Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन ३, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आज संविधान दिवस

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

काठमाडौं । विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपालले निर्वाचन कानुन संशोधन गर्न अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेको कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले जानकारी दिए।
पन्तले मायाको पहिचान नेपालको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय सम्बन्धी नेपालमा विद्यमान कानुनहरू संशोधन गर्ने अभियानको एउटा महत्त्वपूर्ण ऋखंला अनुसार विभेदकारी निर्वाचन ऐन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताए। ‘संविधानको धारा ४२ ले ग्यारेन्टी गरेको समावेशी अधिकार व्यवहारमा लागू गर्ने भने पनि त्यस पछि बनेका कानुनहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूलाई विभेदपूर्ण कानुनमा समेट्नबाट बहिष्कार गरे,’पन्तले भने,‘त्यही भएर मायाको पहिचान नेपालले निजामती ऐन सम्बन्धी सार्वजनिक सरोकारको मुद्दा दायर गरिसकेको छ। र, आज निर्वाचन सम्बन्धी मुद्दा दायर गरेर अन्तरिम आदेश समेत माग गरिएको छ।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सूचीकृत अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायलाई आरक्षण दिए जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि राजनीतिमा आरक्षणको माग गरेको उनले बताए। ‘संसद्, राजनीतिक दलहरूले लोकतान्त्रिक मान्यता अनुरूप संविधानको मर्मलाई बुझेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समेत समावेशी हुने खालको कानुन नीति कार्यक्रम ल्याएको भए यो कदम चाल्न बाध्य हुनु पर्ने थिएन,’पन्तले भने,‘आशा छ अदालतले सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरूको आँखा खोलिदिनेछ।’
संविधान लागु भएको यतिका वर्ष बितिसक्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट, सङ्घीय संसद्, प्रदेश सभा समेतमा उपस्थिति नै शून्य रहेको छ। संविधानको धारा ४७ ले मौलिक हकको कार्यान्वयनमा यो संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानुनी व्यवस्था गर्नु भनी सीमा तोकेको छ।
अध्यक्ष रामबहादुर गुरुङ्ग (माया), उपाध्यक्ष देवेन्द्रबहादुर खत्री (मधु), सचिव सुरेन्द्र पाण्डेसहित पाँच जनाले बुधवार सर्वोच्च अदालत परमादेश समेत माग गरिएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।
राज्यका विभिन्न तहको निर्वाचन मार्फत जनप्रतिनिधिको हैसियतमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समूहको प्रतिनिधित्व हुन नसकेको रिटमा उल्लेख गरिएको छ। ‘विद्यमान निर्वाचन आयोग ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा अन्य निर्वाचन सम्बन्धी ऐनहरूले हामी निवेदकहरूको प्रतिनिधित्वलाई समेट्न नसकेकोले हामी प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न अन्य सरह सक्ने अवस्थामा छैनौँ,’रिटमा लेखिएको छ।
राज्यको विभिन्न निर्वाचन प्रणालीमा सहभागी हुन योग्य यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भएका व्यक्तिहरूलाई बहुसङ्ख्यक नागरिक सरह नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक समावेशी सिद्धान्त बमोजिम समावेश गराइएको छैन।
संविधानको प्रस्तावना तथा मौलिक हक अधिकार खण्डमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई सामाजिक न्यायको सुरक्षण गरे पनि राज्यको कुनै पनि निर्वाचन प्रणालीमा समावेशिताको आधारमा सहभागी गराइएको छैन। राष्ट्रले अङ्गालेको विभेदकारी नीति तथा कानुनले गर्दा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले अन्य नेपाली नागरिक सरह समान अवस्थामा निर्वाचित भई आफ्नो समूहको हक हित र समग्र देशको नीति निर्माण तहमा निर्वाचित भई प्रवेश गर्ने अवस्थामा नरहेको रिटमा उल्लेख गरिएको छ।
सरकारले संविधान प्रारम्भ भएको ३ वर्ष भित्रमा मौलिक हकको कार्यान्वयनको लागि १७ वटा विभिन्न ऐनहरू निर्माण गरिसकेको छ। तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू समूहको पहुँच निर्वाचन पद्धतिमा समावेश गर्नको लागि संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको सम्बन्धमा ऐन बनाइएको छैन।
संविधानको धारा १८(३), धारा ४२(१) मा रहेको प्रावधान अनुसारको व्यवस्था नगरी संविधानको धारा ३०४(१) अनुसार स्वतः अमान्य भएको कानुनलाई नै आधार मानेर नेपाल सरकार तथा मातहत मन्त्रालय तथा निकायले गरेको काम कारबाहीलाई मान्दै आएको कार्यले संवैधानिक मौलिक हकको हनन भई संविधानको उल्लङ्घन भएको रिटमा दाबी गरिएको छ।
रिट सुनुवाइका लागि शुक्रवार पेशीमा चढ्ने अधिवक्ता रौनिकराज अर्यालले बताए।
रिटमा गरिएको माग
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (५) तथा उम्मेदवारको बन्दसुची तयार गर्ने तथा समानुपातिक निर्वाचनको मत परिणामको घोषणा सम्बन्धी व्यवस्थामा ऐ। ऐनको दफा २८ (५) बमोजिम अन्य समूह वा समुदाय सरह हामी निवेदकहरूको समेत निर्वाचनमा सहभागी भई समावेशी हुन पाउने हक रहने, हामीले समेत अन्य सरह सामाजिक न्यायको हक पाउने व्यवस्थाको लागि उक्त कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नको लागि विपक्षीहरूका नाममा परमादेश लगायतको उपयुक्त आदेश जारी गरी हक प्रचलन गरी पाउँ।
उपयुक्त बमोजिमको कानुन नबनेसम्म हामी निवेदकहरूले आफ्नो यौनिक अभिमुखीकरणको आधारमा पहिचान खुलाई निवेदन गरेको, फारम भरेको अवस्थामा विद्यमान प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८(५) तथा अनुसूची १ बमोजिमको अन्य समूह सरह समानुपातिक समावेशिताको सिद्धान्तको आधारमा अब नेपाल राज्यमा हुने केन्द्र देखि स्थानीय तहसम्म हुने निर्वाचनमा निवेदकहरू तथा हाम्रो समुदायका सदस्यहरूलाई समेत समावेश तथा उम्मेदवार बनाई प्रतिस्पर्धा गर्न पाउने आवश्यक व्यवस्था गर्नु गराउनु।

Related

Previous Post

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जना यात्रुकाे मृत्यु

Next Post

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त

Sambridinews

Sambridinews

Related Posts

आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

by Sambridinews
शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

by Sambridinews
शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

by Sambridinews
शुक्रबार, अशोज २, २०८३
आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने
FEATURED

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

by Sambridinews
शुक्रबार, अशोज २, २०८३
संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

by Sambridinews
बिहिबार, अशोज १, २०८३
Next Post
पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त

पहिलोपल्ट नेपालका मनोविदलाई अन्तर्राष्ट्रिय बोर्डबाट एडभान्स सर्टिफाइड अटिजम स्पेसलिस्टको मान्यता प्राप्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

बिहिबार, पुस १२, २०८०
दिपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

दिपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

बुधबार, अशोज २६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

शुक्रबार, अशोज २, २०८३
आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने
FEATURED

आजबाट उपत्यकामा पुरानै मूल्यमा ग्यास पाइने

शुक्रबार, अशोज २, २०८३
संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा
FEATURED

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

बिहिबार, अशोज १, २०८३
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
FEATURED

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक

बिहिबार, अशोज १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In