Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वैदेशिक रोजगारी ठगीका मुद्धा जिल्ला प्रशासन मार्फत हेर्ने

Sambridinews by Sambridinews
बिहिबार, माघ २५, २०८०
in TOP STORIES, समाचार
0
वैदेशिक रोजगारी ठगीका मुद्धा जिल्ला प्रशासन मार्फत हेर्ने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

माघ २४, काठमाडौं । वैदेशिक रोजगारीमा ठगिएकाहरू उजुरी लिएर काठमाडौं धाउनु नपर्ने गरी सरकारले नयाँ कार्यविधि ल्याएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार ठगीका उजुरीको मेलमिलाप तथा सिफारिस गर्ने सम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुमै वैदेशिक रोजगारीका ठगीसम्बद्ध उजुरी दिन सकिने र ठगी मुद्दाहरु मिलाउन सक्ने प्रबन्ध गरेको छ ।

You might also like

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबारसम्म बर्षा जारी रहने

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

प्रशासन कार्यालयहरुले वैदेशिक रोजगारीका सम्बन्धी परेका उजुरीलाई मेलमिलापको माध्यमबाट समाधान गर्न सक्ने गरी कार्यविधि जारी भएको हो । मेलमिलाप हुन नसकेका उजुरीहरु वैदेशिक रोजगार विभागमा सिफारिस गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

२०७५ सालमै वैदेशिक रोजगार ऐन–२०६४मा संशोधन गर्दै सरकारले वैदेशिक रोजगारीका सम्बन्धमा भएका कुनै पनि किसिमका उजुरीहरु जिल्लास्थित प्रमुख जिल्ला अधिकारी समक्ष दिन सकिने व्यवस्था गरेको थियो । भदौ २०७८ सालमा नै सरकारले जिल्ला प्रशासन कार्यालयहरुमा उजरी दर्ता गर्न सकिने व्यवस्था गरेपनि स्पष्ट कार्यविधि नहुँदा कार्यान्वयन भएको थिएन ।

गत ४ माघमा जारी भएको कार्यविधिले पीडित पक्षले आफैं उपस्थित भएर वा हुलाक तथा विद्युतीय माध्यमबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्नेछन् । प्राप्त भएको उजुरी तुरुन्तै सम्बन्धित प्रशासन कार्यालयले दर्ता गरेर कारबाही प्रारम्भ गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

पीडितले जाहेरी दरखास्तका साथमा वैदेशिक रोजगारीकै लागि काम कारवाही र लेनदेन भएको पुष्टि हुने प्रमाणहरु पेश गर्नुपर्नेछ । रकम बुझाएको सक्कल भरपाइको कागजात, काम, देश, तलब, काम गर्नुपर्ने अवधि, भिसा, श्रम स्वीकृति लगायतका विषय खुल्ने वार्तालाप, संवाद वा कुराकानीको प्रमाण अनिवार्य पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उजुरी सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले प्रारम्भिक जाँचबुझ गरेर आरोपितलाई ७ दिनभित्र उपस्थित हुन टेलिफोन, इमेल, पत्र वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ । आरोपित पक्ष उपस्थित भएपछि दुई पक्षबीच छलफल गराएर क्षतिपूर्ति भराइदिने गरी मेलमिलाप गराउनु पर्नेछ ।

मेलमिलापका क्रममा प्रमुख जिल्ला अधिकारीले दुवै पक्ष राखेर मुद्दा किनारा हुन लाग्ने अनुमानित समय र खर्च, स्वेच्छिक र गोप्य मेलमिलाप प्रकृया र यसको फाइदा, मेलमिलाप नहुँदा प्रचलित कानून बमोजिम हुने कैद वा जरिवाना सजायबारे जानकारी गराउन सक्नेछन् । छलफल तथा परामर्शको चरणमा मुद्दाका पक्षहरू मेलमिलाप गर्न सहमत भए प्रमुख जिल्ला अधिकारीले संयुक्त निवेदन लिएर तत्काल मुद्दा मिलापत्र गराइदिनेछन् ।

प्रमुख जिल्ला अधिकारीले मेलमिलापकर्ताको सहयोगमा मिलाउँदा उपयुक्त हुन्छ भन्ने लागे मेलमिलाप प्रक्रियामा जान आदेश गरी कार्यलयको मुद्दा शाखा÷फाँटमा पठाउन सक्नेछन् । त्यसरी मेलमिलाप गराएको जानकारी वैदेशिक रोजगार विभागलाई दिनुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

मेलमिलाप गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत पनि आरोपित व्यक्तिलाई झिकाउन सक्ने कार्यविधिमा उल्लेख छ । आरोपित व्यक्ति अन्य जिल्लाको भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको सहयोग लिन सकिने कार्यविधिमा उल्लेख छ ।

मेलमिलाप हुन नसकेको अवस्थामा वा मेलमिलाप गराउन मिल्ने नदेखिएमा प्रमुख जिल्ला अधिकारीले सक्कल कागज तथा प्रमाणसमेत संलग्न गरी प्रतिवेदनका साथ सक्कलै उजुरीसहितको कागजात विभागमा पठाउनु पर्नेछ । जिल्लामा मेलमिलाप नभएका उजुरीहरु विभागले नै टुंगोमा पु¥याउने छ ।

