Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावितः निजी क्षेत्र

Sambridinews by Sambridinews
मङ्लबार, साउन ३०, २०८०
in FEATURED, TOP STORIES, TOP VIDEOS, अर्थ, समाचार
0
व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावितः निजी क्षेत्र
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ ।
 


काठमाडौं । साउन ३०,मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताए ।  उनीहरुले सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौति समाधान गर्नसके राजश्व परिचालन सुधार हुने विश्वास रहेको बताए । उनीहरुले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दर भन्दा दायरा बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले अझैपनि ४० प्रतिशत कारोबार अवैध माध्यमबाट भइरहेको बताउनु भयो । उहाँले सरकारले नागरिकतासँगै स्थाई लेखा नम्बर पनि वितरण गर्न माग गर्दै चोरी तस्करी नियन्त्रण गर्नसके राजस्व संकलन वृद्धि हुने बताउनु भयो । उहाँले राजश्व वृद्धि गर्नको लागि खुद्रा व्यापारीहरुलाई ५० लाखको थ्रेस होल्ड बढाएर १ करोड बनाउन माग गर्नुभयो । उहाँले सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने बताउनु भयो। 

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र गम्भिर समस्यामा रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउन काम गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र झनै गम्भिर मोडमा पुगेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षको अवस्था कस्तो छ भन्नेकुरा सबैलाई स्पष्ट रहेको भन्दै चालु आर्थिक वर्षको शुरुवातको अवस्थाको आभास व्यवसायीहरुले पाएको बताउनु भयो । उहाँले विगतमा दशैं तिहारमा व्यापार बढाउन एलसी खोल्ने, स्टक बढाउने काम व्यवसायीले गर्ने गरेको भएपनि यो वर्ष अर्थतन्त्र चलायमान हुन्छ र बजारमा माग बढ्छ भन्ने कसैलाई पनि अपेक्षा नभएको बताउनु भयो । उहाँले बजारमा आर्थिक गतिविधी नबढ्दासम्म राजश्व संकलन बढ्न नसक्ने उल्लेख गर्नुभयो । 

त्यस्तै,नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको मनोबल घटेको र लगानी गर्ने योजना स्थगित भएकाले राजश्व संकलन प्रभावित भएको बताउनु भयो। उहाँले सरकारले आयातमा आधारित राजश्व भन्दा पनि उत्पादनमा आधारित राजश्व संकलन गर्ने विषय प्राथमिकता राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

उहाँले उत्पादनमा आधारित राजश्व मात्रै दिगो हुने भन्दै लक्ष्य अनुसार राजश्व संकलन नहुँदा निजी क्षेत्रलाई कर्मचारीहरुले दबाब बढाउने गरेको गुनासो गर्नुभयो ।

Download Video

Niji chhertra.zip :To download file click here
 
 

Related

Previous Post

राजस्व अनुसन्धान विभागले समातेको सुन गाल्दा ६० किलो

Next Post

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई कारबाही गर्न माग 

बिहिबार, अशोज ११, २०८०
काठमाडौंमा बढ्न थाल्यो सवारी चाप (फोटो फिचर)

प्रदूषण जाँचपास विनाका सवारी साधन चलाए एक लाख रुपैयाँसम्म जरिवाना

बिहिबार, मंसिर २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In