काठमाडाैं । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिएका छन्।
भूकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्लाका साथै तराईमा कैलाली, कञ्चनपुरसम्म महसुस गरिएको छ। भूकम्पका कारण बाजुरामा सात घरमा क्षति भएको स्थानीयले बताएका छन्। भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ।