Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रुसमा सरकार र नीजि सैनिकबीच तनाव

Sambridinews by Sambridinews
शनिबार, असार ९, २०८०
in FEATURED, प्रवास
0
रुसमा सरकार र नीजि सैनिकबीच तनाव
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुसमा सरकार र नीजि सैन्य संस्थाबीच तनाब बढेको छ ।

रुसी सैन्य नेतृत्वलाई पदबाट हटाउने चेतावनी दिएको वाग्नर समूहले रुसको महत्वपूर्ण सहर रोस्तोभ–अन–डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको छ।
युक्रेन युद्धमा रुसले सैन्य र बन्दोबस्तका लागि मुकाम बनाएको यो सहर युक्रेनबाट १०० किलोमिटरको दुरीमा छ।

You might also like

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

त्यहाँका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। बीबीसी न्यूज रसियनका अनुसार वाग्नरले रोस्तोभ र मस्कोको बीचमा पर्ने भरोनेस सहरका सैन्य संरचनाहरू पनि कब्जामा लिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारबाही गर्ने वाचा गरेका छन्।

प्रिगोजिनले भने रुसका रक्षा मन्त्रीसँग भेट नहुँदासम्म आफ्नो फौज निरन्तर मस्कोतर्फ अघि बढ्ने बताएका छन्। यूकेले वाग्नर सेनाहरू मस्कोतर्फ गइरहेको बताएको छ।

यसअघि वाग्नर प्रमुखले त्यहाँको सैन्य नेतृत्व हटाउन “जुनसुकै हदमा जाने” चेतावनी दिएका थिए। त्यसअघि क्रेमलिनले उनलाई “सशस्त्र विद्रोह”को आरोप लगाएको थियो।

रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुखले यसअघि त्यहाँको सैन्य नेतृत्व हटाउन “जुनसुकै हदमा जाने” चेतावनी दिएका थिए। त्यसअघि क्रेमलिनले उनलाई “सशस्त्र विद्रोह”को आरोप लगाएको थियो।

रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहको नाम नतोकी आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने काम भएको बताएका छन्।

पुटिन–वाग्नर प्रमुख तनाव
येभ्गेनी प्रिगोजिन
तस्बिर स्रोत,च्भ्ग्त्भ्च्क्
पुटिनले एक टेलिभिजनमार्फत् गरेको सम्बोधनमा रुसी समाजलाई विभाजित गर्नेहरूमाथि “अनिवार्य सजाय“ हुने चेतावनी पनि दिए।

अहिले राजधानी मस्को र अन्य धेरै क्षेत्रहरूमा आतङ्कवाद नियन्त्रणसम्बन्धी शासन व्यवस्था लागु भएको पुटिनले बताएका छन्।

यसअघि वाग्नर प्रमुख येभ्गेनी प्रिगोजिनले उनका लडाकुहरू युक्रेनको सीमाबाट फर्किएर रुसी सहर रोस्तोभ–अन–डन प्रवेश गरेको बताएका थिए। उनले आफ्ना सेनाले उनीहरूलाई रोक्न खोज्ने जो कोहीलाई ध्वस्त पार्ने चेतावनीसमेत दिए।

स्थानीय गभर्नरले आफ्ना सर्वसाधारणलाई धैर्य गर्न र घरभित्रै बस्न आह्वान गरेका छन्।

युक्रेनी प्रत्याक्रमणका योजनाकार चिन्नुहोस्
’अपराधको मतियार बन्न मानिनँ’
प्रिगोजिनले उनको सेनाले “नागरिकहरूको गाडीको लस्करमाथि आक्रमण गर्ने“ रुसी सैन्य हेलिकप्टरलाई खसालेको दाबी गरेका छन्। उनले घटना भएको स्थानबारे खुलाएका छैनन् र उनको दाबी तत्काल पुष्टि भएको छैन।

वाग्नर रुसको सरकारी सेनासँग मिलेर युक्रेनविरुद्ध लडिरहेको निजी सैनिकहरूको समूह हो।

