Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१२ कक्षाको बिदाइ : अब खाँडीमा भेटौला

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १०, २०७९
in FEATURED
0
१२ कक्षाको बिदाइ : अब खाँडीमा भेटौला
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक सञ्जालमा केहिदिन ‘खाडीमा भेटौला’, ‘ बैदेशिक यात्रा सफल रहोस’ जस्ता शुभकामना सन्देश लेखिएका तस्विर भाइरल छन् ।

सामान्यतया विद्यालयको बिदाइ सन्देशमा भविष्यको शुभकामना दिइन्छ गरिन्छ । भक्तपुरको बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले आफ्नो साथीको सर्टमा लेखेको सन्देश यतिबेला भाइरल बनेको छ, ‘खाडीमा भेटौंला।’

You might also like

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

बुधबार भक्तपुरको बागेश्वरी माविका निराजन मैनालीले विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा आफ्ना साथीको पिठ्यूँमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका हुन्। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यो विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’

‘पार्ट टाइम’ काम गरेर पढ्दै आएका मैनालीले आफूले योभन्दा बढी पढ्न नसक्ने बताए। ‘काम गर्दाको अनुभव र मुलुकको अवस्था देखेर यहाँ टिक्न सकिन्न भन्ने लाग्यो,’ उनले भने, ‘अब बाहिर जाने तयारीमा लाग्छु।’ सानो उमेरदेखि बैंकमा काम गर्ने सपना पालेका मैनालीले त्यो सपना पनि पूरा नहुने देखेर बाहिर जान लागेको सुनाए।

त्यस्तै धारणा राखे निरज तामाङले पनि। साथीले आफ्नो सर्टमा खाडीमा भेटौंला भनेर लेखे पनि पहिलो प्राथमिकता भनेको भाषा पढेर जापान अथवा कोरिया जाने रहेको उनले सुनाए। सिन्धुपाल्चोक बलेफीका निरजले सुरुमा पढ्ने क्रममा सफ्टवेयर इन्जिनियर बन्ने सपना पालेका थिए। ‘सानामा देखेका सपना हराउँदै जाँदा रहेछन्,’ उनले भने, ‘अहिले त कसरी हुन्छ विदेश जाने भन्ने मनमा आएको छ।’ यहाँ बसेर पढाइलाई निरन्तरता दिन नसकिने भएपछि बाहिर जाने सोचले जितेको उनले सुनाए।

ललितपुर गोदावरीका विशन नगरकोटीको सपना वकिल बन्ने थियो। तर अहिले उनको सपना फेरिएको छ। उनी पनि वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। साथीले सर्टमा कोरिया यात्राको सफलताको कामना गरेको छ,’ उनले भने, ‘सके कोरिया जोने हो, नसके खाडी मुलुक त छँदैछ।’ विदेश जाने रहरभन्दा पनि बाध्यता रहेको उनले बताए।

त्यस्तै रामेछापका राजन मानन्धर पनि १२ पछि विदेश जाने सोचमा रहेको सुनाउँछन्। उनको सर्टमा विशन नगरकोटीले ‘वैदेशिक यात्रा’को शुभकामना लेखेका हुन्। ‘मन लागे पनि नलागे पनि बिदेसिनु हाम्रो बाध्यता हो,’ मानन्धर भन्छन्, ‘त्यसैले बिदाइको समयमा सबैले सफल यात्राको शुभकामना लेखे।’ यी बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको छ। धेरैले यसलाई नेपाली समाजको तितो यथार्थता भनेका छन्। ‘यो प्लस टुपछि सबै विद्यार्थीको दिमागमा चल्ने तरंग हो,’ सामाजिक सञ्जालमा अजय श्रेष्ठले लेखेका छन्, ‘यो नेपालको दुःखद यथार्थता पनि हो।’

