काठमाडौं । सुनको फेरि नयाँ उचाईमा पुगेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ वृद्धि भई कीर्तिमानी उचाई बनाएको छ ।
आज सुनको भाउ तोलाको १ लाख ६७ हजार ४०० रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च हो । यसअघि गत बुधवार १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । तर, त्यो रेकर्ड तोड्दै हालसम्मकै महँगो बनेको छ । गत शुक्रबार भने १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको थियो ।
साताको पहिलो कारोबार दिन चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँ वृद्धि भई २ हजार ८५ रुपैयाँ पुगेको छ । गत शुक्रबार भने २ हजार ७० हजार रुपैयाँ कायम भई खरिदबिक्री भएको थियो ।