Saturday, May 10, 2025
Date
शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

सामन्तवादले धावा बोल्यो

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन १०, २०८१
in राजनीति, विचार
0
सामन्तवादले धावा बोल्यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डले वामपन्थी शक्तिहरू बटुलेर नयाँ दल बनाउने भएछन् । उनी माओवादी हैनन् । लोकतान्त्रिक गणतन्त्रलाई रणनीति बनाउने कोही पनि माओवादी होईनन् । उनको नेतृत्वको माओवादी पार्टी फुट्यो ।

प्रचण्डले माओवादी आन्दोलनको पुनर्गठन गर्ने भनेर लामो समयसम्म अन्तरसङ्घर्ष गर्नेहरूलाई पार्टी फुटाएको अभियोग लगाउन पछि परेनन् ।
उनीले बाबुरामको साथ लिएर कृतिम बहुमत र वैधानिकताका साथ माओवादी पार्टी फुटाएका थिए । उनले पार्टी फुटको दोष भने अरूलाई लगाउन छोडेका छैनन् ।

You might also like

वामपन्थी नेता प्रदीप नेपालको निधन

सम्झनामा कार्ल मार्क्स

तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली

उनले वामपन्थी समुहहरू बटुलेर एउटा शक्तिशाली दल बनाएर र त्यसलाई नेतृत्व लिएर सुधारवादी आन्दोलन अघि बढाउन सक्छन् । वर्तमान राजनीतिक व्यवस्थामा केही सुधार गर्नसक्छन् । उनीबाट श्रमजीवी सर्वहारा वर्गले देखेको समानता, स्वतन्त्रता, मुक्ति र न्याय खोजेको सवाल चाहिं असम्भव छ ।

तस्करी सत्ताद्रोह शाह वंशनास जनहत्या र नागरिक वेपत्ता पार्ने कुख्यातीको विश्व रेकर्ड बनाएर एक्लिएको निरङ्कुश तानाशाहा ज्ञानेन्द्रले गद्दी त्याग पछि आफ्नो ईच्छाले गरेजस्तो गरी वक्तव्य निकालेका छन् ।

कर्फुले पनि जनसागरलाई रोक्ननसकेर उनले जनताको नासो फिर्ता गरेको वक्तव्य निकालेको बिर्सिए झैं गर्दैछन् । हरेक तानाशाहाको स्वभाव उनमा पनि झल्केको देखियो । यो फट्याइँ हो । “समय आएको, साथ चाहियो, देश बचाउने हो भने“ जस्ता कुरा व्यवस्थाबिरुद्धको धम्की हो । उनी गैरसंवैधानिक बाटो रोज्छन् भने सुरक्षा सुविधा झिकेर उनीमाथि छानविन र उनका सम्पत्ति राष्ट्रिय ट्रस्टमा बनाएर राख्नुपर्छ ।

जनयुद्धको जगमा जनआन्दोलनले निरङ्कुश सामन्तवादलाई प्रतिक्रियावादी सत्ताको नेतृत्वबाट हटाएपछि माओवादी नेतृत्वले नयाँ नेपाल निर्माणको लागि नयाँ खाका बनाएर संसदवादी दलहरूबाट पनि स्वीकृत गराएपछि नयाँ खालको राजनीतिक सामाजिक आर्थिक साँस्कृतिक व्यवस्थाको साथमा भौतिक विकासको गुरुयोजना बनाएर देश अघि बढेको तथ्य सबका सामु छ ।

केपीहरू उबेला नेतृत्वमा थिएनन्, बरू झलनाथले अमुर्त नारा बनाएका थिए– समृद्ध नेपाल, सुखी नेपाली । केपीको यो राजनीतिक व्यवस्थाभित्र कुनै मुख्य जिम्मेवारी थिएन । सबैलाई थाहा छ, देशमा संझौताको राजनीति प्रभावी भएकाले वर्गीय समस्या समाधानमा आशा गरेजस्तो भएको छैन ।

भौतिक निर्माणमा उल्लेख्य प्रगति भएको देखिन्छ । भ्रष्टाचार नियन्त्रणमा खास प्रगति नभएकाले हुनुपर्नेजति अझै भएको छैन भन्न सकिन्छ । भएका काममा यो केपीका सपना भनेर हास्यास्पद कुरा गर्ने फन्टुसहरू देखिन थालेका छन् । काम गर्ने कालू मकै खाने भालु भन्ने उखान केपीमा चरितार्थ भएको छ ।

