Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, साउन ३०, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
विन बहुउद्देशीय सहकारीको १४ औं व्यापार मेला सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन ३०, काठमाडौं । विन बहुउद्देशीय सहकारी संस्थाले आयोजना गरेको ट्रेड फेयर, हस्तकला तथा खाद्य वस्तुको प्रदर्शनी र उद्यमशीलता तालिम अन्तर्गत उत्पादन भएका खाद्य सामग्रीको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
साउन २६ गतेदेखि २८ गतेसम्म आयोजना गरेको १४ औं संस्करणको ट्रेड फेयर अर्थात व्यापार मेला २०८०, ७ औं हस्तकल तथा खाद्य वस्तुहरूको प्रतियोगिता र महिला उद्यमशीलता विकास तालिम अन्तर्गत उत्पादित खाद्य उत्पादनहरुको लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।
व्यापार मेलाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्य गरेकी थिइन् । मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी उपमेयर शाक्यले महिला उद्यमीहरूलाई सहयोग गर्न ललितपुर महानगरपालिका सधै तयार रहेको र महिला उद्यमीहरू तथा विन बहुउद्देश्यीय सहकारी संस्थासंग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गरिन ।
यस्तै विन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष मल्लिका श्रेष्ठ स्वागत मन्तव्य दिएकी थिइन् भने मेलाको बारेमा संयोजक तथा कोषाध्यक्ष शान्ति बैद्यज्यूले प्रकाश पारेकी थिइन । त्यसैगरी महिला उद्यमशीलता विकास तालिमका बारेमा संस्थाका परियोजना प्रबन्धक राजु शाक्यले जानकारी दिएका थिए ।