हालैका महिनाहरूमा प्रिगोजिनले रुसको सैन्य नेतृत्वको खरो आलोचना सुरु गरेपछि उनीहरूबीच युद्ध लड्ने शैलीलाई लिएर तनाव बढिरहेको छ।

रातो धर्सा
कानुनले दिँदैन तर नेपाली युवाहरू किन र कसरी रुसी सेनामा भर्ती भइरहेका छन्
२३ जुन २०२३
परराष्ट्रमन्त्रीः रुसी सेनामा नेपाली भर्ना भएका ठोस प्रमाण अहिलेसम्म पाएका छैनौँ
२४ जुन २०२३
रुसले युक्रेनमा धावा बोलेपछि कसरी उदाए ’पुटिनका भान्से’
१२ जुन २०२३
रातो धर्सा
शुक्रवार ६२ वर्षीय वाग्नर प्रमुखले रुसको सरकारी सेनाले आफ्ना सेनाहरूमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाए। घटनामा जिम्मेवारलाई सजाय दिलाइने उनले वाचा गरेका छन्। यस्तो आक्रमणबारे तथ्यहरू भने उनले उपलब्ध गराएनन्।

अधिकारीहरूले आक्रमण भएको अस्वीकार गरेका छन् र उनलाई तत्काल आफ्ना “गैर कानुनी कदमहरू“ रोक्न माग गरेका छन्।

प्रिगोजिनले रुसी सैन्य नेतृत्वमा रहेका “दुष्ट“हरूलाई रोक्नु पर्ने बताउँदै “न्यायका लागि अभियान“ सुरु गर्ने वाचा गरे।

“हाम्रा लडाकुहरूलाई मार्नेहरू र (युक्रेनको युद्धमा) हजारौँ रुसी सैनिकको ज्यान लिने सबैलाई सजाय दिइनेछ,“ उनले सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेको अडिओ सन्देशमा भनेका छन्।

“म तपाईँलाई प्रतिरोधमा नआउन आग्रह गर्छु। जो आउँछ उसलाई खतराको रूपमा हेरिन्छ र मारिन्छ। हामी हिँड्ने बाटोको जुनसुकै सुरक्षा जाँच चौकी र विमानस्थलमा त्यस्तो हुनसक्छ।

राष्ट्रपतिको शक्ति, सरकार, प्रहरी र रुसी सुरक्षाकर्मीले नियमित काम गर्नेछन्।

यो सैन्य विद्रोह होइन, तर न्यायको निम्ति आयोजित ¥याली हो। हाम्रो अभियानले सेनालाई कुनै पनि तरिकाले हस्तक्षेप गर्दैन।“

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस स्थितिको बारेमा चौबीसै घण्टा जानकारी लिइरहेको उनका प्रवक्ताले बताए।

शुक्रवार राति मस्कोका सरकारी भवनहरू र यातायात सुविधाहरू सहित प्रमुख स्थानहरूमा सुरक्षा बढाइएको रुसको सरकारी समाचार संस्था टीएएसएसले जानकारी दियो।

रुसको लिपेट्स्क क्षेत्रका गभर्नरले पनि त्यहाँका बासिन्दाहरूलाई दक्षिणतर्फ यात्रा नगर्न आग्रह गरेका छन्।

लिपेट्स्क, युक्रेनी सीमाबाट करिब २८० किलोमिटर उत्तर–पूर्वमा र रोस्टोभबाट करिब ५०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ।

इगोर आर्टामोनोभले टेलिग्राममार्फत त्यस क्षेत्रमा सुरक्षा प्रबन्ध कडा बनाइएको र संवेदनशील पूर्वाधारहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको जानकारी दिए।

शुक्रवार अबेर ट्विट गर्दै युक्रेनी रक्षा मन्त्रालयले भन्योः “हामीले हेरिरहेका छौँ।“

ह्वाइट हाउसले स्थितिको निगरानी गरिरहेको र अमेरिकी सहयोगीहरूसँग परामर्श गर्ने जनाएको छ।

विगतमा प्रिगोजिनले प्रशंसा गरेका, युक्रेनस्थित रुसी सेनाका उपप्रमुख जनरल सर्गेई सुरोभिकिनले वाग्नरलाई उसको “अभियान रोक्न र लडाकुहरूलाई आफ्नो शिविरहरूमा फर्काउन“ आग्रह गरेका छन्।