यो देशमा साम्राज्यवाद, विस्तारवाद र सामन्तवादले नचाहँदानचाहँदै जनयुद्ध भयो । त्यसको जगमा ऐतिहासिक जनआन्दोलन भयो ।

त्यसपछिको राजनीतिक सङ्क्रमणकाललाई प्रभावित पार्न ती देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू अराजकता फैलाउन, भ्रम सृजना गर्न, आफ्ना स्वार्थहरू संविधानमा सामेल गराउन, जनयुद्ध तथा जनआन्दोलनका लक्ष्यहरूलाई भत्काउन र राजनीतिक संक्रमणकालका नाममा लुटपाट गर्न धेरै लगानी गरे ।

उनीहरूको स्वार्थ अनुसार संविधानसभा भत्काए । क्रान्तिकारी शक्तिलाई भत्काएर त्यसपछि बनेको संविधानसभाबाट बनेको संविधान पनि चित्त बुझाएनन् । नाकाबन्दी, अराजकता र ज्ञानेन्द्रका चलखेलहरूले स्पष्ट पारेकै छन् ।

अहिले आएर साम्राज्यवादले आपत्तिजनक शब्द बोल्यो । पैसा खाने तर काम चाहिँ अर्कै गर्ने ठगहरू हौ भन्न भ्यायो । अनुदान कटौती गर्यो, अब ठगेको असुलउपरको लागि युरेनियमको खानी मुस्ताङ देऊ भन्न बेर छैन ।

विस्तारवादको रिस मरेको छैन । नेतृत्व र दलहरू किन्यो, फेरि स्थिति फर्किन्छ । कार्यकारि जो भए पनि शुरुमै पाउमोल्न बोलाउँथ्यो, अहिले कुनैलाई पनि वास्था गर्दैन ।

पुष्पकमल ङिच्च परेर फर्किएका थिए, झलनाथलाई वास्था नै गरेन, अहिले केपीलाई गनेकै छैन । आरजुमार्फत फकाउने केपीको प्रयास पनि काम लागेन । देउवा कुम्भमेलामा जाने, स्थिति सुधार्ने प्रयत्न पनि फेल भएछ ।

Related

Previous Post

आज कमलामाइका केही स्थानमा विद्युत अवरुद्ध हुने

Next Post

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

Sambridinews

Sambridinews

Related Posts

वामपन्थी नेता प्रदीप नेपालको निधन
राजनीति

वामपन्थी नेता प्रदीप नेपालको निधन

by Sambridinews
मङ्लबार, बैशाख २३, २०८२
सम्झनामा कार्ल मार्क्स
विचार

सम्झनामा कार्ल मार्क्स

by Sambridinews
सोमवार, बैशाख २२, २०८२
तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली
FEATURED

तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न – प्रधानमन्त्री ओली

by Sambridinews
बुधबार, बैशाख १७, २०८२
मन्डलेहरुलाई राजा चाहिएको छ !
TOP STORIES

मन्डलेहरुलाई राजा चाहिएको छ !

by Sambridinews
शनिबार, बैशाख १३, २०८२
नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन
राजनीति

नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्ष ; मतभेदबाट माथि उठेन

by Sambridinews
सोमवार, बैशाख ८, २०८२
Next Post
सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

सम्पत्ति शुद्धीकरणमा नेपाल फेरीपनि ग्रे लिष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कक्षा १२ को परीक्षा आवेदन खुला

कक्षा १२ को नतिजा सार्वजनिक : ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रबार, साउन १८, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुट

आइतवार, अशोज २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता
TOP STORIES

प्रधानमन्त्री खड्ग ओली र नेपालका लागि भारतीय राजदूतबिच भेटवार्ता

शुक्रबार, बैशाख २६, २०८२
नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न
FEATURED

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम कार्यक्रम सम्पन्न

शुक्रबार, बैशाख २६, २०८२
नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप
FEATURED

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

शुक्रबार, बैशाख २६, २०८२
भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध
FEATURED

भारत-पाकिस्तान तनावका बीच भारतमा केही सञ्चारमाध्यममाथि प्रतिबन्ध

शुक्रबार, बैशाख २६, २०८२
कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.