काठमाडौं । आगामी बिहिबार र शुक्रबार देशको पूर्वी क्षेत्रमा भारी बर्षा हुने मौसमविदहरुले पूर्वानुमान गरेका छन् ।
मनसुनको न्यून चाप पूर्वतिर सर्दैगर्दा आज र भोली अन्य दिनको तुलनामा बर्षा हुने सम्भावना धेरै रहेको जनाइएको छ ।
मौसम विज्ञ विनोद पोख्रेलका अनुसार आगामी विहिबार र शुक्रबार कोशी प्रदेश, मधेश प्रदेश सुदुरपश्चिमका केही स्थानमा भारी बर्षा हुने जनाएका छन् । बागमती र गण्डकीप्रदेशमा भने उल्लेख्य मात्रामा बर्षा हुने जनाए ।