वैदेशिक रोजगारीको ठगीबाहेक अन्य फौजदारी कसूर आकर्षित हुने भएमा कार्यविधिबमोजिम मेलमिलाप गराउन पाइने छैन ।

कार्यविधले जिल्ला प्रशासन कार्यालयहरुमा संगठन संरचनाभित्र नै वैदेशिक रोजगारसम्बन्धी उजुरी तथा गुनासो हेर्नका लागि कम्तीमा नासु वा सोसरहका कर्मचारी व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । कार्यालयमा यसका लागि छुट्टै शाखा वा फाँटको व्यवस्था गर्नुपर्नेछ ।

जनशक्ति अभावका कारण छुट्टै शाखा वा फाँट तोक्न नसकिएमा प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटलाई जिम्मेवारी तोक्न सक्ने कार्यविधिमा उल्लेख छ । सम्भव भएसम्म प्रतिक्षालय कक्ष र मेलमिलाप प्रक्रिया सञ्चालन कक्ष समेत राख्नुपर्नेछ ।

यस्ता उजुरी मा मेलमिलाप गराउन शाखा वा फाँटले मेलमिलापकर्ताहरूको सूचीकरण गरेर अद्यावधिक गर्नुपर्नेछ । यस्तो सूची वा विवरणको सेवाग्राहीले देख्ने गरी राख्नुपर्नेछ । यस्तो शाखाले वैदेशिक रोजगारीका ठगी सम्बन्धमा उजुरी दर्ता गर्ने र उजुरीहरुलाई मेलमिलापका लागि सहजीकरण गर्ने काम गर्नेछ ।

यस्ता उजुरीका सम्बन्धमा छलफलका लागि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने, उजुरीकर्ता र आरोपितलाई छलफलका लागि दिन र समय तोकेर बोलाउने काम पनि गर्नेछ । मेलमिलापको प्रक्रिया र सम्भावित परिणाम बारेमा विस्तृत जानकारी दिने,र दुबै पक्षलाई मिल्न उत्प्ररित गर्ने जिम्मेवारी पनि यस्तो शाखा वा फाँटले गर्नेछ । मेलमिलापसम्बन्धी मासिक तथा वार्षिक प्रतिवेदन तयार गर्ने, मेलमिलापको विवरण तथा उजुरीहरुको विभागमा पठाएको विवरण अद्यावधिक गरी राख्ने काम पनि फाँटले नै गर्ने कार्यविधिमा उल्लेख छ ।

मेलमिलापकर्ता रोजाउँदा दुवै पक्षलाई सहभागी गराएर रोज्न लगाउनुपर्ने, दुई पक्षले मेलमिलापकर्ता फरक–फरक रोजेमा गोला प्रथा गर्नुपर्ने, मेलमिलाप प्रक्रियाको सञ्चालन, समन्वय र सहजीकरण गर्दै अभिलेख राख्नुपर्ने काम पनि सोही फाँटको हुनेछ ।

पक्षहरु उपस्थित हुन नआएमा पुनः एकपटक उपस्थितिका लागि दुवै पक्षलाई मौका दिनुपर्ने छ । आरोपित व्यक्ति उपस्थित नभएमा उजुरीको कारबाहीका लागि विभागमा पठाउनुपर्नेछ ।

मेलमिलापकर्तालाइ मुद्दाका पक्षहरुले स्वेच्छिक रूपमा अधिकतम १० हजार रूपैयाँसम्म पारिश्रमिक दिन सक्ने कार्यविधिमा व्यवस्था छ । मिलापत्र भएको मुद्दा तथा उजुरीका पुनः उजुरी नलिने व्यवस्था पनि कार्यविधिमा गरिएको छ ।

Related

Previous Post

पाकिस्तानमा आज लाेकसभा सदस्यका लागि निर्वाचन जारी

Next Post

पोखरामा ५ करोड फिरौती माग्ने २ जना पक्राउ

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

by Sambridinews
शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

by Sambridinews
शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

by Sambridinews
बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक ११, २०८३
Next Post
पोखरामा ५ करोड फिरौती माग्ने २ जना पक्राउ

पोखरामा ५ करोड फिरौती माग्ने २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज नाग पञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी पर्व मनाइँदै

सोमवार, भदौ १, २०८३

मंगलबार सुनको मूल्य ३ सयले बढ्याे

मङ्लबार, माघ १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे चासाेपछि पत्रकार पक्राउ गरिएकाे प्रहरीकाे भनाइ

शनिबार, कार्तिक १५, २०८३
चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु
TOP STORIES

शनिबारसम्म बर्षा जारी रहने

शुक्रबार, कार्तिक १४, २०८३
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
FEATURED

इनम सापकाेटा प्रकरणपछि सर्वाेच्चकाे फुलकाेट बैठक बस्दै

शुक्रबार, कार्तिक १४, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बंगालको खाडीमा विकसित चक्रवात नेपालतर्फ अघि बढ्दै

बुधबार, कार्तिक १२, २०८३
भारतकाे ओडिशा राज्यका स्वास्थ्यमन्त्रीकाे प्रहरीकाे गाेलीबाट मृत्यु
FEATURED

भारतको असम राज्यमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु

मङ्लबार, कार्तिक ११, २०८३
मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे
विचार

मिखाइल गोर्भाचोभ : जसले आफ्नै सर्वसत्तावादी कथित कम्युनिस्ट शासनसत्ता अन्त्य गरे

सोमवार, कार्तिक १०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In