३ दिनसम्म सञ्चालन भएको मेलामा उल्लेखनीय सहभागीता रहेको थियो । प्रतियोगितामा रहेका सामग्रीहरुमा भोट हाल्ने व्यवस्था पनि गरिएको थियो । मेलाको अन्तिम दिन मेलाका ५४ वटा हस्तकला तथा खाद्य उत्पादन स्थलका सहभागी तथा १० जना प्रायोजकहरूलाई सम्मान स्वरूप प्रशंसा(पत्र प्रदान गरिएको थियो । बेष्ट स्टलको उपाधी सिराह ग्रुपले पाएको थियो। हस्तकला तर्फको नयाँ वस्तुहरूको प्रतियोगितामा प्रथम पुरस्कार कल्पना श्रेष्ठलाई प्रदान गरिएको थियो । उनले पंञ्च धातुको मौलिक तथा परम्परागत गरगहना बनाएकी थिइन । त्यसैगरी प्लोरिकल्चरका लागि दोस्रो पुरस्कार वसन्ती प्रधानज्यूलाई र काष्ठकलाको घढियाल चालका लागि तेस्रो पुरस्कार अमिता प्रधान शिल्पकारलाई दिइएको थियो । खाद्य तर्फको नयाँ वस्तहरूको प्रतियोगितामा प्रथम पुरस्कार हर्बल चियाका लागि सुनिता वैद्य श्रेष्ठलाई प्रदान गरिएको थियो ।
अन्तमा सान्त्वना पुरस्कार स्वच्छ व्यवसायी समूह नेपाल अन्तर्गतका कपिलवस्तु तथा दाङका समूहले प्राप्त गरेका थिए । कार्यक्रममा महिला उद्यमशिलता विकास तालिमका ३१ प्रशिक्षार्थी र ९ जना प्रशिक्षकहरूलाई प्रमाण पत्र तथा प्रशंसा(पत्र पनि प्रदान गरिएको थियो ।
महालक्ष्मीस्थान स्थित डिलाइट पार्टी सञ्चालन भएको व्यापार मेलामा सहकारीका सदस्य महिला तथा अन्य व्यक्तिगत महिला उद्यमीले तयार पारेका चाँदी तथा धातुका गरगहना, प्राकृतिकरेशा, नेपाली कागज, पस्मिना, फेल्ट, उनी, काष्ठ, पोते, नेपाली ढाँका, कपडा, अचार, चटनी, अष्टमण्डल, क्वाटी, चकलेट, फुरनदाना, क्याण्डी, तितौरा, मस्यौरा लगायत नवरस ब्राण्डकासामग्री प्रदर्शनीमा राखीएको थियो ।
मेलालाई अझै आकर्षक बनाउन विन बहुउद्देशीयले गिफ्ट भौचर, उपहार, निःशुल्क वाईफाई, निःशुल्क मास्क, निःशुल्क चिया, खानेपानी, विभिन्न जिल्लाका रैथाने उत्पादन, खाजाका स्टल, फेस पेन्टिङ, नेल पेन्टिङ, मेहिन्दी लगायतको व्यवस्था गरेको थियो । यसका साथै महिला उद्यमशीलता तालिमका सहभागी तयार पारेका नयाँ उत्पादन अष्टमण्डल, बेकरी, क्यान्डी, तितौरा, अचार र स्न्याक्स पनि मेलामै सार्वजनिक भएका थिए ।
कार्यक्रम अवधिभरको लागि बैंकिङ्ग पार्टनर सिद्धार्थ बैङ्कले एटीएम भ्यानको व्यवस्था गरेको थियो भने कम्युनिकेसन पार्टनर वर्ल्डलिंङ्कले निःशुल्क इन्टनरटको व्यवस्था गरेको थियो । इन्टरनेटको व्यवस्थापन नेपाल इन्टरनेट फाउन्डेसनले गरेको थियो । डेकोरेसन जापानिज रेष्टुरेण्ट इागपगचयलय ब्वष् गरेको थियो भने एसएमएसका लागि प्रयाक्टिल एक्सनले सहयोग गरेको थियो । त्यस्तै गरि पानी, चिया, चिनी, मास्क, र खादा आदिमा संस्थाका सदस्यहरूले सहयोग गरेका थिए । विन बहुउद्देशीय सहकारीकी उपाध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजक, सहयोगी सदस्य र कर्मचारी लगायत सबैलाई धन्यवाद दिएकी थिइन् ।
विन बहुउद्देशीय सहकारी संस्था महिलाहरूको सामाजिक तथा आर्थिक विकास गर्ने उद्देश्य लिएर सन् १९९१ मा सहकारी ऐन अन्तर्गत स्थापना भएको बजारीकरण गर्ने नेपालकै पहिलो सहकारी संस्था हो । संस्थाले स्थापना कालदेखि नै आफ्ना महिला सदस्यका साथै उनीहरूको सहभागीताजमा सञ्चालित उद्योग व्यवसायबाट उत्पादन गरिएका वस्तु एवं सेवाहरूलाई स्वदेश तथा विदेशमा बजारीकरण गर्दै आएको छ ।
यस बाहेक महिलाहरूलाई उद्यमी बनाउने उद्देश्यले सीप अभिवृद्धि तालिम समेत सञ्चालन गर्दै बजारीकरण सहयोग गर्दै आएको छ ।

You might also like

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

Related

Previous Post

महालक्ष्मी विकास बैंक BFIN L & D Excellence Award – 2023द्वारा सम्मानित

Next Post

अशोक मंगोलियातर्फ

Sambridinews

Sambridinews

Related Posts

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

by Sambridinews
शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

by Sambridinews
शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

by Sambridinews
शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

by Sambridinews
शनिबार, अशोज २४, २०८३
Next Post
अशोक मंगोलियातर्फ

अशोक मंगोलियातर्फ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी

झापा ५ मा ४९ हजार भन्दा धेरै मतअन्तरले बालेन शाह बिजयी

शनिबार, फाल्गुन २३, २०८२
खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

खिलबहादुरले गरिबीले गाउँ छोडे, दलालले किड्नी चोरे

बिहिबार, साउन २२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३
गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई
TOP STORIES

गौरीशंकर महिला क्रिकेट प्रतियोगिता २०८३ को उपाधि काठमाडौं जिल्ला क्रिकेट टिमलाई

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In