काठमाडौं। शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको जनाइएकाे छ ।
एक मन्त्रीका अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।
मन्त्रिपरिषदको प्रशासनिक समितिबाट गएको प्रस्तावमा सेवाग्राहीको भीड हुने मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्नेवारे छलफल भएको हो ।