परिस्थितिमा फेरबदल नभए केही दिनमै उनीहरू पनि मुलुकबाट दैनिक बाहिरिने झन्डै २ हजार नेपालीको भिडमा मिसिनेछन्। मुलुकमा काम गर्ने वातावरण नहुँदा बाहिरिने भिड झनै बढ्नेछ। राजनीतिक अस्थिरताले काम गर्ने वातावरण खस्कँदै जानु, औद्योगिक वातावरण बन्न नसक्नु, सरकारी कामकाजमा ढिलासुस्ती हुनु, युवा स्वरोजगारबारे सरकार गम्भीर नहुनु लगायत कारणले बिदेसिने युवाको लर्कोमा कमी आउन सकेको छैन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकमा फागुनमा मात्र कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली बिदेसिएको देखिन्छ।

वैदेशिक रोजगार नेपालीको बाध्यताको उपज रहेको वैदेशिक रोजगार विज्ञ समाजशास्त्री डा. गणेश गुरुङ बताउँछन्। अहिलेसम्म पनि वैदेशिक रोजगारलाई केवल विकल्पका रूपमा राखेर सरकारले देशभित्रै रोजगारका अवसरहरू दिन नसक्नु दुःखद रहेको उनी बताउँछन्।

यसले वैदेशिक रोजगारीका लागि युवा जनशक्ति पलायन निरन्तर बढेको उनको बुझाइ छ। वैदेशिक रोजगारीमा गएकालाई रोक्ने र फर्काउने ‘सिस्टम’ तयार नहुनु दुर्भाग्यपूर्ण छ। समाजशास्त्री कृष्णबहादुर भट्टचन राज्य ‘सिस्टम’मा नचलेका कारण देशमै रोजगारी गर्न चाहने युवा टिक्न नसकेको बताउँछन्। काम गर्न खोज्दा प्रशासनिक झमेला र विभिन्न बहाना देखाएर अप्ठेरोमा पार्ने प्रवृत्तिका कारण युवा बिदेसिन बाध्य भएको उनको बुझाइ छ। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। तर उनीहरू फर्केर यहाँ केही गर्नेभन्दा पनि घर आएर फेरि उतै जाने क्रम बढ्दो छ।

हरेक नयाँ सरकार बन्नेबित्तिकै युवा नीति र रोजगारबारे चर्चा भइहाल्छ। युवा रोजगारका सहज वातावरण बनाउने प्रतिबद्धता वर्षौंदेखि आइरहेका छन्। तर आश्वासनले मात्रै परिवारको मुखमा माड लगाउन नसकिने भएकाले बिदेसिएका युवाहरू बताउँछन्। जनतालाई स्वदेशमै कसरी टिकाउनेभन्दा पनि आफू कसरी सत्तामा टिक्ने भन्ने नेताहरूको नियत भएसम्म सरकारप्रति जनताको विश्वास नरहने बारा बन्जरियाका रहमानले बताए।

‘स्वदेशमा बस्न नसकिने अवस्था भनेको सरकारप्रतिको चरम अविश्वास हो,’ अघिल्लो साता राजधानीबाट कतार उड्दै गरेका बारा बन्जरियाका रहमान अन्सारीले भने, ‘यो अविश्वासको मत बढ्यो भने अरू विश्वासको मतको कुनै काम रहँदैन।’

नाेट ; नागरिक दैनिकमा प्रकाशित: १० चैत्र २०७९ बाट साभार ।

Related

Previous Post

बागमती प्रदेश सभाको बैठक आज बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिने

Next Post

सांसद चन्द्र भण्डारी आफै हिड्न सक्ने भए

Sambridinews

Sambridinews

Related Posts

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

by Sambridinews
शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

by Sambridinews
शनिबार, अशोज २४, २०८३
पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन
FEATURED

पियोर इनर्जी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न, ३५.१ मिलियन युनिट स्वच्छ ऊर्जा उत्पादन

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित; प्रदीप ज्ञवाली पराजित

सांसद चन्द्र भण्डारी आफै हिड्न सक्ने भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उच्च अदालत पाटनले जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन आदेश

उच्च अदालत पाटनले जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन आदेश

शुक्रबार, अशोज १२, २०८०
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३
गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई
TOP STORIES

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In