Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, October 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ २५, २०८०
in TOP STORIES
0
सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड दिएको बताउनुभएको छ ।

आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनका विषयमा अध्ययन तथा सम्वाद गरी सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रीको मिति २०७९ फागुन २६ को निर्णयानुसार गठित आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले राजनीतिक परिवर्तन, सूचना प्रविधिको विकाससँगै धेरै क्षेत्रमा परिवर्तन भए पनि आम सञ्चार क्षेत्रमा परिवर्तन आवश्यक देखेर आफूले मन्त्रालय सम्हालेलगत्तै कानुन निर्माणमा जोड दिएको बताउनुभयो ।

You might also like

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

गत फागुन २६ गते मन्त्रालयले वरिष्ठ पत्रकार डा. सुरेश आचार्यको संयोजकत्वमा आम सञ्चार सुधार सुझाव समिति गठन गरेको थियो । समितिले तीनवटा विधेयक, एउटा विधेयकमाथिको सुझाव र अन्य नीतिगत सुझाव समेटेर तयार पारेको प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री शर्माले मन्त्रालयले एक चरण अध्ययन गरेर विधेयकहरु प्रक्रियामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सार्वजनिक सेवा प्रसारण विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको जानकारी दिंदै उहाँले समितिले दिएको सुझावको आधारमा अन्य विधेयक अघि बढाउने बताउनुभयो ।

सञ्चार क्षेत्रको व्यवस्थापन र नियमन अन्य क्षेत्रको भन्दा फरक हुने र प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने भएकाले पत्रकारिता क्षेत्रकै विज्ञहरुलाई विधेयक मस्यौदामा सहयोग मागिएको पनि उहाँले जानकारी दिनुुभयो । ‘विगतमा सरकारले एउटा सोंचबाट कानुनको मस्यौदा गर्ने तर मुख्य सरोकारवालाहरुकै विमति रहने अवस्था पनि देखियो’– उहाँले भन्नुभयो– ‘अब त्यस्तो नहोस् र सबै कानुनहरुको पत्रकारिता क्षेत्रले स्वामित्व लिन सहज होस् भनेर जीवनको महत्वपूर्ण हिस्सा पत्रकारितामै समर्पण गरेका विज्ञ पत्रकारहरुलाई यो जिम्मा दिइएको हो, समयमै महत्वपूर्ण प्रतिवेदन तयार गरेकोमा धन्यवाद पनि भन्न चाहन्छु ।’ मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पनि प्रतिवेदन अध्ययन गरी चाँडोभन्दा चाँडो प्रक्रियामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समितिका संयोजक डा. आचार्यले समितिको २७ वटा बैठक र सरोकारवालासँगका चार वटा अन्तक्र्रियापछि प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । प्रतिवेदनमा नेपाल मिडिया काउन्सिल विधेयक, आम सञ्चार विधेयक र राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठानको मस्यौदा तथा सार्वजनिक सेवा प्रसारण विधेयकमाथिको सुझाव र आम सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि नीगित सुझावहरु समावेश गरिएको बताउनुभयो ।

Related

Previous Post

जलवायु न्यायका लागि मानव साङ्लोसहित प्रदर्शन

Next Post

निहुरो साग खादाका फाइदा

Sambridinews

Sambridinews

Related Posts

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
Next Post
निहुरो साग खादाका फाइदा

निहुरो साग खादाका फाइदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

आइतवार, कार्तिक १२, २०८०

दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सोमवार, माघ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

मङ्लबार, अशोज २०, २०८३
दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
FEATURED

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

मङ्लबार, अशोज २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In