“हामी एउटै रगतका हौँ, हामी योद्धा हौँ,“ उनले भिडिओ सन्देशमार्फत् भने। “हाम्रो देश अप्ठ्यारोमा परेको बेला तपाईँले दुस्मनलाई स्थिति सहज बनाइदिनु हुँदैन।“

रुसी रक्षामन्त्री सर्गेई शोइगुले वाग्नरलाई पर्याप्त हतियार उपलब्ध नगराएको आरोप छ

अर्का वरिष्ठ कमान्डर, लेफ्टिनेन्ट जनरल भ्लादिमिर अलेक्सेभले वाग्नर प्रमुखको कदम “देश र राष्ट्रपतिविरुद्ध पछाडिबाट छुरा प्रहार गर्नु“ सरह भएको बताए।

रुसको सुरक्षा सेवा सम्बन्धी निकाय एफएसबीले प्रिगोजिनविरुद्ध “सशस्त्र विद्रोहको आह्वान गर्दै“ रुसमा गृहयुद्ध सुरु गर्ने प्रयास गरेको आरोपमा फौजदारी मुद्दा लगाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

एफएसबीले वाग्नरका लडाकुहरूलाई उनको निर्देशन अवज्ञा गर्न र उनको गिरफ्तारीका निम्ति कदम चाल्न आह्वान गरेको छ।

रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाग्नर शिविरमा रुसी हमलाबारे “सामाजिक सञ्जालमा प्रिगोजिनले फैलाएको सबै विवरण“ “सत्य नभएको र ती सूचना उत्तेजक“ भएको बताएको छ।

मे महिनामा एक भिडिओ सन्देश सार्वजनिक भएको थियो जसमा प्रिगोजिन वरपर आफ्ना सेनाहरूको शव राखेर उभिएका थिए। र, रुसी रक्षामन्त्री सर्गेई शोइगु तथा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभमाथि उनीहरूलाई पर्याप्त गोला बारुद उपलब्ध नगराएको आरोप लगाएका थिए।

उनले शुक्रवार पुनः रुसको रक्षा मन्त्रालयले राष्ट्रपति र रुसी जनतालाई धोका दिइको आरोप लगाएपछि रक्षा मन्त्रालयले उक्त विज्ञप्ति जारी गरेको हो।

(वीवीसी नेपाली सेवाकाे सहयाेगमा )

Related

Previous Post

दाङमा चट्याङ लागेर दुई जनाकाे मृत्यु

Next Post

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

Sambridinews

Sambridinews

Related Posts

डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

by Sambridinews
शनिबार, जेष्ठ २, २०८३
७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक
FEATURED

७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर
FEATURED

वारामा वनक्षेत्रमा बनेका संरचनामा चल्याे डाेजर

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
यस्तो रहने छ आज रातीको मौसम
FEATURED

स्थानीय वायुका कारण हिमाली भागमा वर्षाकाे सम्भावना

by Sambridinews
शुक्रबार, जेष्ठ १, २०८३
Next Post
स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित

सोमवार, मंसिर १९, २०७९
विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव

विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव

बुधबार, माघ २, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित
TOP STORIES

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

शनिबार, जेष्ठ २, २०८३
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
FEATURED

प्रधानमन्त्री कार्यालयकाे धाक दिएर वडा सचिव धम्क्याउने व्यक्ति पक्राउ

शनिबार, जेष्ठ २, २०८३
अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु
TOP STORIES

अब पोखरामा पनि भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरकाे बिक्री-वितरण सुरु

शनिबार, जेष्ठ २, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
FEATURED

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

शनिबार, जेष्ठ २, २०८३
न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा
TOP STORIES

न आई सी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारीलिलाम बिक्री पोर्टलमा

शुक्रबार, जेष्ठ १, २०८३
आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”
TOP STORIES

आजबाट टाटा मोटर्सले ल्यायो “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

शुक्रबार, जेष्ठ १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In