको र अरु प्रमाणहरु समेत हेरेर मात्रै छुट जग्गा दर्ताको निर्णय हुन्छ ।’

छुट दर्ताका लागि आवेदन आएपछि मालपोत कार्यालयले मागदावी गर्न आउने ३५ दिने सूचना निकाल्नुपर्छ । त्यसपछि स्थानीय तह अनि सँधियारहरुसँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार गर्नुपर्छ । झाडी, बुट्यान देखिएको जग्गामा वन कार्यालय अनि नदि र खोला किनाराको जग्गामा भू संरक्षण कार्यालयको सहमती लिनुपर्छ । त्यसपछि तयार हुने प्रतिवेदन जग्गा दर्ता समितिमा पेश हुनुपर्छ ।

प्रमुख मालपोत अधिकृतको संयोजकत्वमा गठन हुने समितिमा नापी कार्यालयका प्रमुख र मालपोत कार्यालयका बरिष्ठ अधिकृत सदस्य हुन्छन् ।

पूर्वमहानिर्देशक पदमनिधी सोतीका अनुसार, यो अवधिमा विभिन्न तहका अदालतबाट छुट जग्गा दर्ता गरिदिनू भनी कैयौ आदेश र फैसलाहरु भए पनि कार्यान्वयन हुन पाएका थिएनन् । त्यस्ता फैसला कार्यान्वयन पनि यही प्रक्रिया अनुसार नै हुने उनी बताउछन् ।

उनी भन्छन्, ‘जग्गाको लगत, तिरो तिरेको प्रमाण र भोगचलनको औचित्य पुष्टि गरेर मात्रै जग्गा दर्ताको निर्णय हुने प्रक्रिया छ । आवेदन दिएकै भरमा जुनसुकै जग्गा दर्ता हुने होइन ।’

Related

Previous Post

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

Next Post

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र  गल्ली म्याप्सबीच सहकार्य 

Sambridinews

Sambridinews

Related Posts

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

by Sambridinews
आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

by Sambridinews
शनिबार, कार्तिक १५, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
Next Post
डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र  गल्ली म्याप्सबीच सहकार्य 

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र  गल्ली म्याप्सबीच सहकार्य 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशियाद्वारा लोक बाजा अंकित नयाँ वर्ष २०८३ को क्यालेण्डर सार्वजनिक

एनआईसी एशियाद्वारा लोक बाजा अंकित नयाँ वर्ष २०८३ को क्यालेण्डर सार्वजनिक

मङ्लबार, चैत्र १७, २०८२
मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी हुदै

मातातीर्थ क्षेत्रमा ५० वर्षअघि खिचिएका तस्बिरहरूको प्रदर्शनी हुदै

शुक्रबार, चैत्र ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
TOP STORIES

तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई

आइतवार, कार्तिक १६, २०८३
बाघ भैरव टिम च्याम्पियन
TOP STORIES

बाघ भैरव टिम च्याम्पियन

आइतवार, कार्तिक १६, २०८३
फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण
TOP STORIES

फोटोनका १४ वटा विद्युतीय सवारी साधन (TM1 Pickup) भाटभटेनी सुपरमार्केटलाई हस्तान्तरण

आइतवार, कार्तिक १६, २०८३
आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने
FEATURED

आगामी मंसीर १७ देखि भृकुटीमण्डपमा ११औँ ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (NITF २०८३)’ हुने

आइतवार, कार्तिक १६, २०८३
KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
FEATURED

KENT का आधुनिक इलेक्ट्रिक वाटर हिटरः नवीन प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन

आइतवार, कार्तिक १६, २०८३
प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In