Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ५, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्काशन गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले प्रिमियम मूल्यमा आइपिओ निष्कासन गर्ने भएको छ । प्रिमियमसहित प्रतिकित्ता करिब ३ सय रुपैयाँ कायम गरी सेयर निष्कासनको प्रस्ताव गरिएको हो । 

प्राधिकरणले चुक्ता पुँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक सेयर सर्वसाधारणलाई निष्कासन प्रस्ताव गरेको छ। 

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधारणलाई सेयर निष्कासनका लागि महत्वपूर्ण मापदण्डका रूपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको र वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेको उल्लेख गरेका छन् । 

इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । प्राधिकरणको लगातार तेस्रो पटकको ‘डबल ए प्लस’ रेटिङ हो । 

उनले सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउन सकिने जनाए । उनका अनुसार सेयर निष्कासनबाट सङ्कलन गरिएको रकम ठुला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने योजना छ । 

उनले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठुलो पुँजी संस्थाले कमाएको नाफा र सेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे ।

प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वलगायतको विश्लेषण गरी रेटिङ गरिएको प्राधिकरणले जनाएको छ । 

‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहने र त्यस्तो संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुने जनाइएको छ । 

निर्देशक घिसिङले तीन वर्षदेखि निरन्तर ‘डबल ए प्लस’ रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवं ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए । 

साथै प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरे। प्राधिकरणको वार्षिक आम्दानी एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्ब रुपैयाँभन्दा बढीको छ । 

आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ खुद नोक्सानीमा रहेकोमा २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको दाबी गरेको छ ।

प्राधिकरणले गत आव २०८०/८१ मा  १४ अर्ब ४६ करोड रुपियाँ नाफा कमाएको थियो । आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ। 

प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२.७३ प्रतिशतमा झरेको थियो । आव २०७२÷७३ मा प्रणालीबाट २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।   

Related

Previous Post

अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज

Next Post

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति दुःख व्यक्त

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति दुःख व्यक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

धरानका मेयर सम्पाङलाई प्रश्न गर्दा १ रात हिरासतमा

सोमवार, भदौ २५, २०८०
नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

नवीन प्रविधि, आकर्षक डिजाइन र गेमिङ अनुभवको नवीन प्रयोग

आइतवार, असार १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In