Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सुरु भयो आठौ आइसिटी अवार्डको अनलाइन नोमिनेसन, यि हुन अवार्डका १३ विधाहरु

Sambridinews by Sambridinews
सोमवार, साउन १, २०८०
in FEATURED, TOP STORIES, मनोरञ्जन, समाचार
0
सुरु भयो आठौ आइसिटी अवार्डको अनलाइन नोमिनेसन, यि हुन अवार्डका १३ विधाहरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन १, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) आज साउन १ गतेदेखि सुरु भएको छ ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आइसिटी अवार्ड’मा यस वर्ष थप एक विधा सहित १३ विधाहरुमा नोमिनेसन खुल्ला गरिएको छ । प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गतवर्षदेखि दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ एसिया आइसिटी अवार्ड पनि सञ्चालनमा रहेको छ ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वषर् परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्नेगरी ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन’ पनि सुरु गरेको छ । यि वाहेक यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तगर्त स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन । व्यत्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डहरुमा, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुल्ला गरिएको छ ।
सस्थागत विधाहरुमा डिजिटल एजुकेशन आइसिटीअवार्ड९पब्लिक सेक्टर०, डिजिटल एजुकेशन आइसिटी अवार्ड९प्राइवेट सेक्टर०, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ विधाहरु रहेका छन । यसैगरी साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनमा पनि नोमिनेसन खुल्ला गरिएको छ । यि सम्पुर्ण विधाहरुमा अफिसियल वेबसाइट धधध।ष्अतबधबचम।यचन मार्फत अनलाइन नोमिनेशन दर्ता गर्न सकिने आयोजक समितीका अध्यक्ष राजन लम्सालले बताए । आफु स्वंम वा अन्य कोहिले सम्वन्धित व्यत्ति, कम्पनी वा सस्थाको सम्पुर्ण विवरण उल्लेख गरेर नोमिनेशन दर्ता गर्न सकिनेछ । नोमिनेशन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ ।
आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकले दाबी गरेको छ । भदौदेखि सञ्चालन हुने अवार्डको छनौट प्रकृयाको लागि विभिन्न २५ चरणमा जुरी समितीको मिटिङ तथा प्रिजेन्टेशन सेसनहरु सञ्चालन हुनेछन । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरुमा उत्कृष्ट १० प्रतिस्प्रधीको टेलिभिजन शो पनि प्रशारण हुनेछ ।
सातै प्रदेशमा गएर आयोजकले स्थानिय स्टार्टअपहरु खोज्दै हरेक प्रदेशका उत्कृष्ट ५ स्टार्टअप तथा आइडियाहरुलाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरु पनि सञ्चालन गर्नेछ । यसैगरी एकमहिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौंमा प्रि९इभेन्टको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए ।
अवार्ड छनौट प्रकृयाको क्रममा, सर्वोत्कृष्ट छनौटको लागि जुरी समितीले सम्वन्धित सस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययन समेत गर्नेछ । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिहरु सहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यत्तिहरु रहेका छन । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका लगायतका देशहरुबाट विज्ञ जुरी समिति मार्फत छनौट प्रकृया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्प्रधीहरु ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन ।
गत वर्ष २३ डिसेम्बरमा, एक हजारभन्दाबढिको प्रत्यक्ष सहभागितामा द सोल्टी काठमाडौंमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले सम्पन्न भएको थियो । सातौ संस्करणमा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप र जुरी मेन्सन सम्मान सहित अन्य १३ विधामा आइसिटी अवार्ड २०२२ प्रदान गरिएको थियो । सन् २०१६ देखि हालसम्मका विजेता, सम्पुर्ण कार्यक्रम र नोमिनेसनबारे सम्पुर्ण जानकारी वेबसाइट धधध।ष्अतबधबचम।यचन मा समावेश गरिएको छ ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।
गतवर्ष माइक्रोसफ्ट, ह्वावे, एनसेल र नेपाल टेलिकमले विजेताहरुलाई आकर्षक अफर र सुविधाहरु पनि प्रदान गरेका थिए । यस वर्ष अवार्ड विजेताहरुलाई अझ धेरै पुरस्कारसहित कार्यक्रम भब्य र परिस्कृत हुने आयोजकले जनाएको छ ।
यि हुन आइसिटी अवार्ड २०२३ का १३ विधाहरु आइसिटी अवार्ड २०२३ मा १३ विधामा अनलाइन नोमिनेशन खुल्ला गरिएको छ । यसैगरी सातै प्रदेशका स्थानिय स्टार्टअपहरुले पनि प्रदेशको उत्कृष्ट स्टार्टअपको सम्मान र निशुल्क बुटक्याम्प र मेन्टरिङ सेसनमा सहभागि हुनको आगि आवेदन खुल्ला गरिएकोे छ । नोमिनेशन दर्ता गर्न आधिकारिक वेबसाइट बउउथि।ष्अतबधबचम।यचन मा गएर गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउनुपर्नेछ । नोमिनेसनको अन्तिम मिति यहि साउन ३१ गते रहको छ ।
१। स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२। प्रडक्ट आइसिटी अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ । वि।स २०७९ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
३। राइजिङ स्टार एण्ड इन्नोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका यवाहरुको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इन्नोभेसन तथा प्रडक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।
४। प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड
यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड विधामा आइसिटी क्षेत्रसँग सम्वन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा आइसिटी प्रोफेसनलहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
५। पायोनियर आइसिटी अवार्ड
यो अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा नोमिनेशन दर्ता गर्न यस क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव आवश्यक पर्दछ ।
६। नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि आइसिटीको माध्यमबाट देश र यस क्षेत्रमा पुर्याएको योगदानको आधारमा यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।
७। आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवाडर्, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेशनको लागि आइसिटी उद्यमीको रुपमा कम्तिमा ७ वर्षको अनुभव आवश्यक रहेको छ ।
८। वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले नोमिनेसन दर्ता गर्न सक्नुहुनेछ ।

९। डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड, आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
१०। डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
डिजिटल एजुकेशन आइसिटी अवार्ड आइसिटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणिय काम गरेका नीजि शैक्षिक संस्थाहरुले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
११। डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन ।
१२। डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइन मार्फत सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरूले सहभागिता जनाउन सक्नेछन ।
१३ साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड
यस विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रिलंका, मालदिभ्श, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरुले सहभागिता जनाउन सक्नेछन । ५ वर्षसम्मका स्टार्टअपहरुले यस विधामा नोमिनेशन दर्ता गर्न सकिनेछ ।

You might also like

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

Related

Previous Post

रास्वपाका उपसभापतिलाई एसएमएस मार्फत धम्कि दिने व्यक्ति पक्राउ

Next Post

रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

Sambridinews

Sambridinews

Related Posts

माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, अशोज ६, २०८३
Next Post
रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

इसाइ समुदायले आज ‘क्रिसमस डे’ पर्व मनाउदै

बुधबार, पुस १०, २०८१
यात्राबाट पहाडका समस्या र समाधानका लागि  ज्ञान प्राप्तः एमाले अध्यक्ष ओली

यात्राबाट पहाडका समस्या र समाधानका लागि  ज्ञान प्राप्तः एमाले अध्यक्ष ओली

बिहिबार, मंसिर २८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

माइतीघरमा जेनजी प्रदर्शनः भ्रष्टाचार, राजनीतिक बेथिति विरुद्ध गुञ्जियाे स्वर
FEATURED

जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा

मङ्लबार, अशोज ६, २०८३
राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह
TOP STORIES

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न सिजपको आग्रह

मङ्लबार, अशोज ६, २०८३
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
TOP STORIES

प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान

मङ्लबार, अशोज ६, २०८३
टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 
TOP STORIES

टीसीएलले ल्यायो दसैँ-तिहार विशेष योजना : क्यासब्याक र आकर्षक उपहार 

मङ्लबार, अशोज ६, २०८३
भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह
FEATURED

भोटेकोशी बाढी र डुबान: प्रभावित अटोमोबाइल व्यवसायीलाई क्षतिको विवरण बुझाउन नाडाको आग्रह

मङ्लबार, अशोज ६, २०८३
जीवनकाे गहिराइमा …
साहित्य / ब्लग

जीवनकाे गहिराइमा …

मङ्लबार, अशोज ६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In