Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

फौजदारी अभियोगमा एक वर्षभन्दा कम सजाय पाएको प्रतिवादीले पनि अब सामान्य नागरिकसरह चारित्रिक प्रमाणपत्र

Sambridinews by Sambridinews
शनिबार, अशोज ६, २०८०
in FEATURED, TOP STORIES
0
नियम विपरीतका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी ४८ घण्टाभित्र फिर्ता गर्न गृहकाे निर्देशन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । फौजदारी अभियोगमा एक वर्षभन्दा कम सजाय पाएको प्रतिवादीले पनि अब सामान्य नागरिकसरह चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सक्ने भएका छन् । यसअघि त्यस्ता प्रतिवादीले लिएको चारित्रिक प्रमाणपत्रमा अनिवार्य रूपमा कसुर उल्लेख गरिने व्यवस्था थियो । अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका ०८० जारी भएपछि यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो ।

गृह मन्त्रालयले बिहीबारबाट निर्देशिका कार्यान्वयनमा ल्याएको छ । निर्देशिका अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री–वितरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिकपतन देखिने फौजदारी कसुरको हकमा भने यो नियम लागू हुनेछैन । 

You might also like

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

निर्देशिकाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६१ को उपदफा ३ बमोजिमको कसुरको हकमा भने अनिवार्य रूपमा सजाय भुक्तान भएको हुुनुपर्नेछ । सो उपदफामा सवारी दुर्घटनासँग सम्बन्धित ज्यान मुद्दाको कसुर व्याख्या गरिएको छ । 

निर्देशिकाको नियम ९ को उपनियम ‘ज’मा भनिएको छ, ‘अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरु कारबाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सोभन्दा कम सजाय भई सजाय भुक्तान भएको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछ । तर, सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६१ को उपदफा ३ अनुसारको कसुरको हकमा भने सजाय भुक्तान भएको हुुनुपर्नेछ ।’

त्यस्तै, फौजदारी कसुर लागेको, तर सुरु तहको अदालत वा अर्धन्यायिक निकायमा मुद्दा विचाराधीन छ भने त्यस्ता प्रतिवादीले पनि प्रमाणपत्रमा नजनिने गरी चारित्रिक प्रमाणपत्र लिन सक्नेछन् । त्यसबाहेक फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको, सरकारी कार्यसम्पादनको सिलसिलामा भएको कुनै कसुरमा सजाय पाई नोकरी कायम नै रहेको, जरिवाना मात्रै भएकोमा असुलउपर भइसकेको छ भने पनि त्यस्ता प्रतिवादीले लिने चारित्रिक प्रमाणपत्रमा कसुर उल्लेख गरिनेछैन ।  

फौजदारी मुद्दामा अभियोगपत्र पेस भई नेपाल सरकारबाट मुद्दा फिर्ता लिइएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको व्यक्तिको विरुद्धमा पुनरावेदन परी मुद्दा विचाराधीन रहेको छ भने पनि त्यस्ता प्रतिवादीले लिने चारित्रिक प्रमाणपत्रमा कसुर जनिनेछैन । 

निर्देशिकाअनुसार फौजदारी मुद्दामा अभियोग लागी अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएको, तर सजाय भुक्तान गरिएको छैन भने त्यस्तो प्रतिवादीलाई प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनेछैन । ‘यस निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिउपर कुनै फौजदारी मुद्दामा अभियोग लागी अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्तो सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट निजलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछैन,’ निर्देशिकाको नियम ११ मा भनिएको छ ।

निर्देशिकाअनुसार कुनै पनि स्वदेशी वा विदेशी नागरिकले अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र लिन सक्नेछन् । त्यसका लागि आवश्यक कागजात अनलाइनबाटै नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध गराउनुपर्नेछ । कागजात प्राप्त भएको पाँच दिनभित्र प्रहरीले सम्बन्धित व्यक्तिलाई अनिवार्य रूपमा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । चारित्रिक प्रमाणपत्र अनलाइन एपमार्फत पनि वितरण गर्न सकिनेछ । 

निर्देशिकाको नियम १२ मा भनिएको छ, ‘नेपालको सरकारी निकायबाट तोकिएको वा जारी भएको आधिकारिक अनलाइन एमहरूमार्फतसमेत प्रहरी चारित्रिक प्रमाणपत्र वितरण गर्न सकिनेछ ।’

( याे सामाग्री नयाँ पत्रिका दैनिकबाट लिइएकाे )

Related

Previous Post

मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी

Next Post

परीक्षामा अनुत्तीर्ण भएका १५ जना जिल्ला न्यायाधीशमा सिफारिस

Sambridinews

Sambridinews

Related Posts

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

by Sambridinews
आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
Next Post
परीक्षामा अनुत्तीर्ण भएका १५ जना जिल्ला न्यायाधीशमा सिफारिस

परीक्षामा अनुत्तीर्ण भएका १५ जना जिल्ला न्यायाधीशमा सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल

प्रधानमन्त्रीसँग निजी क्षेत्रको छलफल

आइतवार, अशोज ५, २०८२
पैदल यात्रीका लागि दीर्घकालीन कार्यक्रम चलाउने

पार्किङ शुल्क लिन नपाउने महानगरकाे निर्णयमा उच्च अदालत पाटनकाे साथ

सोमवार, भदौ ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै
FEATURED

बडादसैँको आठौं दिनआज महाअष्टमी पर्व मनाइँदै

आइतवार, कार्तिक २, २०८३
कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा
TOP STORIES

कर्णाली याक्सको पावर्ड बाइमा महिन्द्रा

शनिबार, कार्तिक १, २०८३
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In