काठमाडौं । नेपाल डेरी योसोसियसन सिन्धुली शाखाले दुग्धजन्य पदार्थको मुल्य वृद्धि गरेको छ ।
सिन्धुली शाखाको २०७९ चैन ३० गते बसेको बैठकले २०८० साल बैशाख १ गतेदेखि लागुहुनेगरी दुग्धजन्य पदार्थमा मुल्य वृद्धि गरेको हो ।
शाखाको उक्त निर्णय अनुसार जिल्लामा अब स्ट्यान्डर दुध प्रति लिटर १०० रुपौया पर्ने छ भने होल दुधको मुल्य ११० रुपैया तोकेको छ ।
त्यस्तै, दहि (पहुच) १३० र (कप) लिटरमा १५० तोकेको छ । पनिर केजीको ९०० सय रुपैया पर्ने जनाएको छ ।